सुरु भयो सेञ्चुरी बैंकको अनलाइन एकाउन्ट सेवा

काठमाडौ । कोभिड १९ कोे कारणले गर्दा बंैंकका सेवाग्राहिहरुलाई पर्न गएको बैंकिङ्ग समस्याको समाधानका लागि सेञ्चुरी कमर्सियल बैंकले डिजिटलबैकिङलाई अझै सहज बनाउने प्रयास सुरु गरेको छ । ग्राहकवर्गहरुको सेवालाई ध्यानमा राखी सेञ्चुरी सहजखाता र सेञ्चुरी क्लीक एकाउन्ट दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरm गरेको छ ।

ग्राहकहरुले घरमै बसेर शुन्य मौज्दातमा खोलिने उक्त खाताहरुमा बैंकले वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने जनाएको छ ।

बचत खातामा उच्च प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु डिजिटल्ली खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुन नपर्ने बैकले जनाएको छ ।

सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्तखातामा तुरुन्तै पैसा जम्मा गरी सेन्चुरी पे मार्फत वालेटको कारोबार समेत गर्न सक्नेछन् । यस नयाँ सेवा मार्फत ग्राहकवर्गहरुले विभिन्न डिजिटल माध्यमबाट प्रतिदिन ५,००० रुपैयाँ बराबर क्यासलेस कारोबार गर्न सक्नेछन् ।उक्त खातामा वार्षिक १ लाख रुपैयाँसम्म कारोवार गर्न सकिनेछ ।

सेञ्चुरी क्लीक एकाउन्टमा नयाँ ग्राहकले अनलाइन बाटै खाता खोल्नुको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । उक्त खातामा वार्षिक १५ लाखसम्म कारोवार समेत गर्न सकिनेछ । विशेष गरी विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरि बैंकले यो खाता संचालनमा ल्याएको हो ।

उक्त खाताहरु खोल्दा आवश्यक भेरिफिकेशन कोड बैंकले आधिकारिक मोबाइलमा वा ईमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र संचालन गर्न सकिने बैंकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग