आठौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अनलाइनबाटै

काठमाडौं । काठमाडौंमा कोरोना भाइरसको संक्रमण निरन्तर भइरहँदा पनि विभिन्न गतिविधि रोकिएका छैनन् । यसैक्रममा विगत आठ वर्षदेखि आयोजना हुँदै आएको नेपाल मानवअधिकारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव यसपटक पनि हुने भएको छ ।

यो महोत्सव मानवअधिकार चलचित्र केन्द्रले आयोजना गर्दै आएको छ । यसपटक हुने आठौं संस्करणको नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२० भर्चुअल रूपमा आयोजना गरिने भएको छ । मानवअधिकार तथा चलचित्र केन्द्रले कोभिड–१९ का कारण हलमा दर्शकलाई जम्मा गराएर यो महोत्सव सम्पन्न गर्न सक्ने अवस्था नरहेकाले अनलाइनमार्फत महोत्सव गर्नुपरेको जनाएको छ । त्यसैले, महोत्सवको नाम पनि नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र भर्चुअल महोत्सव २०२० राखिएको आयोजक पक्षले जनाएको छ ।

केन्द्रले प्रत्येक वर्ष नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्दै आइरहेको यो महोत्सवका कार्यकारी निर्देशक पाण्डव खत्रीले भने, ‘कोभिड–१९ को महामारीका कारण पूर्वनिर्धारित मितिमा महोत्सव आयोजना गर्न सकिएन । कोभिड–१९ को कारण बदलिएको परिस्थितिलाई मध्यनजर गर्दै आठौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अनलाइनको माध्ययमबाट २०७७ मंसिर १० देखि मंसिर १५ सम्म आयोजना गरिँदै छ ।’ महोत्वसका सिनेमाहरूलाई सेड्युलमा उल्लेख गरिएको सूचीअनुसार निर्धारित समयमै चलचित्र डट टिभीमार्फत प्रदर्शन गरिने पनि कार्यकारी निर्देशक खत्रीले जानकारी गराएका छन् ।

यो महोत्सवका लागि यसपटक ५२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसनका साथै सबै विधाका चलचित्र चयन भएका छन् । ती सिनेमा अब चलचित्र डट टिभीबाट प्रसारण गरिनेछ । प्रसारण हुने चलचित्रहरू महोत्सवमा आवेदन परेका मध्येबाट उत्कृष्ट चलचित्र प्रसारणका लागि छनोट गरिएको पनि उनले बताए । महोत्वसका फिल्म हेर्न चलचित्र डट टिभी एप डाउनलोड गर्नुपर्ने पनि आयोजक पक्षको जनाएको छ ।

महोत्सवमा अन्य छलफल, अन्तक्र्रिया तथा बहसहरू जुम प्लेटफर्ममार्फत गरिने पनि आयोजक पक्षको कथन छ । जुममार्फत यसका साथै चलचित्रकर्मीसँगको अन्तक्र्रिया, समूहगत छलफललगायतका कार्यक्रम तय गरिएको पनि आयोजक पक्षले जनाएको छ ।

महोत्सवमा चलचित्र प्रसारणपछि ‘एसियाली सिनेमामा महिला: उपयुक्त चित्रण सहभागिता’, ‘नेपाली सिनेमा युवा: हामी के हेर्न चाहन्छौं’ ‘अल्पसंख्यक सीमान्तीकृत समुदाय सवाल: सिनेमाको भूमिका’ विषयमा चलचित्रकर्मी, मानवअधिकारकर्मी, अनुसन्धानकर्मी र युवाहरूसँग अन्तक्र्रिया तथा छलफल पनि हुने आयोजक पक्षको कथन छ ।

तपाइको प्रतिक्रिया
(Visited 146 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इलामको सन्दकपुरकाे अध्यक्षमा नेपाली कांग्रेसका तुलाराम गुरूङ विजयी