चिनियाँ कन्टेनरले नेपालसम्म ल्याए सामग्री

काठमाडाै‌ं ।  पटकपटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीको मितेरी पुलसम्म चिनियाँ पक्षले सामग्री ल्याउन शुरु गरेको छ । बुधबार चिनियाँ तीन कन्टेनरले नेपालसम्म सामग्री ल्याएका छन् ।

चिनियाँ कन्टेनरको डिब्बा मितेरी पुलमा नेपाली कन्टेनरमा राखी सुख्खा बन्दरगाहसम्म ल्याउने व्यवस्था गरिएको भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए। तातोपानी भन्सार कार्यालयबाट यसअघि थौरै मात्रामा मात्र सामान आयात भएको भनी व्यापारीले गुनासो गर्दै आएका थिए ।

नाका सञ्चालनका विषयमा नेपाल–चीनबीचको छलफलमा चीन पक्षले कोरोना सङ्क्रमणबाट जोगिन स्वास्थ्य सुरक्षा सावधानी’bout पटकपटक चासो व्यक्त गरेको भन्सार कार्यालयका प्रमुख खत्रीले बताए । गत असोजमा केही कर्मचारीमा कोरोना देखिएपछि चीन पक्षले एक दिन सामग्री पठाएर नाका पुनः ठप्प बनाएको थियो । चिनियाँ कन्टेनरले सामग्री ल्याइदिने हुँदा अब नेपाली व्यापारीका सामग्री आउने आशा गर्न सकिने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 253 times, 1 visits today)

epaper

ताजा समाचार

थलाराको शिक्षामा डिजिटल क्रान्ति