१३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार ७३ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख १६ हजार ५९४ पुगेको छ । नेपालका हालसम्म दुई लाख ३४ हजार ७५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर १६ हजार ६३३ जना सक्रिय सङ्क्रमित छन् ।

पछिल्लोे २४ घण्टामा कोरोनाका कारण २१ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ५२९ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

epaper

ताजा समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणः रायमाझी, पाण्डेलाई ४ वर्ष र खाँणलाई २ वर्ष कैद (कसलाई कति सजाय ?)