अरिंगालले लियो रमिलाको ज्यान

सप्तरी । अरिंगालले टोकेर गम्भीर घाइते भएकी सप्तरीका एक महिलाको बुधबार उपचारको क्रममा मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका १ बस्ने राजेश भन्ने रामसुन्दर यादवकी २४ वर्षिया श्रीमती रमिलादेवीको उपचारको क्रममा बुधबार बिहान ४ बजे मृत्यु भएको हो ।

मंगलबार दिउँसो खेतमा काम गर्न गएको बेला नजिकै रहेको रुखमा झुण्डिरहेको अरिंगालको गोलामा स्थानिय केही केटाकेटीले ढुंगा हानेका थिए । त्यसपछि उडेका अरिंगालहरुले खेतमा काम गर्दै गरेकी रमिला र उनका ससुरा सुरतलाललाई समेत टोकेपछि उपचारका लागि सोही गाउँपालिकास्थि युनिक अस्पताल लगिएको थियो ।

तर अवस्था झन बिग्रिदै गएपछि अबेर राती रमिलालाई थप उपचारका लागि त्यहाबाट रेफर गरि सदरमुकाम राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । अरिंगालको टोकाईबाट घाइते उनका ससुरा सुरतलालको अवस्था भने सामान्य रहेको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियोगमा बिपिन पक्राउ