Tuesday, January 26, 2021
Home प्रदेश पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

धनगढी । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला सुदूरपश्चिममा महिला हिंसाका घटनाहरु भइरहेका छन् । अभियान सुरु भएको पाँच दिनको अवधिमा चार बलात्कारका घटना घटेका छन् भने यो अवधिमा १५ वटा उजुरी दर्ता भएका छन् ।

अभियानको पहिलो दिन मंसिर १० गते बैतडीको सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरीमाथि बलात्कार भएको घटना मिलापत्रमा टुंग्याईएको घटना बाहिरियो । सो घटना ६ महिनापछि सार्वजनिक भएको थियो । सो घटना मिलापत्र गराउने वडाध्यक्ष सहित ६ जना पक्राउ परेका छन् । मिलापत्र गरेको आरोपमा एक जना अझै फरार रहेको उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अभियानको दोस्रो दिन ११ गते डडेल्धुराको नवदुर्गा गाउँपालिकाकी मानसिक रोगी युवतीमाथि बलात्कार भयो । घटनामा पक्राउ परेका एक जनाको म्याद थप गरि अदालती प्रक्रियामा छ । बलात्कारमा संलग्न रहेको आशंकामा अर्का एक जनाको खोजी कार्य भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

कैलालीमा बालिका बलात्कार गरेको आरोपमा एक जना सोमबार पक्राउ परेका छन् । मोहन्याल गाउँपालिकाकी बालिका बलात्कारको आरोपमा सोही ठाउँका १९ वर्षीय जीवन शाहीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । असोज २५ गते साँझ आफ्नै घरमा बोलाई बलात्कार गरेका भन्ने जाहेरीका आधारमा शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक अनुप समशेर जवराले बताए । पक्राउ परेका उनीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

५ दिनको अवधिमा कञ्चनपुरमा लैगिंक हिँसाका २, घरेलु हिंसाका ४ वटा उजुरी दर्ता भएका छन् । बैतडी र डडेल्धुरामा पनि घरेलु हिंसाका १–१ वटा उजुरी परेका छन् । कैलाली र कञ्चनपुरमा १–१ वटा बहुविवाहका उजुरी परेका छन् । डडेल्धुरामा १ र बैतडीमा २ गरी ३ वटा बलात्कार उजुरी परेको प्रदेश प्रहरी कार्यालयको तथ्याकंमा उल्लेख छ ।

बढ्दो महिला हिंसा घट्ना

सुदूरपश्चिममा पछिल्लो चार महिनायता प्रतिदिन सरदर दुई जना महिला हिंसाबाट पीडित भएको पाइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार महिला हिंसा तथा महिलामाथि हुने जवरजस्तीकरणीका घटनाहरुको अवस्था बढोत्तरी छ । साउनदेखि मंसिर ९ गतेसम्म मात्रै महिला हिंसाका १ सय ५८ उजुरी परेका हुन् ।

जवरजस्तीकरणीका ९८, जवरजस्तीकरणी उद्योगका ३८ वटा उजुरी परेका छन् । अप्राकृतिक मैथुनका ३, यौन दुराचार (बाल यौन दुरुपयोग) का ५, मानव बेचविखन तथा जवरजस्तीकरणीका १, मानव बेचबिखन तथा ओसार पसारका ४, अपहरण तथा जवरजस्तीकरणीका ६ वटा उजुरी परेका छन् । भने हाड नाताका २ र जवरजस्ती करणी पश्चात कर्तव्य ज्यानको १ वटा उजुरी परेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यो पनि पढ्नुहोस   जुठो थालमा खाएपछि कुल्ला गर्नुको के अर्थ ?

सबैभन्दा बढी कैलालीमा ७७ वटा, कञ्चनपुरमा २९, डोटीमा ८, अछाममा ५, डडेल्धुरामा ९, बैतडीमा १२, बझाङमा १४, दार्चुलामा १ र बाजुरामा ३ वटा महिला हिंसाका उजुरी परेका हुन् ।

दण्डहिनता मौलाउँदो

समाजमा दिन प्रतिदिन महिला हिंसा तथा महिलामाथि हुने जवरजस्तीकरणीका घटनाहरु बढे पनि न्यूनीकरण तथा पीडितलाई न्याय र पीडकलाई कारवाही गर्ने तर्फ भने सरकारी उदासिनता कायमै छ ।

गएको असोज ७ गते बझांङको मष्टा गाउँपालिका २ की १२ वर्षिया सम्झना बिक, कार्तिक १३ गते डोटीको जोरायल गाउँपालिका ५ की १५ वर्षीया मानसिक सन्तुलन गुमाएकी बालिकामाथि अस्थायी प्रहरी चौकी गड्सेरामा कार्यरत एक प्रहरी जवानले जवरजस्तीकरणी गरे । भदौ ११ गते कैलालीको जानकी गाउँपालिका १ खैरीफाँटाकी १७ वर्षीयामाथि सामूहिक बलात्कार भयो ।

यी प्रतिनिधि घटना मात्रै हुन् । समाजमा महिला हिंसाको घटना कमी आउनुको साटो झन बढेको छ । महिला हिंसाको घटना न्यूनीकरणको लागि कडा कानून आउन जरुरी रहेको औल्याइएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य अम्बि कुमारी थापाले पुरुषप्रधान समाजमा महिलालाई हेर्ने दृष्टिकोण अझै परिवर्तन नभएको बताउँदै अपराधिलाई कडा भन्दा सजाय नभएसम्म महिलाहरुमाथि हुने घटनामा कमी नआउने बताउँछिन् । पछिल्लो समय बढ्दो सचेतनाले पनि महिला हिंसाको घटना बाहिर आउन थालेको सरोकारवालको मत छ ।

प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले पहिले–पहिले धेरै घटना गाउँघरमै लुक्ने तथा मिलापत्र गर्ने प्रवृतिलेगरेको भएपनि अहिले बढ्दो सचेतनाले महिलामाथि हुने घटना बाहिर आएको बताउँछन् । महिला हिंसा न्यूनीकरण तथा रोक्नमा जनचेतना तथा सचेतना नै सबैभन्दा प्रभावकारी अस्त्र भएको उनको भनाइ छ ।

पछिल्लो समय हिंसा सहेर बस्नु हुँदैन भन्ने सचेतनाले पनि अहिले हिंसामा परेका महिलाहरुको उजुरी दिनेहरु संख्या बढेको दलित महिला अधिकार मञ्च नेपालकी अध्यक्ष सावित्रा घिमिरको बुझाई छ । दण्डहिनताको संस्कार मौलाएको भन्दै उनले कानुन कार्यान्वयन गर्ने निकायले कार्यान्वयन नगर्दा पनि बलात्कार तथा आपराधिक गतिविधि बढिरहेको तर्क गरिन् ।

(Visited 87 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रकाशमा प्रदीप खडकाको नायिका रेणु

काठमाडौं । अभिनेता प्रदीप खड्काको जोडीको रूपमा नवोदित अभिनेत्री रेणु योगी चयन भएकी छन् । नयाँ चलचित्र ‘प्रकाश’का लागि रेणु योगी चयन भएकी हुन्...

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज सोमबार बस्दैछ । पार्टी कार्यालय सानेपा ललितपुरमा दिउँसो बस्ने बैठकमा प्रतिनिधिसभा विघटनपछिको राजनीतिक परिस्थितिका विषयमा छलफल...

‘गल्ती सच्याएर आउनुस्’

देउखुरी । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याएर पार्टीमा आउन दाहाल–नेपाल समूहलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला...

पूर्वभीआईपीका सुरक्षा कटौती जायज

सरकारले पूर्वप्रधानमन्त्री, गृहमन्त्री तथा उच्च पदस्थहरूले आफ्नो व्यक्तिगत सु्रक्षाका लागि प्रयोग गरिरहेका सुरक्षाकर्मीको संख्या कटौती गर्ने गृहकार्य अघि बढाएको छ । यसअघि पनि सुरक्षाकर्मी...

सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले परीक्षण उत्पादन गर्ने

लमजुङ । लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले अबको आठ महिनाभित्रै परीक्षण उत्पादन गर्ने भएको छ । आयोजनाले २०७८ साल असोज महिनाभित्रै विद्युत्को परीक्षण...

साताका लोकप्रिय समाचार

ओलीले संविधान मिचेर लुडो खेल सरह बनाए : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीद्वारा गरिएको प्रतिनिधिसभा विघटन संविधान माथीको ठाडो प्रहार रहेको भन्दै यसलाई नसच्याइए गणतन्त्र समेत खतरामा पर्ने...

बेहोस अवस्थामा बलात्कार, गर्भ बसेपछि समाजको तिरस्कार

इलाम । इलामकी १५ वर्षीया बालिका कक्षा ७ पढ्दापढ्दै बेहोस हुने रोग लागेपछि विद्यालय जान छाडिन् । उनका बुबाले पनि केही वर्षदेखि मानसिक रोगको...

मेयर कप फुटबल सुरु

सिन्धुली । कमलामाई नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा प्रथम मेयर कपम फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता कमलामाई नगरपालिका–६ को खुलामञ्चमा शनिबारदेखि सुरु...

खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु

खोटाङ । खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लडेर मृत्यु...

राष्ट्रिय एकता र सुरक्षामा उल्लेख्य प्रगति गरेको सरकारको वार्षिक प्रतिवेदन

काठमाडौं । सरकारले एक वर्षको अवधिमा राष्ट्रिय एकता र सुरक्षाको सवालमा उल्लेख्य काम भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपालको संविधानको...

ट्रेन्डिङ

दशगजाबाट अपहरित ३ नेपाली महिला फिरौती बुझाएर अपहरणमुक्त

लहान।  नेपाल भारत सीमा क्षेत्रको दशगजामा बाख्रा चराउन गएका बेला अपहरित तीन नेपाली महिला भारु ४ लाख ५० हजार ( नेपाली ७ लाख २०...

काभ्रेमा लकडाउन उल्लंघन गरेका सवारीबाट २० लाख राजश्व संकलन

काभ्रेपलाञ्चोक । सरकारले कोरोना भाइरस संक्रममण नियन्त्रणका लागि गत चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । सरकारले घोषणा गरेको लकडाउनको १ सय दिन...

आफ्नै भए पनि, दक्ष त खोजौं

हामो देशमा आर्थिक विकास र सुशासनको पर्खाइमा रहेका नागरिकले देशमा हुने गरेका भ्रष्टाचार, आर्थिक हिनामिना, ढिलासुस्ति, दलगत आन्तरिक द्वन्द्व, कलह, महँगीलगायतका विषयमा आधारित बनेका...

बाँकेमा कोरोनाबाट एकको मृत्यु

नेपालगन्ज । बाँकेको नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोनाबाट मृत्यु भएको जनाइएको छ ।...

ओली समूहका सुदुरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्रीले दिए राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहोराले राजीनामा दिएका छन् । नेकपा विभाजन भएपछि केपी शर्मा ओली समूहमा लागेका बोहोराले बुधबार पत्रकार...

राजधानीकर्मी तिमलसिना सम्मानित

रौतहट । रौतहट बचत तथा ऋण सहकारी संघले आफ्नो २४ औ बार्षिक साधरण सभाको अबसर पारेर राजधानी दैनिकका रौतहट प्रतिनिधि रमेश तिमलसिनालाई सम्मान गरेको...

किक हानेर विनोदले बनाए विश्व कीर्तिमान

कैलाली । टीकापुरका खेलाडी विनोद थापाले तेक्वान्दो खेलअन्तर्गत खेलिने ‘मोष्ट मार्सल राउण्ड हाउस किक इन वान आवर’ अर्थात् एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी...

ग्याँसको विकल्पमा इन्डक्सन

काठमाडौं ।  कोरोना भाइरसका कारण बजारमा ग्याँसको कृतिम अभाव देखिएपछि विकल्पमा इन्डक्सन चुलोमा उपभोक्ता आकर्षित भएका छन्...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी...

थप ३३९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३९ जना थपिएसँगै हालसम्म कोरोना सङ्क्रमित...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको नेपाली कांग्रेसले जनाएको छ । फरक...

भर्खरै

प्रकाशमा प्रदीप खडकाको नायिका रेणु

काठमाडौं । अभिनेता प्रदीप खड्काको जोडीको रूपमा नवोदित अभिनेत्री रेणु योगी चयन भएकी छन् । नयाँ चलचित्र ‘प्रकाश’का लागि रेणु योगी चयन भएकी हुन्...

१७ माघबाट साताव्यापी ‘किताब जात्रा’

काठमाडौं । साहित्यिक कृतिहरूको प्रदर्शन तथा बिक्रीको उद्देश्यले आयोजना हुँदै आएको ‘किताब जात्रा’ यस वर्ष १७ माघ देखि २३ माघसम्म हुने भएको छ ।...

भन्सारमा आजदेखि राष्ट्रिय एकद्वार प्रणाली

काठमाडौं । नेपाल आजदेखि राष्ट्रिय एकद्वार प्रणाली सुरु भएको छ । विभागले तयार गरेको उक्त प्रणाली आज सार्वजनिक भएको हो । अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत...

टोटनह्याम एफए कपको प्रि-क्वाटरमा

लन्डन । वेकम्व वान्डरर्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै टोटनह्याम एफए कपको प्रि–क्वाटर फाइनलमा पुगेको छ । चौथो चरण अन्तर्गत अवे मैदानमा भएको खेलमा...

धेरै पढिएका

जाँदा जाँदै राष्ट्रपति ट्रम्पले दिए ७३ जनालाई सजाय माफ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ गरेका छन् । सजाय माफ गरिएकामा ट्रम्पका पूर्व सल्लाहकार स्टिभ...

गढिमाई मन्दिरमा टिकटक बनाउन प्रतिबन्ध

बारा । विश्वमा बलिको रुपमा चिनिने गढिमाई मन्दिर प्राङ्गणमा टिकटक बनाउन प्रतिबन्ध लगाईएको छ । बाराको महागढिमाई नगरपालिकाले बरियारपुरमा अवस्थित गढिमाई मन्दिरमा टिकटक बनाउन...

कोरोना भाइरसबाट बेलायतमा एकै दिन १ हजार ८२० जनाको मृत्यु

लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले बुधबार जानकारी दिएका समाचारमा जनाइएको छ । बुधबार...

अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न राष्ट्रिय एकद्वार प्रणाली

काठमाडौँ । आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने भएको छ । अर्थ...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 105 times, 1 visits today)