रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा उप मेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आउदो मंसिर २८,२९ र ३० गते चन्द्रनिगाहपुर स्थित तुलसीलाल अमात्य स्मृती रंगसालामा हुने छ ।
चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा हुने राष्ट्रिय महिला कराते प्रतियोगितामा देशका बिभिन्न १३ नगरपालिकाका महिला कराते खेलाडीहरुको सहभागिता रहने आयोजक नेपाल सितोरियो कराते संघ रौतहटले जनाएको छ ।
लामो समयको बन्दाबन्दी पछि रौतहट जिल्लामा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना हुन लागेको नेपाल सितोरियो कराते संघ रौतहटका अध्यक्ष अशोक पहाडीले जानकारी दिएका छन् । प्रतियोगिताका देशका बिभिन्न १२ नगरपालिकाका खेलाडी र आयोजक चन्द्रपुर नगरपालिका सहितको भारतको एक टिकको गरी २०० खेलाडीको सहभागिता रहने अध्यक्ष अशोक पहाडीले बताए ।
महिला २५,३०,३५,४०,४५,५०,५५,६० र ६५ किलो तौल समुहमा प्रतिस्पर्दा हुने र टिम काता र एकल काताका खेल हुने सितोरियो कराते संघ रौतहटले जनाएको छ । प्रतियोगिताको तयारीमा संघका पदाधिकारी जुटेको उनले बताए ।