आर्यन सिग्देलकि नायिका उपासना

काठमाडौं । निर्माणाधीन चलचित्र ‘डिसेम्बर फल्स’मा अभिनेत्री उपासना सिंह ठकुरी नायिकाको रुपमा अनुबन्धित भएकी छन् । यो चलचित्रमा आर्यन सिग्देल यो चलचित्रमा मुख्य भूमिकामा यसअघि नै यसमा नायकको रूपमा चयन भइसकेका छन् । ‘डिसेम्बर फल्स’मा नायिकाको रूपमा उपासना मंगलबार अनुबन्धित भएकी हुन् ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मलाई भारतीय फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्दै छन् । लक्ष्मण रिजाल कार्यकारी र राजकुमार भट्ट निर्माता रहेको फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा, सलोन बस्नेत, नागेन्द्र रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, सञ्चारकर्मी नरेश भट्टराईलगायतले अभिनय गर्ने पक्का भइसकेको छ भने केही कलाकारको छनोट कार्य अझै जारी छ । भारतीय फिल्म उद्योगमा व्यस्त रहेका छायांकार रवि नायडुले खिच्ने फिल्मको कथा बीपीका खनालले लेखेकी हुन् भने पटकथा र संवाद केदार भुसालको हो ।

उपासनाले भुवन केसीको ‘क्याप्टेन’ फिल्मबाट डेब्यु गरेकी हुन् । त्यसपछि रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी कबड्डी’मा अभिनय गरेकी थिइन् । अभिनित दुवै फिल्मबाट उपासनाले तारिफ पाइन् । उपासनालाई पछिल्लो समय आधा दर्जन बढी फिल्मको अफर गएको थियो । जसमध्ये उनलाई स्क्रिप्ट र टिम मन परेकाले ‘डिसेम्बर फल्स’ साइन गरेको बताइएको छ ।

२०७८ साउन १ लाई प्रदर्शन मिति तोकिएको यो चलचित्र काठमाडौं र पोखरामा खिचिनेछ । दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहेको फिल्मको सुटिङ प्रस्तुतकर्ता रामप्रसादको जन्मदिन पारेर माघ ४ देखि सुरु गर्ने योजना निर्माण पक्षको छ ।

तपाइको प्रतिक्रिया
(Visited 358 times, 1 visits today)

epaper

ताजा समाचार

‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित