कोरोना संक्रमितलाई घर घरमा पुगेर औषधी वितरण गर्दै वडाध्यक्ष

इलाम । इलाम नगरपालिका वडा नं. –७ ले निःशुल्क कोरोना संक्रमण रोग प्रतिरोधात्मक क्षमता बढाउने आयर्वेदिक औषधी वितरण गरेको छ । वडामा पोजेटिभ संक्रमित देखिएपछि होम आइसोलेसनमा बसेका वडावासीलाई र यस वडा भित्र रहेका विभिन्न कार्यालयमा कार्यारत कर्मचारीमा आयर्वेदिक औषधी वितरण गरिएको हो ।

वडा अध्यक्ष आँफै विरामीको घरमा पुगेर प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण र विरामीको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । कोरोना संक्रमण मात्र नभएर विभिन्न अन्य रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधी समेत चिकित्सकको सल्लाहमा वितरण गरिएको वडाध्यक्ष नरेश श्रेष्ठले बताए ।

‘होम आइसोलेसनमा बसेका विरामिको अवस्था बुझ्न घरघर पुगेर चिकित्सकको टोलीसहित औषधि वितरण गरेका छौँ ।’ उनले भने ।

कोरोनाको कुनै पनि औषधी पत्ता लगाउन नसकेको अवस्थामा रोग प्रतिरोधात्मक औषधिको रुपमा चिकित्सकसँगको सल्लाह बमोजिम मात्रै आयुर्वेदिक औषधि वितरण गरिएको श्रेष्ठ बताउँछन । औषधि वितरण सँगै विरामीको अवस्था बुझ्ने, उनीहरुको खानपानमा परिवारलाई सचेत गराउँदै सरसफाइमा ध्यान दिन अनुरोध गरिएको छ । हालसम्म वडाका ३७ जना संक्रमित रहेका मध्ये २२ जनालाई वितरण गरेको र बाँकी सबैलाई वितरण गर्ने वडाध्यक्ष बताउँछन ।

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

epaper

ताजा समाचार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो