दराजबाट सामान किन्नुस्, सामसुङ एस २० एफई जित्नुहोस्

काठमाडौं । अनलाइन बजार दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ । सो अभियान २७ मंसिर मध्यरातदेखि ३ पुस १२ देखि १८ डिसेम्बरसम्म हुनेछ । १२.१२ मा दराज उपभोक्ताले विशेष छुटका साथ भौचर र बैंक कार्डमार्फत थप छुटको लाभ उठाउन सक्नेछन् । यस अभियानका लागि, सानिमा बैंक, माछापुच्छे« बैंकर सिटिजन बैंकका क्रेडिट र डेबिट कार्ड बाेक्नेले कार्ड प्रिपेमेन्टमा १२ प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

यसबाहेक, उपभोक्ताले ‘मेगागिभ अवेका’ रूपमा ७० हजारको नयाँ सामसुङ ग्यालेक्सी एस २० एफई जित्ने अवसर प्राप्त गर्नेछन् । सेलको उत्साहलाई निरन्तरता दिनका लागि, उपभोक्ताले वान रूपी गेममा पनि भाग लिन सक्दछन् जहाँ उनीहरूले नयाँ मोटोरोला ई प्लसलगायत अन्य उत्पादन मात्र १ मा जित्न सक्नेछन् । त्यस्तै, १२.१२ मा मोटोरोलाले मोटोरोला ई सेवेन प्लस र मोटोरोला जीप्ले दराजमार्फत लन्च गर्दै छ । सो फोनमा इच्छुक खरिददारले कार्डमार्फत १२ प्रतिशतको अतिरिक्त छुटका साथ निःशुल्क होम डेलिभरीको फाइदा पनि उठाउन सक्नेछन् ।

१२.१२ मा दराजले नेपालमा बनेका सामानलाई विशेष प्राथमिकता दिँदै उत्तम मूल्यमा उपलब्ध गराउँदै छ । ग्राहकले सलाना, भिर जिन्स, र जे फिसरलगायत नेपाली ब्रान्ड र उत्पादनहरूमा राम्रो अफर अपेक्षा गर्न सक्दछन् । यससँग, दराजले स्थानीय सानो र मध्यम आकारका उद्यम (एसएमई)हरूलाई अझ बढावा दिने र उनीहरूलाई ११.११ मा गरेजस्तै देशभरका लाखौं ग्राहकसँग जोड्ने आशा गरेको छ ।

अभियानका लागि उत्साहित, दराज नेपालका प्रबन्ध निर्देशक, लिनो अलरिङले भने, ‘दराज ११.११ दराजका लागि मात्र नभई विशेषगरी साना आकारका उद्यम र स्थानीय विक्रेताका लागि एकदमै सफल अभियान रहेको थियो । यस प्रकारको सेल अभियानले स्थानीय विक्रेता र एसएमईलाई बढावा दिन राम्रो प्लेटफर्मका रूपमा काम गर्छ र ग्राहकहरूलाई पनि सुरक्षित र उत्तम सपिङ अनुभव प्रदान गर्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)

epaper

ताजा समाचार

ममाथि निर्मम छानबिन होस्, बदमासी प्रमाणित भए सजाय भोग्न तयार छु: खगेन्द्र सुनार