‘छाउपीडा’ युट्युबबाट सार्वजनिक

केसी डान्स सेन्टर को प्रस्तुती तथा नबीन केसी तथा लुना श्रेष्ठ द्वारा निर्मित लघु सिनेमा ‘छाउपीडा’ युट्युबबाट रिजिज भएको छ । अभिनेता सरोज खनालको कथा, पटकथा, संम्वाद तथा निर्देशन रहेको यो सिनेमा कबि नवराज पराजुलीको कवितामा आधारित छ ।

महिलाहरुमा हुने प्राकृतिक प्रक्रिया महिनावारीको पीडामा आधारित यो चलचित्रमा रीमा केसी, रुबिना श्रेष्ठ तथा बाल कलाकारहरु ऋचा ढकाल, आयुशा ढकाल, रोमा भण्डारी, रीया श्रेष्ठ, अङ्किता कोइराला र दिप्ती अधिकारीले अभिनय गरेका छन् ।

करिब १५ मिनेट लामो यो चलचित्रको छायांकन समीर मानन्धरले गरेका छन् । चलचित्रको सम्पादन राजीव श्रेष्ठ र बिक्रम सापकोटाले गरेका हुन् ।

 

तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)

epaper

ताजा समाचार

व्यवसायी दीपक भट्ट जोडिएको कसुरमा मृगेन्द्रनाथ रिमाल पक्राउ