हल सञ्चालकले जबरजस्ती हल खोल्ने

काठमाडौैं । नेपालमा कोरोना भाइरसको महामारीसँगै गत फागुनको अन्तिम साताबाट सरकारले सिनेमा हल बन्द गराएको थियो । यो ९ महिनामा अहिलेसम्म सिनेमा हल खुलेको छैन । पुसबाट मठ मन्दिर, रंगशालालगायतका स्थान खुल्ने तर सिनेमा हल खुल्न सरकारले नदिने भएपछि हल सञ्चालकहरूले जबरजस्ती सिनेमा घर खोल्ने घोषणा गरेका छन् ।

हल सञ्चालक तथा वितरकहरूको संस्था नेपाल चलचित्र संघका पदाधिकारीहरू सोमबार राजधानीमा पत्रकार भेटघाटको आयोजना गर्दै आफूहरूले आगामी १० पुसबाट सिनेमा हल खोल्ने घोषणा गरेका छन् । नेपाल चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानले सिनेमा हल खोल्नका लागि आफूहरूले सरकारसँग पटकपटक राखेको मागको सुनुवाइ नभएपछि जबरजस्ती हल खोल्ने घोषणा गरेको बताए ।

कोरोनासम्बन्धी दर्शकलाई सुरिक्षत राख्न आफूहरूले सिनेमा हल खोल्दा विश्व स्वस्थ्य संगठनको अपदण्ड अपनाउने पनि अध्यक्ष प्रधानले पत्रकार भेटघाटका क्रममा बताए ।

संघका महासचिव तथा प्रवक्ता अशोक शर्माले सरकारप्रति आक्रोश पोख्दै १० पुसमा सिनेमा हल खोल्दा सरकारले आफूहरूलाई पक्राउ गर्छ भने थुनामा जान तयार रहेको बताए । हैन भने सरकारलाई आफूहरूले सिनेमा हलको चाबी बुझाएर सबै कुरा जिम्मा दिने पनि उनले सो क्रममा चेतावनी दिए । सिनेमा हलमा भन्दा असुरक्षित रूपमा भिड हुने स्थान यसअघि खुलेको तर विश्व स्वास्थ्य संगठनको मपदण्ड पूरा गरेर हल खोल्छौं भन्दा खोल्न नदिएको पनि शर्माले बताए । सोही कारण आफूहरूले सरकारी अबज्ञा तोडेर सिनेमा हल खोल्न लागेको उनले बताए ।

जबरजस्ती सिनेमा हल खोल्न घोषणासहित सिनेमा हल सञ्चालकहरूले नौ सूत्रीए मागको घोषणा पनि गरेका छन् । जसमा चलचित्र क्षेत्रलाई प्रभावित क्षेत्रको रूपमा सम्बोधन हुनुपर्ने, चलचित्र घर सञ्चालन नभएको अवस्थामा प्रयोग भएको विजुलीको महसुल पूर्ण मिनाहा हुनुपर्ने, चलचित्र क्षेत्रमा मौद्रिक नीति अनिवार्य रुपमा कार्यन्वयन हुनुपर्ने, चलचित्र प्रदर्शन व्यवसायले अनिवार्य रूपमा उद्योगको मान्यता पाउनुपर्ने, मनोरञ्जन कर खारेज हुनुपर्नेलगायत रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 458 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायको शपथ रोक्न आयोगको निर्देशन