गोवा । भारतको गोवामा एक नेपाली नागरिक मृत भेटिएका छन् । मृतकको साथबाट बिमल खड्का नाम गरेको भारतीय पहिचान कार्ड फेला परेको छ ।
सोही कार्डको आधारमा मृतकको नाम विमल खड्का रहेको गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाले जानकारी दिए ।
थापाका अनुसार उनको मृत्यु यहीँ डिसेम्बर ४ तारिखमा भएको थियोे । मृत्यु कसरी भएको थियो अहिलेसम्म खुल्ल सकिरहेको छैन । उनको मृत शरीर दुई हप्ता देखि गोवा मेडिकल कलेजमा राखिएको छ ।
प्रगतिशील नेपाली समाज भारतका केन्द्रीय सल्लाहकार रमेश खड्काले दिएको जानकारी अनुसार अहिलेसम्म मृतकका कोही पनि आफन्त सम्पर्कमा आएका छैनन् । मृतकको घर नेपालको कुन जिल्लामा हो भन्नेमा पनि कसैलाई कुनै जानकारी छैन ।
तपाइको प्रतिक्रिया
(Visited 246 times, 1 visits today)