काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ५ जना मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् ।
संसद विघटनको सिफारिसको विरोध गर्दै पूर्वमाओवादी पक्षका ५ जना मन्त्रीले सामूहिक राजीनामा दिने तयारी गरेका हुन् । त्यसका लागि उनीहरुले आन्तरिक छलफल गरिरहेको बताइएको छ ।
उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिने तयारी गरेको स्रोतले बताएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)






