काठमाडौं । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले बबरमहल भेला पार्टीको आधिकारिक बैठक भएको बताएका छन् ।
मंगलबार दिउसो बबरमहल स्थित कार्की बेन्क्वेटमा आयोजित केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता नेपालले बालुवाटारमा गुटको भेला भएको उल्लेख गर्दै आफूहरुको बैठक नै आधिकारिक रहेको बताएका हुन् ।
नेता नेपालले नेता नेपालले नेकपाका केन्द्रीय सदस्यहरुको वास्तविक संख्या ४४१ भएको बताउँदै आफूहरुले गरेको बैठकमा दुई तिहाइ केन्द्रीय सदस्य सहभागी भएको बताए । भेलाले आजै नौं बुदे प्रस्ताव पेस गरेको छ । प्रस्ताव यस्ता छन्
–आन्तरिक समस्या समाधान’bout प्रस्ताव
–आन्तरिक पार्टी विवाद र विकसित राजनीतिक घटनाक्रमका ’boutमा अध्यक्ष र अन्यको सम्बोधन
–अनुशासनको कारवाही
–अनुशासनको कारवाही’bout आवश्यक निर्णय भइसकेपछि नेतृत्वकातर्फबाट विचार व्यक्त
– कार्ययोजना र कार्यक्रम
– विरोध कार्यक्रम
– संगठनात्मक कार्ययोजना
–कृष्ण बहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनयन
– अन्य समसामयिक प्रस्तावहरु






