सप्तरीमा प्रतिनिधिसभा विघटनबिरुद्ध जसपाको बृहत प्रदर्शन

राजविराज । प्रतिनिधिसभा विघटनको बिरोधमा जनता समाजवादी पार्टी नेपाल सप्तरीले बुधबार सदरमुकाम राजविराजमा बृहत प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध चर्को नाराबाजीका साथै रेशम चौधरी लगायत अन्य नेता कार्यकर्तामाथि लगाइएको झुठा मुद्दा खारेजीको माग गरिएको छ ।

स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको बिरोध जुलुस नगर परिक्रमा पश्चात् सहिद दशन चौकमा पुगी सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागि नेता कार्यकर्ताहरुले प्रम ओली बिरुद्ध चर्को नाराबाजीका साथै प्रतिनिधिसभा विघटनको असंबैधानिक कदम खारेज गर, सर्वसत्तावादी कदम मुर्दावाद, प्रतिनिधिसभा विघटन जनमतको धोखा हो लगायतका नारा लगाएका थिए ।

जसपा नेता केदार यादवको अध्यक्षतामा आयोजित बिरोध सभामा राष्ट्रिय सभाका सदस्य मृगेन्द्र कुमार सिंह यादव, विघटित प्रतिनिधिसभा सदस्य रेणु यादव, प्रदेशसभा सदस्य नेत्र विक्रम साह, अभिशेख यादव, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, विद्यार्थी नेता शम्भु यादव, विकास तिवारी, सतिश सिंह, हरेराम यादव लगायतले बोल्दै ओली सरकारले गलत कदम चालेको र यसले प्रतिगमन सृजना गरेको आरोप लगाए । उनीहरुले गणतन्त्र र लोकतन्त्र बिरुद्ध प्रम र राष्ट्रपतिले षडयन्त्र गरेको चर्चा गर्दै जनताको रगतबाट स्थापित भएको अधिकार कुनै पनि हालतमा गुम्न नदिने र आन्दोलनबाटै अधिकार खोसेर लिने चेतावनी समेत दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 333 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग