गोवा । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा प्रगतिशील नेपाली समाज दक्षिणी भारत कर्नाटक होन्नावारले विरोध जनाएको छ ।
संगठनका महासचिव लोकेन्द्र सेर्पालीको नेतृत्वमा भएको विरोध कार्यक्रममा संगठनका केन्द्रीय सचिवालय सदस्य दिवाकर शर्मा अर्का केन्द्रीय सदस्य हुमाकान्त आचार्यले संसद विघटन गरेकोमा प्रधानमन्त्री ओलीको खुलेर विरोध गरेका छन् ।
संगठनका केन्द्रीय महासचिव लोकेन्द्र सेर्पालीले प्रधानमन्त्रीको यो कदमले जनताको संघर्ष र वलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पर्ने भएकोले प्रतिगामी तत्वलाइ परास्त गर्र्न संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुको संयुक्त मोर्चा निर्माण गर्नुपर्ने बताए ।
कार्यक्रममा सहभागीले संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, प्रतिगामी केपी ओली मुर्दावाद प्रतिनिधिसभा पुर्नरबहाली गर जस्ता नारा लगाएका थिए ।






