अभिनेत्री दीपिका गंगुबाईको भूमिकामा

मुम्बई । केही समयदेखि लागूऔषधको चपेटाका कारण मुद्दा मामला झेलिरहेकी बलिउड अभिनेत्री दीपिका पादुकोण यतिबेला फिल्मको छायांकनमा फर्किएकी छन् । लागूऔषधको प्रकरणमा आफूलाई फसाइएको यी अभिनेत्रीले दाबी गरेकी छन् ।

दीपिकाको मुख्य भूमिका रहेको फिल्म गंगुबाई काठियाबाडीको अहिले छायांकन सुरु भएको छ । यो फिल्ममा आफूले गंगुबाईको प्रभावशाली भूमिका निर्वाह गरिरहेको यी अभिनेत्रीले बताएकी छन् । लागूऔषधको मुद्दाले दिक्क बनाएको बेला फिल्मको छायांकनमा जोडिन पाउँदा केही हलुका महसुस भएको पनि उनले बताएकी छन् ।

आफ्नो विगतको फिल्म बाजीराव मस्तानीले निर्माणको पाँच वर्ष पूरा गरेको अवसरमा यो नयाँ फिल्मको सेटमै अभिनेत्री दीपिकाले केट काट्दै खुसी साटेकी छन् । बाजिरावो मस्तानाका निर्देशक पनि सञ्जल लीला भन्साली भएकाले उनले यो नयाँ फिल्मको छायांकन सेटमै बाजिरावो मस्तानाको पाँचौं वार्षिकोत्सव मनाएकी हुन् ।

बाजिरावोको जस्तौ सशक्त भूमिका अहिलेको फिल्म गंगुबाईमा पनि भएको अभिनेत्री दीपिकाको कथन छ । अहिलेको अवस्थामा आफू केबल गंगुबाईको भूमिकामा मात्र केन्द्रित भएको र अरू कुरालाई बिर्सिएको उनले बताइन् । लागूऔषधको मुद्दालाई उनले सञ्चारकर्मीमाझ खुलेर उठाउन चाहिनन् । यो फिल्मको छायांकनमा आफू भएकाले गंगुबाईको चर्चा गर्न उनले अनुरोध गरिन् । आफू गंगुबाईको जीवनीबाट निकै प्रभावित भएकाले यो भूमिका निर्वाह गरेको पनि उनले बताइन् ।

कोरोना संक्रमणका कारण १० महिना अघिबाट छायांकन रोकिएको थियो । त्यतिबेला निकै महँगोमा यो फिल्मको सेट बनाइएको थियो । तर फिल्मको छायांकन रोकिएपछि सेट भत्काउँदा निर्माता निर्देशक सञ्जय लिला भन्सालीलाई करोडौं घाटा लागेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 585 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग