बलात्कार प्रयासको आरोपमा युवक पक्राउ

सांकेतिक तस्वीर

नकपुरधाम । किशोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा धनुषामा एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा शहिदनगर नगरपालिका बस्ने २७ वर्षीय गुरुदेव दास रहेको जिल्ला इलाका प्रहरी कार्यालय यदुकोहाले जनाएको छ । खेतमा बयर खान आउ भन्दै बोलाएर बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ ।

गत फागुन ११ गते दिउँसो १ बजे गाउँभन्दा पर खेतमा घाँस काटिरहेको बालिकालाई बयर दिन्छु भन्दै बोलाएर बलात्कार प्रयास गरेको पीडितको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पीडित बालिका भागेर आफना काकीलाई घटना’bout बताएपछि घटना बाहिर आएको हो ।

घटनालाई गाउँमै मिलापत्र गर्ने भनेर पंचायत भइरहेको बेलामा सुचना पाएका ईलाका प्रहरी कार्यालय यदुकूहाकोले तत्कालै आरोपितलाई छिमेकीको घरमा लुकिछिपी बस्दै आएका दासलाई पक्राउ गरेका थिए । पीडित बालिकाको प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परिक्षण पनि गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 454 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग