म्यान्चेस्टर, आर्सनल र लिड्सको जीत

Arsenal's Emile Smith Rowe, right, tackles Brighton's Joel Veltman during the English Premier League soccer match between Brighton and Arsenal at the Falmer stadium in Brighton, England, Tuesday, Dec. 29, 2020. (AP Photo/Frank Augstein, Pool)

एजेन्सी । प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाइटेड, आर्सनल र लिड्स युनाइटेड विजयी भएका छन् ।

लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिनेक्रममा म्यान्चेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले पराजित गरेको हो । कठिन खेलमा म्यान्चेस्टर युनाइटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले इन्जुरी समयमा निर्णायक गोल गरे ।

जितसँगै म्यानयूले अंक तालिकामा शीर्ष स्थानको लिभरपुलसँग दुरी छोट्याएको छ । १५ खेलबाट लिभरपुलको ३२ अंक छ भने म्यान्चेस्टर युनाइटेडको ३० अंक भएको छ ।

प्रिमियर लिगकै अर्को खेलमा गएराति आर्सनलले ब्राइटनलाई १–० ले हराउँदा लिड्स युनाइटेडले वेष्ट ब्रोममाथि ५–० को फराकिलो जित निकालेको छ । यसैगरी बर्न्लेले शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गर्दा वेष्ट ह्याम युनाइटेड र साउथह्याम्पटनले गोलरहित बराबरी खेलेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 264 times, 1 visits today)

epaper

ताजा समाचार

रेसुङ्गामा लार्भा नष्ट एवं सरसफाई अभियान