काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले रजिस्ट्रेसन र आवेदन फाराम खुला गरेको छ । बोर्डले कोरोनाका कारण रजिस्ट्रेसन फाराम र आवेदन फाराम ढिला गरी खुलाएको हो ।
कक्षा ९ मा रजिस्ट्रेसन फाराम र कक्षा १० मा आवेदन फाराम भर्न खुला गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रजिस्ट्रेसनका लागि प्रतिविद्यार्थी तीन सय रुपैयाँ र आवेदन फारामका लागि पाँच सय रुपैयाँ कायम गरिएको छ ।
१६ पुसदेखि २१ माघसम्ममा विद्यालयले विद्यार्थीको रजिस्ट्रेसन र आवेदन फारम भर्नुपर्नेछ । विगतमा भन्दा करिब साढे तीन महिना ढिला गरी फाराम खुलाइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 533 times, 1 visits today)