लिभरपुललाई रोक्न न्यूक्यासल सफल

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुललाई न्यूक्यासल युनाईटेडले गोलरहित बराबरीमा रोकेको छ । गएराति न्युकासल युनाईटेडको मैदानमा भएको खेलमा दुवैतर्फ गोल हुन सकेन ।

बराबरी खेले पनि लिभरपुल प्रिमियर लिग फुटबलको अंक तालिकामा शीर्ष स्थानमा यथावत छ । १६ खेलबाट उसको ३३ अंक छ । एक खेल कम खेलेको म्यान्चेस्टर युनाईटेड ३० अंकसहित दोस्रो स्थानमा रहेको छ । म्यान्चेस्टर युनाईटेडले भोलि राती एस्टन भिल्लासँग खेल्नेछ ।

प्रिमियर लिग फुटबलमा गएरातिका लागि तय भएको टोटनह्याम हट्सपर र फुल्हमबीचको खेल कोभिडका कारणपछि सारिएको छ । फुल्हमका केही खेलाडीमा नयाँ प्रजातिको कोरोना भाइरस देखिएपछि खेल रद्द गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 328 times, 1 visits today)

epaper

ताजा समाचार

रेसुङ्गामा लार्भा नष्ट एवं सरसफाई अभियान