लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

काठमाडौं । लुम्बिनी चिनी मिलका संचालक मनोज अग्रवाललाई वीरगन्जबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरीको अपराध महाशखाको पत्राचारपछि प्रदेश प्रहरीले अग्रवाललाई पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । आजै आवश्यक कारवाहीका लागि काठमाडौं पठाउने प्रदेश प्रहरीले जनाएको छ । अग्रवालले उखु किसानको करिब १७ करोड रुपैयाँ भुक्तानी नगरेको गर्न बाँकी छ ।

चिनी मिल सञ्चालकले उखु किसानका भुक्तानी नदिएपछि उखु किसानले माइतीघर मण्डलामा १६ दिन आन्दोलन गरेका थिए । उखु किसानको आन्दोलन चर्केपछि सरकारले उखु किसानसंग वार्ता गरेर पैसा दिलाइदिने आश्वासन दिएको थियो । आन्दोलनकै क्रममा एकजना उखु किसानको ह्दयघातले निधन भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दलित वस्ती बनाउने निर्णय गर्दै मधेशकी प्रथम महिला मेयर साहले गरिन पदभार ग्रहण