ललितपुर । विश्वव्यापी महामारी कोभिड–१९ बीच अंग्रेजी नयाँ वर्ष २०२१ आज शुक्रबारबाट सुरु हुँदैछ ।
विगतजस्तो तामझाम र रौनक यसपालीको ‘न्यू इयर इभ’मा देखिएन । यसअघि, सहरबजारमा ‘न्यू इयर इभ’को चहलपहल हुने गथ्र्यो । तर, यसपाली बिहीबार खासै रौनक नदेखिएको ठमेलको एक रेष्टुरेन्टमा कार्यरत रञ्जन शर्माले बताए ।
‘अघिल्ला वर्ष ठमेलका होटल, रेष्टुरेन्टमा बस्न पाउनै मुस्किल हुन्थयो,’ उनले भने, ‘यसपाली कतिपय खुलेकै छैनन्, खुलेका पनि प्याक छैनन् ।’
आज शुक्रबारबाट सन् २०२० लाई विदाई गर्दै २०२१ सुरु हुन भएको हो । यस अवसरमा कोभिड–१९ जोखिमका कारण अधिकांशले घरमै ‘इभ’ मनाएका छन् ।
बाक्लो लुगा, टोपी, पञ्जा लगाएर राजधानीका ठमेल, दरबारमार्ग, ललितपुर पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र’round केही चहलपहल देखिए । कतैकतै आगो तापेर नाचगानसहित रमाइलो गरिए ।
तपाइको प्रतिक्रिया
(Visited 251 times, 1 visits today)






