Monday, July 26, 2021
HomeBreaking Newsओलीको निरंशुकता धेरै दिन टिक्न दिँदैनौं : वर्षमान पुन

ओलीको निरंशुकता धेरै दिन टिक्न दिँदैनौं : वर्षमान पुन

,
sharethis

बुटवल । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री केपी ओलीले मुलुकमा निरंशुकता लाद्ने प्रयास गरिरहेको बताएका छन् । ओलीले राज्य शक्तिको दुरुपयोग गर्न राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग आफू मातहत राखेको चर्चा गरे ।

संविधानमा स्पष्ट रुपमा नेपाललाई समाजवाद उन्मुख मुलुक भनिए पनि ओलीको चरित्र र अभ्यास भने दलाल पुँजीपति रहेको उनको भनाइ थियो । नेपालको सम्पूर्ण अर्थ व्यवस्था सीमित मानिसको मुठ्ठीमा पार्ने गरी ओली अगाडि बढेको आरोप पनि पुनले लगाए । तर, असंवैधानिक प्रतिनिधिसभा विघटनको जगमा निरंकुश सत्ता चलाउने ओलीको प्रयास कुनै हालतमा सफल हुन नदिने चेतावनी उनको थियो ।

‘ओलीले निरंकुश सत्ता चलाउने मनसायले असंवैधानिक बाटो हिंड्नुभएको छ’, नेकपा प्रचण्ड–माधव नेपाल पक्षको लुम्बिनी प्रदेश कमिटी बैठकलाई बुटवलमा सम्बोधन गर्दै पुनले भने, ‘यो नेपालमा हो, राजामहाराजाको निरंशुकता नटिकेको नेपालमा ओलीको निरंशुकता धेरै दिन टिक्न दिँदैनौं ।’

गत ५ पुसको मन्त्रिपरिषद बैठकमा ओलीले प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्दा आफूसहित केही मन्त्रीले प्रतिवाद गरेको प्रसंग उल्लेख गर्दै उनले मन्त्रिपरिषदबा बहुमत सदस्यको भावनाविपरीत जबर्जस्ती प्रतिनिधिसभा विघटन गराएको उल्लेख गरे । नेता पुनले ओलीको असंवैधानिक कदममा राष्ट्रपतिले सहयोगी भूमिका खेलेर संविधानको संरक्षक र राष्ट्राध्यक्षको भूमिकाबाट च्युत भएको टिप्पणी गरे ।

‘मन्त्रीहरुको असहमति र आपत्तिबीच प्रतिनिधिसभा विघटनको सिफारिस गरियो’, उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीको सेटिङमा प्रतिनिधिसभा विघटन भएको अब घामजत्तिकै छर्लङ्ग भएको छ ।’ फरक प्रसंगमा पुनले केन्द्रीय समितिको झण्डै दुई तिहाई र संसदीय दलमा बहुमत रहेकाले पार्टीको नाम नेकपा र चुनाव चिन्ह आफूहरुले पाउनेमा शंका नरहेको दाबी गरे । ओलीको असंवैधानिक सरकार बढीमा चार महिना टिक्ने दाबी पनि उनको थियो ।

(Visited 169 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

वर्तमान राजनीतिक अस्थिरताको जवाफदेहिता

प्रारम्भ नेपालको राजनीति अत्यन्त असहज बन्दै गयो ।संक्रमणबाट देशले मुक्तिपाउने अवस्था देखिँदैन । २०४६ सालपश्चात् सरदर एक वर्षमा एउटा सरकार बन्दैगएको छ । जनताको मतको...

साताका लोकप्रिय समाचार

भोलीदेखी लामो दुरीका सार्वजनिक यातायात सञ्चालन हुने

  काठमाडौं । भोलिदेखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै लामो...

‘आई टी आर्मी’ले रौतहट जिल्ला स्तरीय भेला सम्पन्न

गौर। प्रविधिको प्रयोग गरी समाजमा विद्यमान सबैखाले विकृतिको अन्त्य गर्न तथा समाजवादी व्यवस्था निर्माण गर्ने लक्ष्यका साथ गठन भएको ‘आई टी आर्मी’ले रौतहट जिल्ला...

शव राखेको बाकस देखेपछि भक्कानिए आमा र श्रीमती (फोटोफिचर)

  काठमाडौं । शनिवार त्रिभुवन अन्तराष्र्टिय विमानस्थलको दृष्य अलि फरक थियो । विमानस्थल परिसरमा बैदेशिक रोजगार एवं अन्य कामको सिलसिलामा विदेश गएकाहरु प्राय खुसी लिएर...

जसपा विवादको फैसला सोमबार

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालभित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो आगामी सोमबार लगाउने भएको छ । आयोगले हाल विवाद निरुपणका लागि इजलास गठन...

निर्माण सम्पन्न नहुदै भत्कियो झोलुंगे पुल

सिन्धुली । तिनपाटन गाउँपालिका वडा नं. १ को सिक्रे र वडा नं. २ को हिलेपानी जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न नहुदै भत्किएको छ ।...

ट्रेन्डिङ

खेलकुद विधेयक पारित

काठमाडौं । संघीय संसद्बाट खेलकुदसम्बन्धी विधेयक (राष्ट्रिय खेलकुदको विकास विधेयक २०७६) पारित भएको छ । संघीय संसद्को दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधिसभा)बाट पारित...

नेपाल प्रहरीका ३० एसपी र ६९ डीएसपीको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३० जना प्रहरी उपरिक्षक (एसपी) र ६९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ । प्रहरी महानीरिक्षक शैलेश थापा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)