Sunday, April 18, 2021
Home बिचार राष्ट्रिय सभाको सार्थकता कति ?

राष्ट्रिय सभाको सार्थकता कति ?

,

दुुई साताअघि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएपछि जनताको प्रत्यक्ष प्रतिनिधि संस्था यतिबेला मुलुकमा छैन । २०७६ वैशाखदेखि सुचारु रहेको संसद्को वर्षे अधिवेशन गत असार १८ गते अन्त्य गरिएको थियो । परिस्थिति सामान्य रहेको भए यो बेला संसद्को हिउँदे अधिवेशन बस्ने समय हो । जनताका जल्दाबल्दा समस्या जनताका प्रतिनिधिहरूले मुखरित गर्ने बेला हो । परिस्थिति प्रतिकूल भयो । मुलुक प्रतिनिधिसभा विहीन भयो । जनताले प्रत्यक्ष मतदान गरी चुनी पठाएका प्रतिनिधिहरू यतिबेला सडकमा छन् ।

उपल्लो सदनका रूपमा राष्ट्रिय सभा
संसारका कतिपय लोकतान्त्रिक मुलुकहरूले दुई सदनात्मक व्यवस्थापिका अँगालेका छन् । संसारका १९३ देशहरूमध्ये हाल ७९ देशमा माथिल्लो सदनको व्यवस्था रहेको पाइन्छ । हाम्रो देश नेपालमा पनि पञ्चायती व्यवस्था हुँदा र २०६३ सालको अन्तरिम संविधान रहँदासम्म माथिल्लो सदनको व्यवस्था थिएन । संसारका कतिपय मुलुकहरू दुईसदनात्मक व्यवस्थापिकाबाट एक सदनात्मक व्यवस्थापिाकामा प्रवेश गरेका छन् । नेपाल भने बहुदलीय व्यवस्थाको पुनप्र्राप्तिसँगै २०४७ सालको संविधानबाट दुुईसदनात्मक व्यवस्थापिकामा प्रवेश गरेको हो । हालको राष्ट्रिय सभा माथिल्लो सदनका रूपमा चिनिन्छ । उतिबेला यसलाई भारदारी सभा तथा महासभा पनि भनिन्थ्यो ।

प्रतिनिधिसभा नभए पनि हामीकहाँ गत पुस १७ गतेदेखि राष्ट्रिय सभाको अधिवेशन सुरु भएको छ । जनताको आवाज उक्त सदनबाट मुखरित हुने विश्वास गरिए पनि यसमा प्रत्यक्ष जनताबाट चुनिएका प्रतिनिधि नहुने र सरकार गठन तथा विघटनका लागि यो सभाको कुनै भूमिका नहुने भएकोले यसको अधिवेशन खासै चासोका रूपमा हेरिएको पाइँदैन । गत शुक्रबार बसेको उक्त सभाको पहिलो बैठकमा अधिकांश सदस्यहरूले प्रतिनिधिसभा भंगप्रति आपत्ति जनाए पनि त्यसले कानुनी प्रभाव भने पार्दैन । यसकारण उनीहरूले बोल्नु र नबोल्नुले खासै वैधानिक महत्व राख्दैन ।

स्थायी सदन
नेपालको संविधान २०७२ ले साविकको नेपाल अधिराज्यको संविधान २०४७ ले व्यवस्था गरेअनुसार नै संघीय व्यवस्थापिकालाई दुई तहमा बाँडेको पाइन्छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा नामक दुई सदनसहितको एक संघीय व्यवस्थापिका हुने र यसलाई संघीय संसद् भनिनेछ भनेर संविधानको धारा ८३ मा उल्लेख गरिएको छ । समग्र नेपललाई १ सय ६५ क्षेत्रमा विभाजन गरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम १६५ जना र समग्र नेपाललाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने (समानुपातिक) सदस्य ११० गरी कूल २७५ जना सदस्य रहनेगरी प्रतिनिधिसभाको व्यवस्था गरिएको छ । यसलाई संघीय संसद्को तल्लो सदन भनिएको छ ।

अनुभवले खारिएका एवं विज्ञहरू रहनेगरी राष्ट्रिय सभा निर्माण गरी प्रदेश सभा र प्रतिनिधिसभाबीच सेतुको काम गर्न सक्ने भूमिकामा बदल्न सके मात्र यसको उपस्थितिले सार्थकता पाउन सक्छ

संघीय संसद्को माथिल्लो सदनका रूपमा राष्ट्रिय सभाको व्यवस्था संविधानको धारा ८६ ले गरेको छ । जसअनुसार एउटा प्रदेशबाट ८ जनाका दरले सात प्रदेशबाट ५६ जना निर्वाचनबाट र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनीत तीन जना गरी जम्मा ५९ जना सदस्यसहितको राष्ट्रिय सभाको परिकल्पना संविधानले गरेको छ । राष्ट्रिय सभाका सदस्यहरूको पदावधि (कार्यकाल) ६ वर्षको हुने व्यवस्था छ । यसका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा सकिने र रिक्त सदस्यको पदपूर्तिका लागि जुन तरिकाले मनोनयन भएको सदस्यको पद रिक्त भएको हो सोही तरिकाद्वारा बाँकी अवधिका लागि पदपूर्ति गरिने व्यवस्था भएको हुँदा यो सदन कहिल्यै खाली नहुने स्थायी सदनका रूपमा रहने संवैधानिक व्यवस्था छ ।

यसैकारण राष्ट्रिय सभालाई स्थायी सदन भन्ने गरिन्छ । स्थायी सदन हुनुका कारण यसको बेगल महत्व र गरिमा जे जति हुनुपर्ने हो त्यति भएको देखिदैन । भूमिकाका हिसाबले पनि हालको राष्ट्रिय सभा खासै उल्लेख्य भूमिकामा देखिदैन ।

औचित्य
संसारका लोकतान्त्रिक मुलुकहरूमा प्रायः दुई सदनात्मक व्यवस्थापिका हुने र यसको नाम जेजे राखिए पनि तल्लो सदन र माथिल्लो सदन भन्ने चलन छ । जनताको प्रत्यक्ष मतबाट जितेर आएकाहरूका लागि तल्लो सदन (नाम आआफ्नो सुविधाअनुसार जे पनि राख्न सकिने भयो) र निर्वाचक मण्डलद्वारा फरकफरक मतभार हुनेगरी अप्रत्यक्ष तवरले जितेर आउने (केही मनोनित पनि )हरूका लागि माथिल्लो सदनको व्यवस्था संसदीय पद्दति अँगाल्ने संसारका अन्य मुलुकहरूमा पनि गरिएको पाइन्छ । माथिल्लो सदनमा अनुभवी, दिग्गज र विशेषज्ञता भएका व्यक्तिको प्रतिनिधित्व हुनेगरी गठन गर्ने चलन संसारका अन्य मुलुकहरूमा पाइन्छ ।

यसको नामैले पनि ‘पाको’ सदनका रूपमा उपल्लो सदन रहेको अनुभव गर्न सकिन्छ । कतिपय मुलुकमा त यसलाई ‘अभिभावक संसद्’ पनि भन्ने चलन छ । राष्ट्रिय जीवनमा अमूल्य योगदान गरेका योग्य व्यक्ति रहने विशिष्ट सदन माथिल्लो सदन हो । माथिल्लो सदनलाई भारतमा राज्यसभा, अमेरिकामा सिनेट, ब्रिटेनमा हाउस अफ लर्डस, अफगानिस्तानमा मेस्रानो जिर्गा, जर्मनीमा बुन्डेसराट आदि नामले पुकारिन्छ र त्यहाँ शिष्ट, विशिष्ट व्यक्तिहरूकै प्रतिनिधित्व हुने गर्दछ । भारतमा लालबहादुर शास्त्री, प्रणव मुखर्जी, लालकृष्ण आडवानीजस्ता प्रसिद्घ राजनेता र चिन्तकहरू राज्यसभामा थिए । उनीहरूका हरेक भाषणहरूले भारतीय संसद् र राष्ट्रलाई नै दिशाबोध गरेको हुन्थ्यो । बेलायतमा ‘प्यालेस अफ वेस्टमिन्स्टर’ नामक दरवारमा त्यहाँको माथिल्लो सदनको बैठक बस्छ । त्यहाँको माथिल्लो सदनमा ज्ञाता, विशेषज्ञ, चिन्तक, विद्वान्, उच्च घरानिया व्यक्ति, राष्ट्रिय सम्मान प्राप्त व्यक्तिहरू आदिले प्रतिनिधित्व गर्छन् । अरूहरूले उनीहरूबाट सिक्छन् । राष्ट्र लाभान्वित हुन्छ उनीहरूबाट ।

प्रत्यक्ष जनताबाट चुनिएका प्रतिनिधि नहुने र सरकार गठन तथा विघटनका लागि यो सभाको कुनै भूमिका नहुने भएकाले यसको अधिवेशन खासै चासोका रूपमा हेरिएको पाइँदैन

हामीकहाँँ राजनीतिक भागबण्डामा नपरेकाहरू, प्रतिनिधिसभामा टिकट नपाएका वा पाएर हारेकाहरू, अन्य खालका चुनाव लड्दा हार्नेहरू तथा जाति,भाषा, धर्म र सम्प्रदायका आधारमा उम्मेद्वारहरू खडा गरी खिचडी संसद् बनाउनेगरी सदस्यहरू भित्र्याएर राष्ट्रिय सभा बनाउने गरिन्छ । जुन यसको गरिमा, ओजस्विता र महत्वका दृष्टिले उपयुक्त हुँदै होइन । माथिल्लो सदनलाई राष्ट्रिय जीवनका ख्यातिप्राप्त महानुभावहरूको थलो बनाउनैपर्ने थियो । हाम्रा सांसदहरू कानुन बनाउने बेलामा यस मानेमा चुकेकै हुन ।

शक्ति सन्तुलन खै ?
प्रतिनिधिसभाले पास गरी पठाएका अन्य विधेयकहरू पनि राष्ट्रिय सभाले दुई महिनाभित्र पारित गरी वा सुझावसहित फिर्ता पठाउनुपर्छ र यो समयभित्र फिर्ता नआएको स्थितिमा प्रतिनिधिसभाले तत्काल कायम रहेका सदस्य संख्याको बहुमत सदस्यहरूको निर्णयबाट सो विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रिपतिसमक्ष पठाउन सक्ने व्यवस्था संविधानको १११ धाराले गरेको छ । एउटा सदनमा पेस भई अर्को सदनले पास नगरेको कुनै पनि विधेयक संयुक्त सदनमा पेस भई बहुमतले पारित गर्ने संवैधानिक व्यवस्था त छ तर यस प्रकारको संयुक्त सदनमा पनि प्रतिनिधिसभाका सदस्य संख्या (२७५) हुने भएको र यो संख्या राष्ट्रिय सभाको सदस्य संख्या (५९) भन्दा निकै बढी हुने भएकोले यी दुईबीच सन्तुलन हुन नसकी प्रतिनिधिसभाले चाहेअनुुसार नै निर्णय गर्ने सम्भावना प्रबल रहन्छ । यस अर्थमा पनि माथिल्लो सदन निरीह नै देखिने भयो । तल्लो सदनको साक्षी हुन मात्र यो सभा चाहिएको हो त ? सोच्नैपर्ने भएको छ ।

संंविधान संशोधनदेखि यावत् कुरामा तल्लो सदनले पारित गरी पठाएको विधेयकलाई अक्षरशः हेरी अंश अंश केलाई त्यसमा कहाँ, कतै कमी, कमजोरी वा त्रुटिहरू छन् भने तत्काल सुधार्नका लागि सुझावसहित पठाउन सक्छ । यसको यो कार्यलाई प्रतिनिधिसभाले रचनात्मक र सुधारात्मक आलोचना ठानी ग्रहण गरेको खण्डमा मुलुकलाई बढी फाइदा नै हुन्छ । उसको कुरो कुन हदसम्म कसरी ग्रहण गर्ने वा त्याज्ने भन्ने कुरा प्रतिनिधि सभामा निर्भर रहन्छ । यस अर्थमा यसलाई सदनको महत्वपूर्ण उपस्थिति मान्न सकिन्छ । यसैकारण कतिपय अवस्थामा उपल्लो सदनलाइ ‘त्रुटि सच्चाउने हाउस’ पनि भन्ने ग।िरन्छ ।

राष्ट्रपति निर्वाचनमा, संविधान संशोधन प्रस्तावमा र संकटकाल अनुमोदन गर्नुपर्दा मतदान गर्ने अधिकार राष्ट्रिय सभालाई छ । प्रतिनिधिसभा विघटन भएको अवस्थामा संविधानको २७३ धाराबमोजिम संकटकालीन अवस्थाको अनुमोदनको काम उपल्लो सदनले नै गर्ने छ । अर्थात् यो बेला दुबै सदनको अधिकार यही सदनले प्रयोग गर्ने हुँदा यहाँनेर यसको अलग्गै महत्व देखिन्छ । यस अवस्थाबाहेक अन्य अवस्थामा पनि राष्ट्रिय सभालाई शक्तिशाली सदन बनाउन जरुरी छ ।

पुराना, अनुभवले खारिएका एवं विज्ञहरू रहने गरी यसको गठन प्रक्रियामा सुधार गर्दे यसलाई प्रदेश सभा र प्रतिनिधिसभाबीच सेतुको काम गर्न सक्ने भूमिकामा बदल्न सके मात्र यसको उपस्थितिले सार्थकता पाउन सक्छ । अन्यथा भाग पु¥याउनैका लागि गठन गरिने हो भने यो हुनु र नहुनुमा खासै फरक पर्ने देखिँदैन ।

(Visited 121 times, 1 visits today)
Loading comments...

आजको समाचार

सभामुखले एमसिसी संसदमा प्रवेश नगराएकोमा प्रधानमन्त्रीको चित्त दुखाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, तीनै तहका रिक्त क्षेत्रका उपनिर्वाचन र संसद्का कामकारवाहीका विषयमा छलफल भएको छ...

मेलम्ची पानीले खाल्डाखुल्डी

काठमाडौं । राजधानीमा ल्याइएको मेलम्ची पानीको उचित व्यवस्थापन कमजोरीका कारण ठाउँठाउँका सडक खाल्डाखुल्डी परेका छन् । पुरानो प्रणालीबाट पानी वितरण गरिँदा ३ सय स्थानसम्म चुहावट...

यातायात मन्त्री नेम्वाङले भने ‘ढुक्क हुनुहाेस् वैशाखभित्रै रेल चल्छ’

महाेत्तरी । जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख...

विवेक र नर्मतालाई उपाधि

पोखरा । १५ औं संस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किमी छात्र–छात्रा दौड भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानज्योति इङलिस...

नेपाल ९ विकेटले विजयी

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो ।...

साताका लोकप्रिय समाचार

हात्तिको आक्रमणबाट मृत्यु

सप्तरी । जंगली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । खेत रेखरेख गर्न गएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह (कोशी ब्यारेज) का...

तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : सिंह

काठमाडाैं ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै समयमा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताएका छन् । नेपाल दलित सङ्घ काठमाडौँ जिल्लाले आज...

सुदूरपश्चिम प्रदेश सभा : संविधान र नियमावली मिच्दै

धनगढी । प्रदेश सभालाई जानकारी नदिएर लगातार १० वटा बैठकमा अनुपस्थित हुने प्रदेश सांसद्को पद प्रदेश सभाबाट जोगाइदिने गरी प्रदेश सभा नियमावली प्रयोग गरिएको...

राजधानीकर्मी पोखरेल सम्मानित

गुल्मी । राजधानी राष्ट्रिय दैनिकका गुल्मी जिल्ला संवाददाता हुमाकान्त पोखरेल सम्मानित भएका छन् । नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद...

सिंहदरवारभित्र प्रदर्शन गर्ने चार कर्मचारी पक्राउ

काठमाडौं । विभिन्न माग राखेर सिंहदरवारभित्र प्रदर्शनमा उत्रिएका चार कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि बिहीबार मागसहित प्रदर्शनमा...

ट्रेन्डिङ

आज मन्त्रिपरिषद बैठक बस्दै, सात दिन लकडाउन थपिने

काठमाडौं । जारी लकडाउन फेरि सात दिन थपिनृ भएको छ । दोस्रो पटक थपिएको लकडाउन २५ गते रातिदेखि सकिदैछ । उच्चस्तरीय समितिले लकडाउन थप्ने...

सप्तरीमा भेन्टिलेटर संचालनमा नआउँदा अकालमै ज्यान गुमाउँदै संक्रमित

राजविराज । मुलुकभरी कोरोना संक्रमण बढ्दा भेन्टिलेटर अभाव भएको गुनासो एकातिर छ भने अर्कोतिर जनशक्ति अभावका कारण यहाँस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा चार/चार वटा...

म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकी पक्राउ, सेनाले पुनः ‘कू’ गरेको आशंका

काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सेनाले पक्राउ गरेको छ । सेनाले 'कू गर्न सक्ने अनुमान भएकै बेला नेतृ सुकीलाई आज विहान...

तस्विरमा ओली समुहको शक्ति प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहले शुक्रवार राजधानीमा शक्ति प्रदर्शन गरेको छ । मुलुकका विभिन्न स्थानबाट आएका कार्यकर्ता नारायणहिटी अगाडी जम्मा भएका...

भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दा बढीको मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका बिहीबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ९ सय ४१ जना नयाँ संक्रमित थपिएका...

सिंजा राजाको हिउँदे राजधानी पुनर्निर्माणको पर्खाइमा

दैलेख, दुल्लू । जुम्लाका सिंजा राजाको हिउँदे राजधानीका रूपमा चिनिएको दुल्लू दरबार पुनर्निर्माणको पर्खाइमा छ । तत्कालीन द्वन्द्वको समयमा नेकपा माओवादीले बम पड्काएर दरबारलाई ध्वस्त...

अभिनेता विवेक ओबेराय इति बनाउँदै

मुम्बई । गत वर्ष फिल्म नरेन्द्र मोदीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिका निर्वाह गरेका अभिनेतान विवेक ओबेराय यतिबेला नयाँ फिल्म ‘इति’को निर्माणमा जुटेका छन्...

गर्भनर नियुक्तिमा विज्ञको यस्तो आयो सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंक गर्भनर नियुक्ति प्रक्रिया अघि बढिरहेको अवस्थामा विज्ञहरूले गर्भरनर नियुक्तिमा राजनीतीकरण गर्नुभन्दा पनि दक्षता र योग्यतामा ध्यान दिनुपर्नेमा जोड दिएका...

भेडा फर्काउन जाँदा भीरबाट लडेर मृत्यु

लमजुङ । लमजुङमा एक जनाको भीरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी भेडा चराउन गएका गएका थिए । लमजुङको क्व्होलासोँथर गाउँपालिका– ९...

बझाङ र बैतडीको सिमानामा महिलाको बेवारिसे शब

बझाङ । बझाङ र बैतडीको सिमानामा अन्दाजी ४०(५० बर्षिया एक महिलाको सब बेवारीसे अवस्थामा फेल परेको छ । बझाङ जिल्लाको जिल्लाको केदार स्यँु गाँउपालिका...

कोरोना संक्रमित लुकाएका छैनौं : नेपाल सरकार

काठमाडौं । कोरोना भाइरस संक्रमित एकजना व्यक्ति पनि नलुकाएको नेपाल सरकारले दाबी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका...

अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकार भेटघाट गरिरहेका बेला ह्वाइट हाउस अगाडि गोली चल्यो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार भेटघाट गरिरहेको बेला राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि गोली चलेको छ । गोली चलेको जानकारीपछि केहीबेर पत्रकार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)