कोरोना संक्रमण भई निको भएका सुनसरीका ९ जना पत्रकारलाई बीमा वापतको रकम हस्तान्तरण

धरान । पत्रकारिता क्षेत्रमा सकृय भइ कार्यरत रहेका सुनसरीका ९ जना पत्रकारहरलाइ आज( सोमबार) कोरोना बीमा बापतको रकम हस्तान्तरण गरिएको छ ।

दोस्रो चरणको कोरोना बीमा वापतको रकम धरानको सेछ होटलमा प्रेस युनियन सुनसरीले एक कार्यक्रम गरी एक–एक लाखको चेक हस्तान्तरण गरेको हो ।

नेपाल प्रेस युनियन सुनसरीले गत जेष्ठमा आइ एम इ जनरल इन्स्योरेन्स लिमिटेड काठमाडौं कम्पनी मार्फत गरिएको कोरोना बिमा अन्तर्गतको रकम कोरोना संक्रमण भई निको भएकाहरूलाइ वितरण गरिएको हो ।

प्रेस युनियनका जिल्ला अध्यक्ष पवन अधिकारीका अनुसार क्रमश निर्मल कार्की,सन्तोष काफ्ले, दामोदर गुरागाई, रोशन दाहाल, विमला तिम्सीना, कृष्ण प्रसाद अधिकारी , शिशिर राई,संजीता धमला र गोपाल कामतलाई जनही एक लाख रुपियाँको दरले चेक हस्तान्तरण गरिएको हो ।

बिमा ब्यावस्थापन समिती संयोजक एवं प्रेस युनियन सुनसरीका पुर्व अध्यक्ष कृष्ण अधिकारी सहित पुर्व अध्यक्षहरु गणेश निरौला धरानका अग्रज पत्रकार हर्ष सुब्बाले प्रेस युनियनले गरेको कार्यप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।
उक्त कार्यक्रम मात्रिका प्रसाद नेपालले संचालन गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नेछु : धनराज आचार्य