दाङमा एम्बुलेन्सले स्कुटीलाई ठक्कर दिँदा पोख्रेलको मुत्यु

तुलसीपुर । दाङको नारायणपुरमा एम्बुलेन्सले स्कुटीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । रा १ झ १००२ नम्बरको एम्बुलेन्सले रा ४ प १५६६ नम्बरको स्कुटीलाई दिउँसो २ बजे ठक्कर दिँदा स्कुटी चालक साविक तुलसीपुर उपमहानगरपालिका–८ शान्तिदिप बोर्डिङ स्कुल नजिकै घरभई हाल घोराही उपमहानगरपालिका १० नारायणपुर बस्दै आएका ६८ वर्षका टोपेन्द्र पोख्रेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

एम्बुलेन्सको ठक्करबाट गम्भिर घाइते भएका पोख्रेलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा साढे दुई बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी सुमित खड्काले जानकारी दिए । लमहीबाट तुलसीपुरतर्फ जाँदै गरेको एम्बुलेन्सले पोख्रेललाई घर नजिकै ठक्कर दिएको थियो । घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 311 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाेखराका सुकुम्बासी : लालपूर्जामा तमासुक गर्नेलाई भाेट