सेनाको गाडीले ठक्कर दिँदा बृद्धको मृत्यु

सप्तरी, राजविराज । सेना चढेको गाडीले ठक्कर दिँदा एक बृद्धको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिका खण्डमा बुधबार सेना चढेको बा.१ग. १९८१ नम्बरको वानटन गाडीले स.५प. ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार सप्तरीकै अग्निसाइर कृष्णासवरण गउँपालिका २ निवासी रामचन्द्र प्रसाद चौधरीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भिर घाइते भएका ६५ वर्षिय चौधरीलाई तत्कालै उद्दार गरि उपचारका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको डिएसपी भवनेश्वर साहले जानकारी दिएका छन् ।

ठक्कर दिने गाडी र चालक सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १७ निवासी मनिसराज राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी साहले बताए ।

अदलीबदलीका क्रममा सूर्य दलगण बिराटनगरबाट भैरवादल गण ललितपुरका लागि ३२ जनाको टोली लिएर जाँदै गर्दा सो गाडी दुर्घटनामा परेको प्रहरीको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 250 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ