प्रचण्डजी पनि चुनावमा आउछन्, अदालतलाई दवाव दिन मिल्दैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतलाई दबाब दिन नमिल्ने बताएका छन् । प्रतिनिभिसभा विघटनविरुद्ध देशभर भएको प्रदर्शनका क्रममा काठमाडौंको बुढानिलकण्ठमा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले प्रतिनिधिसभा विघटन असंवैधानिक भए पनि जुलुस निकालेर अदालतलाई यो गर, त्यो गर भन्न नमिल्ने धारणा राखे ।

अदालतमा मुद्दा विचाराधीन भएकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने भन्दै देउवाले अदालतको निर्णय पर्खिनुपर्ने बताए । ‘अदालतको निर्णय कांग्रेसले मान्छ । अदालतले चुनावमा जाने केपी ओलीको कदमलाई सदर ग¥यो भने कांग्रेस चुनावमा जान्छ, अरु पनि जान्छन् ।’

तर ओलीले चुनाव गराउनेमा भने शंका रहेको देउवाको भनाइ छ । ओलीले सुदूरपश्चिमको धनगढी पुृगेर चुनाव गराउँछु भनेकाले अदालतले पनि सोही बमोजिम गरेमा प्रचण्डहरु पनि चुनावमा आउने देउवाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 333 times, 1 visits today)

epaper

ताजा समाचार

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा छुट