Home अर्थ महिला किसानले बुझाए कृषिमन्त्रीलाई ४१ बुँदे ज्ञापनपत्र

महिला किसानले बुझाए कृषिमन्त्रीलाई ४१ बुँदे ज्ञापनपत्र

0
महिला किसानले बुझाए कृषिमन्त्रीलाई ४१ बुँदे ज्ञापनपत्र

काठमाडौँ । महिला किसानले कृषि तथा पशुपन्छि विकास मन्त्री पद्मा कुमारी अर्याललाई ४१ बुँदे ज्ञापनपत्र बुझाएका छन् । प्रांगारिक कृषि उत्पादन अभियान नेपाल र महिला किसानसंघ नेपालको नेतृत्वमा ११ वटा किसानसंघ संगठन, नागरिक संगठन, कृषि फार्म र कृषि अभियानताहरुको उपस्थिती र ६ वटा संस्था तथा फार्मको एक्यवद्धतामा महिला किसानले मन्त्री अर्याललाई ४१ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा हाल कृषि क्षेत्रमा महिला किसानको प्रमुख भुमिका रहेकाले उनीहरुसंग उत्पादनका आधारभूत श्रोत साधन र उत्पादन उपज माथिका पहुँच र स्वामीत्व स्थापित गर्ने र समग्र कृषिलाई महिला मैत्री बनाउनु पर्ने, नेपालका विभिन्न भूगोलमा पाइने ७६ जातका रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्नु पर्ने लगायतका माग उल्लेख छन् । महिला किसानका सवालमा ज्ञापनपत्रमा उठाएका मागहरुमा कृषि मन्त्री अर्याल सकारात्मक भएको प्रांगारिक कृषि अभियान्ता कृषि उद्यमी माया केसीले बताइन् ।