ग्रामीण विद्युतीकरणको आवश्यकता र महत्व

बग्ने पानी, जम्ने पानी, परेको पानी र भुइँमुनिको पानी हाम्रा जलस्रोत हुन् । नेपाल समुद्रदेखि टाढा पर्दछ । तर, पानीको हकमा नेपाल क्षेत्रफल तथा जनसंख्याका दृष्टिले सौभाग्यशाली छ । नेपालको जल सम्पदा राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि महत्वपूर्ण मानिएको छ । जलस्रोतको उपयोगलाई हेर्दा निम्न तीन क्षेत्रमा विभाजन गर्न सकिन्छ ।

पानी नेपालको सबैभन्दा ठूलो र महत्वपूर्ण प्राकृतिक स्रोत हो । नेपालमा पानीको मुख्य स्रोतमा बर्सात, हिमनदी, नदी र भूमिगत जल हो । यहाँ हिमालदेखि तराईसम्म, पूर्वदेखि पश्चिमसम्म जताततै सयौंको संख्यामा नदी, हिमनदी, ताल पोखरी छरिएर रहेका छन् । सतही पानीको रूपमा हिमनदी, नदी महत्वपूर्ण रहेका छन् । नेपालको जलसम्पदा पिउन, व्यक्तिगत सरसफाइ, कृषि, धार्मिक क्रियाकलापहरू, औद्योगिक उत्पादन, जलविद्युत् निर्माण र मनोरञ्जनका क्रियाकलापहरू आदिको निम्ति उपयोग गरिँदै आएको पाइन्छ । सम्पूर्ण नदीहरूको जलभण्डार क्षमतालाई हेर्दा यहाँ २ लाख २ हजार मिलियन क्युबिक मिटरको जलभण्डार क्षमता रहेको छ ।

नेपालको जलसम्पदा पिउन, व्यक्तिगत सरसफाई, कृषि, धार्मिक क्रियाकलाप, औद्योगिक उत्पादन, जलविद्युत् निर्माण र मनोरञ्जन आदिका निम्ति उपयोग गरिँदै आएको पाइन्छ

साथै, कोशी, गण्डकी र कर्णालीजस्ता तीन ठूला नदीको क्षमता १ लाख ४८ हजार क्युबिक मिटर अर्थात् नेपालको कुल जलस्रोत क्षमताको ७५ प्रतिशत रहेको छ । विश्वको दोस्रो तथा एसिया महादेशको प्रथम पानीको धनी मुलुक नेपालले हालसम्म आफूसँग भएको ठूलो अर्थोपार्जनको खानीलाई राम्रो सदुपयोग गर्न सकिरहेका छैनन् । वर्तमान स्थितिमा पानीको माग र आपूर्तिको असन्तुलित स्थितिलाई हेर्दा २०औं शताब्दी पेट्रोलियम पदार्थको शताब्दी थियो भने २१ औं शताब्दी पानीको हुनेछ । यसैका लागि एकातिर सानातिना झैं झगडादेखि लिएर अर्कोतिर देश देशका बीच ठूलाठूला युद्ध नहोला भन्न सकिँदैन ।

नेपालका कुल नदीहरूमध्ये करिब ८० प्रतिशत नदीहरू कोसी, गण्डकी र कर्णालीमा नै मिसिएका छन् । नेपालबाट बगेर जाने नदीले भारतको गंगा नदीमा सुख्खा याममा पनि ७५ प्रतिशत योगदान दिएका छन् । यसको कारणमा नेपालका नदीको उद्गम स्थल हिमालय हुनु हो । हिमालय नदीहरूबाट बग्ने नदीको वार्षिक जलप्रवाह ४१ प्रतिशत रहेको छ । नेपालका नदीहरूको अनुमानित औषत वार्षिक सतही बहाव क्षमता १ सय ७० बिलियन घनमिटर रहेको छ । नेपालको विद्युत् शक्तिका विषयमा अध्ययन गर्दा नेपालमा प्रजातन्त्र बहाली (२००७ साल) पश्चात् विद्युत् उत्पादनमा क्रमशः विकास हुँदै गइरहेको पाइन्छ । नेपालमा हाल विद्युत् शक्ति उत्पादन गर्ने निम्नानुसारका स्रोत उपलब्ध छन् : (१) जलविद्युत्, (२) डिजेल विद्युत, (३) सौर्य विद्युत्, (४) हावाबाट उत्पादित विद्युत् ।

नेपालमा साना ठूला नदीबाट सम्भाव्य भनिएको जल सम्पदाको पूर्ण सदुपयोग गर्न सकिएमा कूल ३ हजार मेगावाट (यस मध्ये २५ हजार मेगावाट आर्थिक दृष्टिले सम्भाव्य विद्युत् शक्ति हुन सक्ने र यसको २० प्रतिशत मात्र उपयोग गर्न सकिएमा पनि कुल खेती योग्य भूमिमा सिंचाई सुविधा पुग्ने अनुमान छ । नेपालमा परम्परागत रूपमा दाउराबाट ताप उत्पादन गर्ने प्रणाली आजसम्म पनि प्रमुख रूपमा विद्यमान छ । कुल ऊर्जा खपत मध्ये दाउराको खपत ६८.६ प्रतिशत कृषिजन्य अवशेष १५.३ प्रतिशत र पशुजन्य अवशेष ८.० प्रतिशत खपत हुने अनुमान छ ।

नेपालको धरातलीय स्वरूप, नदीहरूको बहाव, बाँध बाँध्ने ठाउँहरूको अवस्थितिले गर्दा कम लागतमा विद्युत् उत्पादन गर्न सकिने सम्भावना छ । यसरी कम लागतमा उत्पादन गर्न सके आन्तरिक तथा निर्यात बजारमा प्रसार गर्न सजिलो हुन जान्छ । नेपालका ठूला ठूला नदीहरू हिमालयबाट बगेका छन् । यिनीहरूको पानीको मुहान कहिल्यै नसकिने हिउँबाट बग्ने हुनाले जलविद्युत्को लागि सदैव पानी प्राप्त भइरहन्छ । विभिन्न मौसममा पनि पानीको मात्रामा त्यति ठूलो फरक नपर्ने हुनाले स्थिर रूपमा सधंैभरि विद्युत् शक्ति उत्पादन गर्न सकिने सम्भावना रहन्छ । प्रशस्त मात्रामा जलविद्युत् शक्ति उत्पादन गर्न सकेको खण्डमा यसले दाउरा आदिको निमित्त वनजंगलमाथिको आश्रितताको मात्रालाई घटाई वन सम्पदाको रक्षा गर्न सकिन्छ ।

पानी घरायसी प्रयोगको दृष्टिकोणले पनि अत्यन्त महत्वपूर्ण साधन हो । पिउन, कपडा धुन, नुहाउन, भाँडावर्तन सफा गर्न पानी नै आवश्यक हुन्छ । पानीको सहायताबाट नै उल्लेखित कार्य सञ्चालनसम्भव हुने कारण घरायसी प्रयोजनमा पानीको स्थान महत्वपूर्ण छ । जलस्रोतको उपयोग गर्नाले सिंचाईको विकास गर्नमा पनि बढी सहयोग मिल्छ । कृषि व्यवसायमा फसल उत्पादन बढाउनको लागि पनि सिँचाइ अत्यावश्यक पूर्व शर्त हो । भनेको छ कि जमिनभन्दा पानीको बढी महत्व हुन्छ । कृषिजन्य वस्तुको उत्पादन तथा उत्पादकत्व बढाउन, सघन खेती तथा बहुबाली प्रणालीलाई विकसित गर्न र जीवन निर्वाह खेतीपातीलाई व्यापारिकता तथा नाफाको खेतीमा परिणत गर्न सिंचाईको महत्व पूर्ण स्थान रहन्छ । यो जलस्रोतको उपयोगद्वारा मात्र सम्भव हुन आउँछ । जल विद्युत शक्तिको माध्यमबाट देशमा रेल, ट्रलिबस, रोपवे, टाम आदि यातायातका साधनहरू र टेलिफोन, टेलिप्रिन्ट, टेलेक्स, आकाशवाणी आदि सञ्चारका साधनहरूको विकास गर्नमा पनि मद्दत पु¥याउने गर्दछ ।

यातायातका साधनका लागि आवश्यक पेट्रोलियम पदार्थमा व्यय हुने विदेशी मुद्राको बचत भई आर्थिक विकासमा सहयोग प्राप्त हुन्छ । जलविद्युत् शक्तिको विकास भएमा यसले रोजगारको अवसरमा वृद्धि गरी प्रतिव्यक्ति आम्दानी र राष्ट्रिय आम्दानीमा वृद्धि गर्दछ । अर्कोतिर यसले बर्षेनी विदेशबाट ठूलो मात्रामा आयात गरिने पेट्रोल, डिजेल, मट्टितेल, कोइला आदिको प्रतिस्थापन पनि गर्दछ । यसरी जलविद्युत् शक्तिले देशको आम्दानी विदेशमा प्रवाहित हुनबाट रोक्दछ । देशमा प्रशस्त मात्रामा जलविद्युत् उत्पादन गर्न सकिएमा यसलाई भारत, पाकिस्तान, बंगलादेश श्रीलंका आदि क्षेत्रमा निर्यात गरी पर्याप्त मात्रामा विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । विद्युत शक्तिको स्थानान्तरण तारको माध्यमबाट टाढाटाढासम्म लैजान सकिन्छ ।

जलस्रोतको उपयोग गर्नाले सहरको व्यवस्थापन, सरसफाइ आदिको पनि व्यवस्था गर्न सकिन्छ । प्रशस्त पानी भएमा ढल निकासको व्यवस्था राम्रोसँग गर्न सकिनछ । अर्को कुरा पानीले मानिसलाई मनोरञ्जन दिने कार्यसमेत गर्दछ । तलाउ, ताल, पोखरी, नदी नाला, झरना सबै पानी भएकै कारणले आकर्षण हुन्छन् । यसले गर्दा पर्यटकहरूलाई समेत आकर्षित गर्न सकिन्छ । विद्युत् शक्तिबाट पंखा, हिटर, आइरन, राइस कुकर पिचको व्यवस्था गरेर मानिसको जीवनलाई सुखमय र सुविधा उपलब्ध गराइदिएको छ ।

नेपालमा सानाठूला नदीबाट सम्भाव्य भनिएको जल सम्पदाको पूर्ण सदुपयोग गर्न सकिएमा कूल ३००० मेगावाट (यस मध्ये २५००० मेगावाट आर्थिक दृष्टिले सम्भाव्य) विद्युत्शक्ति हुन सक्ने र यसको २० प्रतिशत मात्र उपयोग गर्न सकिएमा पनि कूल खेती योग्य भूमिमा सिँचाइ सुविधा पुग्ने अनुमान छ । नेपालमा परम्परागत रूपमा दाउराबाट ताप उत्पादन गर्ने प्रणाली आजसम्म पनि प्रमुख रूपमा विद्यमान छ ।

विद्युत्ले कृषि, उद्योग र अन्य क्षेत्रको सन्तुलित विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले एकातिर उचित मूल्यमा विद्युत् आपूर्ति हुनु आवश्यक छ भने अर्कोतिर यसको प्रभावकारी उपयोग पनि त्यत्तिकै जरुरी छ । सन्तुलित विकासमा विद्युत विकासले गतिशीलता ल्याउने निर्विवाद छ । विद्युत् क्षेत्रको विकासमा ठूलो वित्तीय लगानी आवश्यक छ । देशको जनसंख्याको अधिकांश भाग ग्रामीण क्षेत्रमा छ र अधिकांश कृषिजन्य उद्योग, सिँचाइ र घरेलु उद्योगको पनि यतैतिर केन्द्रित छन् । ग्रामीण क्षेत्रको विकासमा नै देशको समग्र विकास निर्भर हुने भएकाले सहरी तथा ग्रामीण क्षेत्रमा विद्युत् उपभोगको समान अवसर उपलब्ध गराएमा मात्र सन्तुलित विकास सम्भव हुन्छ ।

ग्रामीण विद्युतीकरणले कृषिलाई आधुनिकीकरण गर्न, घरपरिवारमा विद्युत् उपलब्ध गराउन तथा तराई क्षेत्रमा भूमिगत जलमार्फत सस्तो लागतमा सिँचाइ प्रयोग गरी त्यस क्षेत्रको कृषि उत्पादन उत्पादकत्व र आय आर्जन वृद्धि तथा आर्थिक विकासमा ठूलो सहयोग पु¥याउँछ । विद्युत्ले महिलाहरूलाई कठिन परिश्रमबाट राहत दिई उनीहरूलाई घरभित्रको प्रदूषणबाट पनि बचाउन मद्दत गर्छ । ग्रामीण भेगमा दुर शिक्षा तथा ग्रामीण सञ्चारको निमित्त पनि विद्युत् बिस्तार ठूलो मद्दत गर्छ । ग्रामीण क्षेत्रको आर्थिक, सामाजिक विकासलगायत न्यायको पक्षमा पनि ग्रामीण विद्युतीकरणले ठूलो मद्दत पु-याउँछ ।

विद्युत्को विकास भएमा सिँचाइ सुविधाहरूको विकासद्वारा परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्न सकिन्छ । विभिन्न प्रकारका साना ठूला र मझौला उद्योग पनि ग्रामीण क्षेत्रमा जलविद्युत्द्वारा सञ्चालनगर्न सकिन्छ । जलविद्युत्को विकासले ग्रामीण आद्योगिकरण गर्नमा निकै ठूलो सघाउ पु¥याउने हुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 2,134 times, 1 visits today)

epaper

ताजा समाचार

नयाँ अनलाइन सञ्चार माध्यमलाई पत्रकार आचारसंहिता अभिमुखीकरण