Tuesday, March 2, 2021
Home Breaking News ओलीले अदालत पनि विघटन गर्न खोजेका छन् : वर्षमान पुन

ओलीले अदालत पनि विघटन गर्न खोजेका छन् : वर्षमान पुन

काठमाडौँ । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले न्यायालयलाई प्रभावित पार्ने सार्वजनिक अभिव्यक्ति दिँदै हिंडेको भन्दै आपत्ति जनाएका छन् ।

आफ्नो व्यक्तिगत मनोकांक्षा सिद्ध गर्न अलोकतान्त्रिक र असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेका ओलीले न्यायाल विघटन गर्न खोजेको टिप्पणी उनको छ । नेता पुनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्ने चार पूर्वप्रधानन्यायाधीशलाई धम्की दिएकामा पनि आक्रोश व्यक्त गरे ।

ओलीले राज्य शक्तिको दुरुपयोग गरेर न्यायालय विघटन गर्न सक्ने भन्दै उनले सचेत रहन न्यायपालिकाको नेतृत्वलाई आग्रह गरे । ‘केपी ओलीले संसदमा दुई तिहाइ बहुमतसहितको विशाल पार्टी र प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस गर्नुभएको छ । आफूले भनेजस्तो नहुँदा न्यायालयलाई पनि विघटन गर्ने, स्वतन्त्र न्यायालयप्रतिको जनआस्थालाई विघटन गर्ने, न्यायपालिकाप्रतिको विश्वास घटाउने प्रयत्न गरिाख्नुभएको छ’, नेकपाको प्रचण्ड–माधव नेपाल पक्षीय मजदुरहरुको उपत्यास्तरीय प्रशिक्षण कार्यक्रममा मन्त्री पुनले भने, ‘न्यायपालिकालाई धम्क्याउने, दबाब दिने र षड्यन्त्र गर्ने गतिविधि जारी छन् । यसमा न्यायमुर्तिहरु सचेत रहनुपर्छ ।’

ओली र ओली समूहका कोही नेताले सार्वजनिक स्थानबाट प्रतिनिधिसभा विघटन संविधानको कुन व्यवस्थाअनुसार गरेको भन्नेबारे बोल्न नसकेको भन्दै पुनले अदालतबाट प्रतिनिधिसभा पुर्नस्थापना हुने विश्वास व्यक्त गरे । पुनले जनताको भावनानअुसार न्याय निरुपण गर्नुपर्ने समय आएको चर्चा गर्दै न्यायालयप्रति आफूहरुको विश्वास रहेको उल्लेख गरे । ओलीको व्यक्तिगत महत्वाकांक्षा, स्वेच्छाचारिता र निरंकुशतालाई अदालतले सही ठह¥याउन नसक्ने उनको भनाइ छ । ‘न्यायपालिकाले ओलीको कलदमलाई बदर गरेर प्रतिनिधिसभा पुर्नस्थापना गर्छ । यो कदम सच्याउनुको विकल्पै छैन । संविधानले त्यसै भन्छ’, पुनले भने ।

यो पनि पढ्नुहोस   फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

न्यायलयले संविधानको संशोधन नभई भएको संवैधानिक व्यवस्थाको व्याख्या गर्ने भन्दै नेता पुनले कानून नबुझेको सामान्य मानिसले संविधान पढ्दा कतै पनि बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको अधिकार नराख्ने बताए । पुनले ओलीको अलोकतान्त्रिक र निरंकुश कदमप्रति खबरदारी थर्दै सडकबाटै सच्याउन बाध्य पारिने चेतावनी पनि दिए ।

ज्ञानेन्द्र शाहको निरंकुशता जनताको शक्तिका अगाडि नटिकेको चर्चा गर्दै पुनले ओलीको निरंकुता धेरै दिन नटिक्ने दाबी गरे । ‘देशब्यापी पञ्च¥यालीमा जाँदा ज्ञानेन्द्रलाई लाखौंले ढोगेका थिए । उनले टेकेको माटो टिपेर मानिसहरुले घर लैजान्थे । ज्ञानेन्द्र बुझेंबुझें भन्दै हिंड्थे । त्यस्ता ज्ञानेन्द्रसमेत जनताका अगाडि टिकेनन्’, पुनले भन्नुभयो, ‘अहिले ओलीले ज्ञानेन्द्रको जस्तै पञ्च¥याली गरेका छन् । जनता धेरै सचेत भइसकेको छ । जनतालाई हेप्नेहरु इतिहासबाट गलहत्याइएका छन् । ओलीलाई पनि जनताले एक दिन ज्ञानेन्द्रलाई जसरी गलहत्याँछन् ।’

ओलीले आफू कामचलाउ प्रधानमन्त्री भइसकेपछि कामचलाउ मन्त्री नियुक्त गरेको र केही माओवादी जनयुद्धबाट र झापा आन्दोलनको क्रान्तिकारी विरासतबाट आएका मानिसहरु पनि ओलीको मन्त्री खान दोडिएको भन्दै उनले व्यंग्य गरे । ‘आयु सिद्धिएको कामचलाउ प्रधानमन्त्रीको पनि कामचलाउन मन्त्री खान केही साथीहरु दौडादौड गरेको देखियो । यो कस्तो स्वाभिमान ? कस्तो विचार ? कस्तो संस्कृति ?’, पुनले भने, ‘यो दलाल तथा नोकरशाही प्रवृत्ति हो, विचौलियो प्रवृृृत्ति हो । ओलीजी र उहाँको गुटले जे आउँछ खान्छ, जे पाउँछ खान्छ । जायज नाजायज सही गलत केही मतलब गर्दैन ।’

(Visited 61 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

सर्वोच्च अदालतको फैसला स्वागतयोग्यः कांग्रेस

काठमाडौं । प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वागत गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले...

स्वास्थ्यका कार्यक्रम महत्वाकाक्षी, कार्यान्वयन सुस्त

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका कार्यक्रम समेटिए पनि अधिकांश योजना कार्यान्वयन हुन सकेका छैनन् । स्वास्थ्यका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिए पनि...

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

ओलीले बोलाए स्थायी समिति बैठक

काठमाडौं । नेकपा ओली समुहले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएको छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले स्थायी समिति...

प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा

 काठमाडाैं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै...

ट्रेन्डिङ

परिवारको आशा नै अस्पतालको शय्यामा ढलेपछि…

बलेवा । परिवारको खर्च चलाउन लामो समय वैदेशिक रोजगारीमा बसेका रामचन्द्र बोहरा दुई वर्ष पहिले घर फर्किए । शरीर अस्वस्थ भएर घर फर्किनुभएका बोहरालाई...

संविधानको मर्मलाई कार्यान्वयन गर

नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण भएको पाँच वर्ष भइसकेको छ । अहिले संविधान दिवस मनाइरहँदा जनताले यसका उपलब्धिमाथि प्रश्न उठाउन थालेका छन् । लोकतान्त्रिक...

चीनको कैयुवान सहरमा चक्कु आक्रमणमा सातको मृत्यु

एजेन्सी । उत्तरपूर्वी चिनियाँ एक शहरमा आइतबार बिहान सडकमा चक्कु आक्रमण हुँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको र सात अन्य घाइते भएको स्थानीय अधिकारीले...

अफवाह फैलाउने सामग्री सम्प्रेषण भएमा उजुरी गर्नुहोस् : प्रेस काउन्सिल

काठमाडौं । प्रेस काउन्सिल नेपालले कोभिड–१९ बारे भ्रम र उत्तेजना फैलाने सामग्री प्रकाशन/प्रसारण नगर्न आमसञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ...

नेपालको जादुमय बलिङ, ४ ओभरमा अमेरिकाको ४ खेलाडी आउट

काठमाडौं । १ सय ९१ को लक्ष्य पाएर जवाफी ब्याटिङका लागि मैदानमा आएको अमेरिकी टोलीको लगातार विकेट खसेको छ । आईसीसी विश्व...

लुइजले अनुबन्ध लम्बाए

लन्डन । ब्राजिलियन डिफेन्डर डेविड लुइजले आर्सनलसँगको सम्झौता नवीकरण गरेका छन् । गत सिजन चेल्सीबाट आएको लुइजस इंग्लिस प्रिमियर लिगको क्लब आर्सनलको बसाइ एक...

सुन प्रकरणमा काठमाडौं प्रहरी परिसर विवादमा

काठमाडौं । राजधानीको कमलादीमा भेटिएको नक्कली सुन र सो प्रकरणबारे अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा समिति बनाएको छ...

रुकुम घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन

काठमाडौँ । सङ्घीय संसद्ले रुकुम(पश्चिम)को चौरजहारी नगरपालिकाको सोतीमा भएको घटनाको छानबिन गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

भर्खरै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

धेरै पढिएका

संसद पुन:स्थापनाको खुसियालीमा दाहाल–नेपाल समूहको देशभरि विजय जुलुस

काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापना भएको खुसियालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज देशभरि विजय जुलुस गर्ने भएको छ । पार्टीको केन्द्रीय संघर्ष समितिले...

सर्वोच्चको फैसला पालना गरौं

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरिदिएपछि अब प्रतिनिधिसभा स्वतः पुनःस्थापित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघठन गरेपछि...

औद्योगिक क्षेत्रको उद्घाटनले मात्र नारा पूरा हुन्न

सरकार अहिले विभिन्न नारा लिएर सडकभरि पोखिन लागेको छ । त्सो त उसले देशको ६ स्थानमा औद्योगिक क्षेत्र उद्घाटनको नारा पनि अघि सारेको छ...

भारतीय फिल्ममा स्वस्तिमा अनुबन्धित

काठमाडौं । गत वर्ष चलचित्र बुलबुलबाट दक्षिण एसियाकी उत्कृष्ट नायिकाको अवार्ड पाएपछि अभिनतेत्री स्वस्तिमा खड्कालाई दक्षिण एसियामा चासो दिइयो । यिनै अभिनेत्री यतिबेला एक...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)