पुलिससँग मच्छिन्द्र स्तब्ध


इटहरी । ‘ए’ डिभिजन लिग तथा तेस्रो संस्करणको सताक्षी गोल्डकप च्याम्पियन सानमिगेल मच्छिन्द्र क्लब धरानमा जारी २२औैं बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा स्तब्ध बनेको छ ।
धरान रंगशालामा बिहीबार भएको खेलमा पुलिसका गोलरक्षक नायक बन्दा मछिन्द्र पुलिससँग सडनडेथमा ५–४ ले स्तब्ध हँुदै प्रतियोगिताबाट बाहिरिएको हो । निर्धारित समयमा गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको हो ।

जसमा पुलिसले बाजी मार्दै फाइनलमा मनाङ–मस्र्याङ्दी क्लबसँगको भेट पक्का गरेको हो । मनाङले बुधबार यूकेएफसी भारतलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनल शनिबार हुनेछ । पेनाल्टीमा पुलिसका कप्तान जुमानु राई, भोला सिलवाल, तीर्थ राना र पदम भट्टराईले गोल गर्दा सुमन सुवेदीको प्रहार मच्छिन्द्रका गोलरक्षक बिशाल श्रेष्ठले रोके ।

मच्छिन्द्रका देवेन्द्र तामाङ, रञ्जित धिमाल, विजय धिमाल र विमल घर्तीमगरले गोल गर्दा । विशाल राई ‘बी’को प्रहार पुलिसका गोलरक्षक सञ्जित श्रेष्ठले रोके । पेनाल्टीमा ४–४ गोल भएपछि खेलको निर्णय सडनडेथबाट भएको हो । मच्छिन्द्रका कप्तान विराज महर्जनको प्रहार पुलिसका गोलरक्षक सञ्जित श्रेष्ठले रोके । कपिल ढकालले गोल गर्दै पुलिसलाई फाइनलको यात्रा देखाए ।

खेलको सुरुवातदेखि नै दबाबमा राखेको मच्छिन्द्रले रक्षात्मक रणनीति अपनाएको पुलिसको रक्षापंक्ति तोड्न सकेन । १९औं मिनेटमा विमल घर्ती मगरको उत्कृष्ट प्रहार गोल हुन सकेन । ४३औं मिनेटमा बुद्ध चेम्जोङको प्रहारले पनि पोस्टको दिशा छुन सकेन । ६९औं मिनेटमा पुलिसका मनीष थापाको प्रहार गोलमा परिणत हुन सकेन । दुई पेनाल्टी रोकेका पुलिसका गोलरक्षक सञ्जित श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद १५ हजार हात पारे ।

मच्छिन्द्रका रञ्जित धिमालको गोल उत्कृष्ट बन्दा उनले ५ हजार पाए । पुलिसका प्रशिक्षक दिनेश गुरुङले लिग विजेता टिमसँग खेल्नु चुनौती रहेको भए पनि रक्षात्मक रणनीतिक अपनाएर खेल्दा जित सम्भव भएको बताए । मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले पुलिसले रक्षात्मक रणनीतिमा खेल्दा हार बेहोर्नुपरेको बताए । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउँनेछ । उपविजेताले टोलीले ५ लाख नगद पाउँनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीका शिर्ष नेताहरुले आफ्ना पालिका जिताउन सकेनन्