Friday, March 5, 2021
Home अर्थ तीन आयोजनाबाट ६ सय १ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य

तीन आयोजनाबाट ६ सय १ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य

मनाङ मस्र्याङ्दी आयोजनालाई पीपीए गर्न सैद्धान्तिक स्वीकृति

लमजुङ । विद्युत् नियमन आयोगले मनाङ मस्र्याङ्दी आयोजनालाई नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । कुल १ सय ३५ मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी अर्धजलाशय जलविद्युत् आयोजनालाई पीपीएका लागि आयोगले स्वीकृति दिएको हो ।

सो आयोजनासँगै अन्य दुई आयोजनासमेत गरी तीनवटा आयोजनाबाट कुल ६ सय १ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ । प्रवद्र्धक कम्पनी मनाङ मस्र्याङ्दी हाइड्रोपावर प्रालिलाई प्राधिकरणसँग पीपीए गर्न सैद्धान्तिक स्वीकृति दिइएको आयोगका सदस्य रामप्रसाद धितालले बताए ।

धितालका अनुसार सो आयोजनाको गत ९ पुसमा सार्वजनिक सुनुवाइ गरिएको थियो । त्यसपछि पीपीए गर्न सैद्धान्तिक स्वीकृति प्राप्त भएको हो । उनले भने, ‘सार्वजनिक सुनुवाइपछि प्रवद्र्धक कम्पनीलाई प्राधिकरणसँग सो आयोजनाको पीपीए गर्न बाटो खुला भएको हो ।’ सो आयोजना मनाङ जिल्लाको नासो र चामे गाउँपालिकामा निर्माण हुनेछ । मनाङ मस्र्याङ्दी हाइड्रो पावर कम्पनी बुटवल पावर कम्पनीको सहायक कम्पनी हो । पीपीए गर्नुअघि त्यसका लागि सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

कुल १ सय ३५ मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी अर्धजलाशय जलविद्युत् आयोजनालाई पीपीएका लागि आयोगले स्वीकृति दिएको हो । यस आयोजनासँगै अन्य दुई आयोजनासमेत गरी तीनवटा आयोजनाबाट कुल ६ सय १ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ

त्यसकालागि समेत आयोगको स्वीकृति पनि आवश्यक पर्छ । सोहीअनुसार नै आयोगबाट आयोजनाको पीपीएका लागि स्वीकृति लिइएको धितालको भनाइ छ । धितालले भने, ‘प्राधिकरणसँग पोस्टेट रेट (हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षातमा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा) मा पीपीए गर्ने प्रारम्भिक सहमति भएको छ ।’ उनका अनुसार पीपीए नेपाली रुपैयाँकै आधारमा हुनेछ । सो आयोजनामा चिनियाँपक्षबाट चिनियाँ मुद्रामा नै ऋण लगानी ल्याइँदै छ । अन्य आयोजनामा विदेशी मुद्रामा लगानी हुँदा पीपीए पनि विदेशी मुद्रामा नै गर्न जोड दिए छन् । तर, यस आयोजनाको भने नेपाली रुपैयाँमा नै पीपीए हुने कम्पनीको भनाइ छ ।

आयोजनामा लगानी गर्ने चिनियाँ कम्पनीहरूमा एससीआईजी इन्टरनेसनल लिमिटेड, जिचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी र क्यूआईईसी इन्टरनेसनल कम्पनी रहेका छन् । यी तीन कम्पनीको संयुक्त लगानीबाट मस्र्याङ्दी नदीमा नै थप दुई आयोजना निर्माण गर्ने बुटवल पावर कम्पनीको योजना रहेको बुटवल पावरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । उनका अनुसार मनाङ मस्र्याङ्दी आयोजनाका लागि ३३ अर्ब ३७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । त्यसमा ८० प्रतिशत ऋण र २० प्रतिशत स्वपुँजी लगानी गर्ने तयारी छ ।

यो पनि पढ्नुहोस   ३३ महिनामा साढे ४७ अर्बको आर्थिक अपराध

आयोजनाका लागि शतप्रतिशत ऋण चीनबाट ल्याइने बताइएको छ । स्वपुँजी भने बुटवल पावरसहित सम्बद्ध चिनियाँ कम्पनी आफंैले जुटाउनेछन् । आयोजना निर्माणका लागि बुटवल पावर कम्पनीसहित ३ चिनियाँ कम्पनीले लगानी गर्नेछन् । यसका लागि उनीहरूले एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेड स्थापना गरिसकेका छन् । कम्पनीमा बुटवल पावरको १९ दशमलव ५ र चिनियाँ कम्पनीको ७९ दशमलव ५ प्रतिशत अंश हुनेछ ।
आयोजनाले सन् २०२५ भित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ । आयोजनाबाट वार्षिक ७५ करोड ९ लाख ४८ हजार ८ सय ७५ युनिट विद्युत् उत्पादन हुने अनुमान छ । सो आयोजनाको विद्युत् मनाङको धारापानीमा रहेको प्राधिकरणको २ सय २० केभी धारापानी स्विचिङ स्टेसनमा जाडिनेछ । प्राधिकरणले समयममै आवश्यक पूर्वाधार नबनाउँदा लाग्ने जरिमाना भने घटाइएको छ ।

कम्पनी पक्षले प्राधिकरणका तर्फबाट बन्नुपर्ने प्रसारण लाइनजस्ता पूर्वाधार समयमा नबनेमा ४५ प्रतिशतसम्म पेनाल्टी लाग्ने प्रस्ताव गरेको थियो । तर, आयोगले त्यसलाई २५ प्रतिशतमा झारेको आयोगका सदस्य धितालले बताए । उनका अुनसार सो आयोजना ठूलो भएकाले पेनाल्टीको व्यवस्था घटाइएको छ । उनले भने, ‘आयोजना बन्न ढिलाइ भएमा पनि कम्पनी पक्षले २५ प्रतिशत नै पेनाल्टी तिर्नुपर्ने हुन्छ ।’

चिनियाँ कम्पनीसँगको सहकार्यमा नै बुटवल पावरले १३९ दशमलव २ मेगावाटको तल्लो मनाङ मस्र्याङदी जलविद्युत् आयोजना र ३ सय २७ मेगावाटको माथिल्लो मनाङ मस्र्याङदी–२ जलविद्युत् आयोजना निर्माण गर्नेछ । माथिल्लो मनाङ मस्र्याङदी–२ को प्रक्रिया अघि बढाउन बुटवल पावरले हिमताल हाइड्रोपावर कम्पनी स्थापना गरिसकेको बुटवल पावरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । उनका अनुसार यी ३ आयोजनाबाट कुल ६ सय १ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । उनले भने, ‘सबै आयोजनामा ८० प्रतिशत ऋण र २० प्रतिशत स्वपुँजीका रूपमा लगानी गरिनेछ ।’

(Visited 75 times, 1 visits today)
Loading comments...

आजको समाचार

क्षम्य छैन आर्थिक अपराध

राजनीतिक संक्रमण र कलहको मौका पारी हरेक उपाय निकालेर राजस्व छल्नेहरूले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजस्व छलेर आर्थिक अपराध गरेको...

काग्रेस अझै अनिर्णीत

काठमाडौं । विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी...

वार्ता सफल: खुला राजनीतिमा विप्लव समूह

काठमाडौं । आफूमाथिको प्रतिबन्ध फुकुवासँगै विप्लव समूहले खुला राजनीतिमा प्रवेश पाएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलले बिहीबार ‘खुला रूपमा शान्तिपूर्ण राजनीतिमा आउने’...

निजामती सेवामा नेतृत्व विकास

प्रशासनिक वातावरणमा हुने परिवर्तनसँगसँगै सिद्धान्त, प्रविधि, प्रक्रियामा निरन्तर परिवर्तनका सम्भावना हुन्छन् । समाजको विकासको स्तरले परिवर्तनलाई नियाल्ने र ग्रहण गर्ने गर्दछ । यस अवस्थामा...

साताका लोकप्रिय समाचार

आँप बगैँचामा युवती बलात्कार गरेर भाग्ने एक वर्षपछि पक्राउ

सप्तरी ।  एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । एक्काइस वर्षीया युवतीलाई...

शुक्रबार प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले शुक्रबार एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे राष्ट्रिय...

स्राेताकाे मन जित्दै ‘हातैका पौजाले…’

काठमाडाैं । लाेक शैलीकाे गीत  रातो घलेकिमाको  सफलतापछि गायक तथा गीतकार कुशल बेलबासेको लोकदोहोरी गीत ‘हातैका पौजाले…’ सार्वजनिक भएको छ ।
यो पनि पढ्नुहोस   नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घट्यो
कुशल बेलबासे र गायिका...

निजामती सेवामा नेतृत्व विकास

प्रशासनिक वातावरणमा हुने परिवर्तनसँगसँगै सिद्धान्त, प्रविधि, प्रक्रियामा निरन्तर परिवर्तनका सम्भावना हुन्छन् । समाजको विकासको स्तरले परिवर्तनलाई नियाल्ने र ग्रहण गर्ने गर्दछ । यस अवस्थामा...

नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घट्यो

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आय ११ सय ३४...

ट्रेन्डिङ

सबैभन्दा बढी भ्रष्टाचार सिंहदरबारमा: बिजुक्छें

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सबैभन्दा बढी भ्रष्टाचार सिंहदरबारमा भएको बताएका छन् । वासु माध्यमिक विद्यालय र...

नियोग र दूतावास पुनर्संरचना नहुँदा राज्यलाई वार्षिक करोडौं व्ययभार

काठमाडौं । सरकारले विदेशस्थित कूटनीतिक नियोगको पुनर्संरचनाको काम अलपत्र पार्दा राज्यलाई बर्सेनि करोडौं रुपैयाँ व्ययभार पर्दै आइरहेको छ । कतिपय स्थानमा दूतावासको कामै नभए...

एक साताभित्र उखु किसानको बक्यौता भुक्तानी गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ । संसदीय समितिले एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम...

पशुपतिमा किरियापुत्री सेवा बन्द, काजकिरियामा समस्या

काठमाडौं । पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको किरियापुत्रीले गुनासो गरेका छन् । ...

अनलाइन फुड फेस्ट शुक्रबारदेखि

काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले विगत तीन वर्षदेखि नियमित रूपमा आयोजना गर्दै आएको अनलाइन फुड फेस्टिभल यस वर्ष पनि...

लिभ इन रिलेशनमा बस्नेहरुको विवाहपछिको यौन जीवन खल्लो

पछिल्लो समयत लिभ इन रिलेशनसिप निकै लयेकप्रिय हुँदै गएको छ शहरी क्षेत्रमा । केही अध्ययनहरुले लिभ इन रिलेशनमा...

अभिनेत्री वर्षाले छाडिन् चलचित्र सुदूर

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले नयाँ चलचित्र सुदूर छाडेकी छन् । एक वर्षअघि अनुबन्धित भएको चलचित्र सुदूर छाडेकी हुन् । गत वर्ष चलचित्र रानी...

एकताको सन्देश दिन नेकपा सिन्धुपाल्चोकको बृहत आमसभा

सिन्धुपाल्चोक । एमाले र माओवादीबिच पार्टी एकिकरण भएको झण्डै दुइ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा क्षेत्रीय कमिटी सिन्धुपाल्चोको आयोजनामा पार्टी एकताको सन्देश...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

भर्खरै

नेकपामा आत्मघाती गोलमा रमाउनेका लागि

सरकारले हिंसात्मक आन्दोलन गर्दै आइरहेको विप्लव समूहसँग सहमति गरेर मुलुकमा शान्ति तथा सुव्यवस्था कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सरकारकै अग्रसरतामा विप्लव...

क्षम्य छैन आर्थिक अपराध

राजनीतिक संक्रमण र कलहको मौका पारी हरेक उपाय निकालेर राजस्व छल्नेहरूले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजस्व छलेर आर्थिक अपराध गरेको...

निजामती सेवामा नेतृत्व विकास

प्रशासनिक वातावरणमा हुने परिवर्तनसँगसँगै सिद्धान्त, प्रविधि, प्रक्रियामा निरन्तर परिवर्तनका सम्भावना हुन्छन् । समाजको विकासको स्तरले परिवर्तनलाई नियाल्ने र ग्रहण गर्ने गर्दछ । यस अवस्थामा...

नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घट्यो

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आय ११ सय ३४...

धेरै पढिएका

विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

काठमाडौं । संसदीय इतिहासमा हालसम्म पाँचपटक प्रतिनिधिसभाको विघटन भएको मध्ये दुई विघटनका कदमले मात्र सार्थकता पाएको छ । विघटित प्रतिनिधिसभा दुईपटक अदालतमार्फत र एकपटक...

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

विप्लवसँग वार्ता गर्न सरकारले बनायो गृहमन्त्री नेतृत्वको टोली

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)