सोल्टिनी भन्दै उर्मिलासँग सुनिलको फेरि रोमान्स

काठमाडौं । हरेकपटक ल्याएका गीत श्रोताले रुचाएपछि उत्साहित हुँदै आएका लोक पप गायक सुनिल गिरीले यतिबेला आफ्नो नयाँ गीत ‘दिउँला माया तिमीलाई…’ को भिडियो दर्शकमाझ ल्याएका छन् ।

उनले आफ्नो अघिल्लो गीत ‘सोल्टिनी भनी बोलाको…’ को दोस्रो संस्करणको रूपमा दिउँला माया तिमीलाई बजारमा ल्याएका हुन् । यस गीतमा उनलाई युगल स्वरमा गायिका मेलिना राईले साथ दिएकी छन् ।

अघिल्लो गीत ‘सोल्टिनी…’ कै मोडल उर्मिला गुरुङलाई नायिकाको रूपमा राखेर यो भिडियो पनि सुनिल आफैं प्रस्तुत भएका छन् । गीत जति मीठो छ, भिडियो पनि त्यतिकै आकर्षक बनेको छ । सुनिलले यसअघि सोल्टिनी, को होला त्यो, कस्तो यो मन, रोगै पिरती, मुग्लानलगायतका सफल गीतहरू बजारमा ल्याइसकेका छन् ।

सोल्टिनी भाग–२ नाम दिइएको यो गीतमा सुनिलकै स्वरसँगै शब्द र संगीत रहेको छ । गीतमा कृष्ण विक भान्जाको एरेन्ज रहेको छ । सुनिलको निर्देशनमा छायांकन गरिएको भिडियोमा तनहुँमा प्रचलित कौरा भाकालाई देखाइएको छ । मगर समुदायमा प्रचलित कौरा भाकालाई कलात्मक तरिकाले सुनिलले आफ्नो शैलीमा ढालेका छन् । भिडियोलाई तनहुँको चर्चित पर्यटकीय स्थल मानहुँकोटमा छायांकन गरिएको छ ।

भिडियोमा सुनिल र उर्मिला गुरुङको रोमान्टिक प्रेम कथालाई देखाइएको छ । बढ्दो चिसोमा सुनिल र उर्मिला स्पष्ट देखिएको सेताम्मे हिमाल र चिसो सिरेटोका बीचमा पनि सार्थक रूपमा प्रस्तुत भएका छन् ।

विवेक विकको छायांकन र सम्पादन र कलरिंग रहेको गीतको भिडियो गायक सुनिलकै आफ्नै च्यानलबाट रिलिज गरेका हुन् । गीतहरू चर्चित छन् ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

दुई वर्षमै दोब्बर सुधार : धनगढीका सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ५२.३९ पुग्यो