लमजुङ । राष्ट्रिय गौरबको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग निर्माणमा लमजुङमा उत्पन्न विवादको टुंगो लागेको छ । लमजुङको सुन्दरबजार नगरपालिकाको सुन्दरबजार क्षेत्रमा भएको विवाद टुंगिएसँगै यसको निर्माणका लागि डिपिआर तयार हुने भएको छ ।
उक्त लोकमार्गको निर्माणमा स्थानीयले सडकले बजारको संरचना विगर्ने भन्दै विगत ७ बर्षदेखि लोकमार्ग अवरोध पु¥याउदै आएका थिए । स्थानीयको विवादका कारण उक्त क्षेत्रको ८ किलोमिटर सडक निर्माणका लागि डिपिआरको काम समेत हुन सकेको थिएन । उक्त क्षेत्रमा घनावस्ती, बजार क्षेत्र, वित्तिय संस्थाहरू, विद्यालय तथा धार्किक स्थल समेत भएकाले बजार क्षेत्रबाट लोकमार्ग निर्माण गरिए ती सबै विनाश हुने भन्दै विकल्प खोजेर मात्रै लोकमार्ग निर्माण गर्न स्थानीयले माग गर्दै आएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा बेसीशहरमा सम्पन्न बैठकले उक्त समस्याको समाधान गरेको बताएको हो । बैठकमा संविधानसभा सदस्य जमिन्द्रमान घले, गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्नु हुने लमजुङका सदस्य द्वय मायानाथ अधिकारी र धनञ्जय दवाडी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज पौडेल, सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रको सहभागिता रहेको सन्दरबजार नगरपालिका– ७ का वडाध्ष्यक्ष जयराम रेग्मीले बताए ।
उनका अनुसार बैठकमा सहभागी हुने अन्यमा सुन्दरबजार नगरपालिका क्षेत्र सो राजमार्गले चर्चिने वडानहरू वडानं ७, ६ र ५ का वडाध्यक्षहरू क्रमशः जयराम रेग्मी, रघु मिश्र र ललित गुरुङ तथा त्यसका विरुद्धमा निर्माण गरिएको संघर्ष समितिका साथै सुन्दरबजार नगर कार्यपालिकाले बनाएको मध्यपहाडी लोकमार्ग समस्या समाधान समितिका संयोजक समेत रहेका वडानं २ का अध्यक्ष नवीनकुमार श्रेष्ठ, प्रजिअ कृष्णप्रसाद शर्मा, जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, सुन्दरबजार नेकपाको नगर संयोजक भीमबहादुर गुरुङ सहभागी थिए ।
तर सो बैठकमा प्रमुख विपक्षी दल नेपाली काँग्रेसको कुनै प्रतिनिधि सहभागी नभएको बुझिएको छ । अन्य सहभागीमा प्रधानमन्त्रीका पूर्वाधार विकास विज्ञ सल्लाहकार गजेन्द्र थपलिया, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, मध्यपहाडी (पुष्प लाल) लोकमार्ग आयोजना निर्देशनालय काठमाडौंका आयोजना निर्देशक दिपक केसीलगायत सहभागी थिए ।
सुन्दरबजार नगरपालिका ६ र ७ का सडकसंग घर जोडिएको र मध्यपहाडी लोकमार्ग निर्माण भए स्थानीय सुकुम्बासी हुने भन्दै सडकको सर्भे समेत गर्न दिएका थिएनन् । विवादित सडक खण्डमा सुन्दरबजार क्षेत्रमा लमजुङको प्रवेश नाकार रहेको वडानं ७ को पाउँदीदेखि लमजुङ क्याम्पस, वडानं ६ को नगरपालिका कार्यालय क्षेत्र हुँदै खत्रीढाँटी खहरे खोला, किरिञ्चे खोलासम्मको ८ किलोमिटरको भाग रहेको छ ।
बैठकमा सडक निर्माणका लागि डीपीआर हुने सहमति भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कँडेलले बताए । उनका अनुसार पाउँदी ढिक–सुन्दरबजार–खत्रीठाँटी–थाक्लेचौतारा (किरिञ्चे) सम्मको सडकको काम अघि बढाउने सहमति भएको छ । लोकमार्गको निरीक्षणको क्रममा आउनुभएका उनले स्थानीयको विवाद टुंगिएको बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विवाद रहेको पाउँदी ढिक– सुन्दरबजार–खत्रीठाँटी–थाक्लेचौतारा (किरिञ्चे) सम्मको सडकको काम यसै आर्थिक बर्ष भित्र काम शुरु समहमित भएको बताए । उनका अनुसार नागरिकले लोकमार्ग निर्माण हुँदा धेरै नोक्सान हुने बताइरहेकाले त्यसलाई ख्याल गरेर काम गरिने छ । उनले भने, ‘जनतालाई मर्का नपर्ने गरी काम गरिने छ ।’
प्रधानमन्त्रीका पूर्वाधार विकास विज्ञ सल्लाहकार गजेन्द्र थपलियाले लमजुङको सुन्दरबजार क्षेत्रमा भएको विवाद समाधानका लागि लोकमार्ग निरीक्षणमा आएको जानकारी दिए । सबैको सहमतिबाट काम शुरु गर्ने सहमति भएकाले काम तत्काल निर्माणका लागि डिपिआर शुरु गरिने बताउनुभयो ।
मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजना निर्देशनालय काठमाडौंका आयोजना निर्देशक दिपक केसीका अनुसार सुन्दरबजार क्षेत्रमा ३ बर्ष अघिदेखि भएको विवादलाई सहमतिमा ल्याइएको छ । उनले उक्त क्षेत्रको काम अघि बढाउन सहजीकरण गर्ने र अघि बढाउने भनेर लमजुङ आएको बताए । अन्य खण्डमा सहज भएपनि लमजुङको सुन्दरबजार क्षेत्रमा समस्या भएका कारण डीपीआर समेत रोकिएको थियो । सर्व सहमतिबाट काम अघि बढाउने निर्णय भएको उनको भनाई छ । लमजुङकै पूर्वक्षेत्रको सो खडकको राइनास नगरपालिका क्षेत्रको ६ किमि खण्ड कालोपत्रे भइसकेको छ । त्यस्तै सुन्दरबजार नगरपालिकाको विवादित क्षेत्र पश्चिम क्षेत्रको वडानं ४, ३ र १० को खण्डमा समेत कालोपत्रे भइसकेको छ ।
बैठकमा सहभागी संविधानसभाका सदस्य जमिन्द्रमान घलेले यसअघि डिपिआर नै बनाउने नदिएको अवस्था थियो ऐले त्यो बनाउने सहमति भएको बताए । उनका अनुसार विवादित क्षेत्र ८ किमि भनेता पनि मुख्य बजार क्षेत्र सुन्दबजार र खत्रीठाँटीको ८ सय मिटरमा बढी नोक्सान हुन्छ कि भन्ने देखिन्छ । के कति नोक्सान हुने भन्ने डिपिआरबाट प्रष्ट हुन्छ ।
उनले भने ‘स्थानीयका मुख्य दुई माग हुन् पहिलो मापदण्ड घटाएर ३० मिटर कायम गर्ने, दोस्रो बजार क्षेत्रलाई विल्डपट क्षेत्र मन्त्री परिषदले गर्ने, सम्भवतः यो काम हुने स्थिति छ ।’ मध्यपहाडी लोकमार्ग पहाडी क्षेत्रमा बन्ने भएको हुँदा यसको मापदण्डका ’boutमा धेरै स्थानबाट प्रश्न उठेको हुँदा कार्यदल नै बनेर त्यसले ३० मिटर कायम गर्ने गरी प्रदिवेदन सरकारलाई बुझाउन तयार गरेको बुझिएको छ । अर्को विल्डटप क्षेत्रमा नगरपालिकाले मापदण्ड तोक्न सक्ने हुँदा त्यो मन्त्रीपरिषदले निर्णय गर्ने यी दुबै माग पुरा हुन्छ । अब यो समस्या समाधानको नजिक पुगेको छ घलेले थप भने ।
सुन्दरबजार नगरपालिका प्रमुख जनकराज मिश्रले सर्वपक्षीय छलफलबाट सुन्दरबजार क्षेत्रको डीपीआरको काम थाल्ने सहमति भएको बताए । सोही बैठकमा सहभागी वडानं ७ का अध्यक्ष जयराम रेग्मीले हामीले सहमतिलाई लिखित गर्न भनेका थियौं तर गरिएन । सो लोकमागर्का मापदण्ड विवादित क्षेत्रका लागि ६२ मिटरबाट घटाएर ३० मिटर कायम हुनुपर्नेमा हामीले जोड दिएका छौं, तपाईको माग सम्बोधन हुन्छ भन्नेमा आफूहरूलाई आस्वस्थ पारिएको रेग्मीको भनाई छ ।
उक्त क्षेत्रका लागि निर्माण गरिएको संघर्ष समितिका पूर्वसंयोजकद्वय सुन्दरबजार खानेपानी उपभोक्ता समितिका अध्यक्ष उत्तम गुरुङ तथा लमजुङ उद्योग वाणिज्य संघको सुन्दरबजार इकाईका अध्यक्ष गालु मियाले आफूहरूले त्यो सहमति भएको भन्ने फेसबुकबाट जानकारी पाएकोछौं, हामीलाई स्वकार्य नभएको बताए ।
सडक बन्दा नागरिक पीडित हुने भएकाले संघीय सरकारलाई बाटोको मापदण्ड घटाउन अनुरोध गर्ने र काम गर्दै जाने सहमति भएको संघर्ष समितिका संयोजक एवम् वडानं २ का अध्यक्ष नवीन श्रेष्ठले बताए । उनका अनुसार डिपिआर गर्ने सहमति भएको छ, सकडको मापदण्डले कति हुने भन्ने ’boutमा डिपिआर रिपोर्ट तयार भएपछि थाहा हुने बताए । उनले भने, ‘कमभन्दा कम क्षति हुने गरी डिपिआर तयार गरिने सहमति भएको छ ।’
स्थानीयबासीले डिपिआर गर्नु अघि मापदण्ड घटाउने र विल्डटप क्षेत्र घोषणा गरृको पिषय राजपत्रमा प्रकाशित हुनुपर्नेमा जोड दिएका छन् ।
पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको एक हजार सात सय ८७ किलोमीटरमध्ये लमजुङमा मात्रै ११ किलोमीटर विवाद छ । सुन्दरबजारमा– ८ र मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटार खण्डमा ३ किलोमिटर क्षेत्रमा पनि विवाद छ । लमजुङमा मध्यपहाडी लोकमार्गको करिव ४१ किलोमिटर भाग पर्दछ ।






