Monday, March 8, 2021
[adrotate group="1"]
[adrotate group="2"]
Home बिचार नेपालमा गणतन्त्रात्मक संस्कृतिको विकास
[adrotate group="3"]

नेपालमा गणतन्त्रात्मक संस्कृतिको विकास

[adrotate group="30"]
[adrotate group="31"]

अलिकति राजनीतिक चहलपहल वृद्धि हुनासाथ नेपालको राजनीतिक वृत्तले नेपालको गणतन्त्रमाथि संकट आएको जस्तो भाव प्रकट गर्दछ । राजतन्त्रको लामो शासन बेहोरेको नपाली समाजमा गणतन्त्रको जरा राम्ररी फैलिसकेको छैन । राजतन्त्रलाई बिर्साउनेगरी देशको विकास र जनताको कल्याण भएको अनुभव पनि जनताले गर्न पाएका छैनन् । राजनीतिक स्थिरता नआइसक्दासम्म नेपालमा गणतन्त्रको जग मजबुत भयो भन्न पनि कठिन छ । यस परिवेशमा नेपालमा गणतन्त्रलाई सुदृढ बनाउदै लैजानुपर्ने देखिन्छ ।

गणतन्त्र संस्कृत भाषाबाट आएको आगन्तुक शब्द हो । यो दुई छुट्टाछुट्टै शब्दको समास भएर बनेको छ । गणको अर्थ जनता र तन्त्रको अर्थ शासन प्रणाली भएकाले गणतन्त्रलाई जनताको शासन भनिन्छ । नेपाली बृहत् शब्दकोषमा गणतन्त्रको अर्थ स्थानीय तहदेखि केन्द्रीय तहसम्म नै जनताद्वारा निर्वाचित प्रतिनिधिहरूद्वारा सञ्चालित हुने राजनीतिक शासन प्रणालीको रूपमा स्पष्ट गरिएको छ । अंग्रेजीमा गणतन्त्रलाई रिपब्लिक भनिन्छ, जुन ल्याटिन शब्द रेस पब्लिकाबाट लिइएको हो, जसको अर्थ सार्वजनिक मामिला हुन्छ, अर्थात् सार्वजनिक मामिलामा जनताले निर्णय लिने अर्थमा बुझिन्छ । सामान्यतया गणतन्त्र जनताको शासन प्रणाली हो । जहाँ राजाको उपस्थिति हुँदैन । शासन प्रणालीमा जनताको संलग्नता हुन्छ । सबै जनताको शासन प्रक्रियामा प्रतिनिधित्व हुन्छ ।

गणतन्त्रमा जनताको स्वार्थ, चाहना र सोचलाई उच्च महत्व दिइने हुँदा जनता आफ्नो शासक छनोट गर्न सार्वभौम र स्वतन्त्र हुन्छन्

गणतन्त्रमा जनताको स्वार्थ, चाहना र सोचलाई उच्च महत्व दिइएको हुन्छ । साथै, गणतन्त्रमा जनता आफ्नो शासक छनोट गर्न सार्वभौम र स्वतन्त्र हुन्छन् । आवधिक निर्वाचनको व्यवस्था एवं वाक् स्वतन्त्रताको प्रत्याभूती गरिएको हुन्छ । सामान्यतया प्रजातन्त्रमा बहुमतको सरकार, विधिको शासन हुन्छ भनिन्छ भने गणतन्त्रमा सबै जनताको सहभागितामा प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा चुनिएको राष्ट्रप्रमुख र विधिको शासन हुन्छ, भनिन्छ । जहाँ जन्मजात राजा हुने शासक बन्ने राजाको कही कतै अस्तित्व रहँदैन् । सारमा, गणतन्त्रमा कानूनको शासन हुन्छ र कानुनभन्दा कोही पनि माथि हुदैनन् । कानुनको प्रयोग सबैमा समान हुन्छ र कानुनको प्रयोगमा कुनै किसिमको भेदभाव हुँदैन ।

गणतन्त्रात्मक शासन प्रणालीको विषयमा चर्चा गर्दा विश्वमा मुख्य दुई किसिमका गणतन्त्र प्रचलनमा रहेको पाइन्छ । पहिलो, संसदीय गणतन्त्र हो भने दोस्रो समाजवादी गणतन्त्र हो । संसदीय गणतन्त्र भन्नाले राष्ट्रप्रमुख, प्रत्यक्ष रूपमा दलीय स्पर्धाको निर्वाचनमा जनताद्वारा चुनिएका वा जनताका निर्वाचक मण्डलबाट चुनिएका हुन्छन् भने समाजवादी गणतन्त्रमा राष्ट्रप्रमुख जनताबाट नै आउँछन् । तर, समाजवादी गणतन्त्रमा राष्ट्रप्रमुख प्रत्यक्ष र दलीय स्पर्धाको निर्वाचनद्वारा छनौट हुने भने होइन । अर्थात् समाजवादी गणतन्त्रमा एकदलको आन्तरिक निर्वाचनबाट राष्ट्राध्यक्षको निर्वाचन हुन्छ ।

इतिहासलाई केलाएर हेर्ने हो भने संसारमा धेरै प्रकारका गणतन्त्र थिए र छन् पनि । राजा बदल्ने गणतन्त्र पनि थिए । राजाको समूहले शासन गर्ने गणतन्त्र पनि थिए । अभिजात वर्गले शासन गर्ने गणतन्त्र पनि थिए । धार्मिक गणतन्त्र थिए र छन् पनि । चुनिएर शासक बन्ने गणतन्त्र थिए र छन् पनि । ऐतिहासिक विश्लेषणमा वैशाली (हाल भारत, बिहार) को गणतन्त्रलाई सबैभन्दा पुरानो गणतन्त्र मानिन्छ । र, नेपालको इतिहासमा वैशालीको गणतन्त्रबाट प्रभावित लिच्छवि वंशका राजाले गणतन्त्रको अभ्यास गरेका थिए पनि भनिन्छ । त्यस्तै, गोरखाको लिगिलमा बर्सेनि दौड प्रतियोगिता गर्ने र जित्ने राजा हुने पद्धतिलाई राजतन्त्रात्मक गणतन्त्रको रूपमा लिन पनि सकिन्छ ।

राज्यकाको सर्वोच्च शक्ति जनतामा निहित हुने राज्य प्रणाली, जनताद्वारा शासन सञ्चालन गरिने जनउत्तरदायी राज्य शासन प्रणाली, स्वतन्त्र, निष्पक्ष निर्वाचन प्रणालीको माध्यमबाट प्रतिनिधि वा राष्ट्रप्रमुख छान्ने प्रणाली, वाक् स्वतन्त्रतालगायत सबै स्वतन्त्रताको प्रत्याभूति गरिएको शासन प्रणाली, देशको सबै भाषा संस्कृतिको समान विकास हुने शासन प्रणाली, जनताको समृद्धि, कल्याण र सन्तुष्टिका लागि स्थापित शासन प्रणाली, विविधतायुक्त समाजलाई संरक्षण र प्रवद्र्धन गर्ने शासन प्रणाली, जनतालाई सरकारको स्वतन्त्रतापूवर्क आलोचना गर्ने स्वतन्त्रता भएको शासन प्रणाली र राजाको उपस्थिति नभएको अर्थात्, राजाबिना राष्ट्रपतिसहितको शासन प्रणाली तथा राष्ट्राध्याक्ष÷राष्ट्रपति आवधिक रूपमा परिवर्तन हुने शासन प्रणाली गणतन्त्रका विशेषताहरू हुन् ।

हामीले गणतन्त्रात्मक पद्धति अभ्यास गरिरहँदा राष्ट्रपति, उपराष्ट्रपतिप्रति गरिने व्यवहार र कार्यपद्धतिको संस्कृति निर्माण हुँदै गएको छ

नेपालमा राजतन्त्रको इतिहास दुई शताब्दी (झन्डै २ सय ३५ वर्ष) पुरानो थियो । पछिल्लो समय नेपालमा शाह वंशका राजाहरूले शासन गर्दथे । नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाह राष्ट्रनिर्माताको रूपमा सम्मानित छन् । राजतन्त्र जनताप्रति उत्तरदायी नभई जनताको चाहनालाई उपेक्षा गर्दै आफ्नो स्वार्थ पूरा गर्न अभ्यस्त बन्दै गएपछि जनता आन्दोलनको पक्षमा संगठित हुँदै गए । राजनीतिक दलहरूले राजा सक्रिय रहने राजतन्त्रात्मक शासन प्रणालीको सट्टामा संवैधानिक राजतन्त्रको स्थापना गरे । तर पनि जनतामा राजाप्रति विश्वास रहेन । राजनीतिक दलहरू गणतन्त्र स्थापना गर्न सहमत र आन्दोलित भए । राजतन्त्रविरुद्ध आन्दोलनहरू भए । नेपालको इतिहासमा पहिलोपल्ट जनताले बनाएको नेपालको अन्तरिम संविधान २०६३ साल माघ १ गते जनताले नै जारी गरे । २०६३ माघ १ गते संविधान जारी भएदेखि नेपालको राजतन्त्र र राजा निलम्बन हुन पुगे । त्यसपछि तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले देशको संक्रमणकालीन राष्ट्रप्रमुखको भूमिका निभाए ।

वि.सं. २०६४ चैत्र २८ गते संविधानसभाको निर्वाचन सम्पन्न भएपछि २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले विधिवत् रूपमा राजतन्त्रको अन्त ग¥यो र नेपाल गणतन्त्रात्मक राज्यमा रूपान्तरण भयो । नेपालको अन्तरिम संविधान, २०६३ को मिति २०६५ जेठ १६ गते चौथो संशोधन गरी संविधानमा राष्ट्रपति र उपाष्ट्रपतिको व्यवस्था गरियो । नेपालको अन्तरिम संविधान २०६३, जारी भएपछि निलम्बित भएका तात्कालीन राजा ज्ञानेन्द्रले देश गणतन्त्रमा रूपान्तरण भइसकेकाले मिति २०६५ जेठ २९ मा शान्तिपूर्वक एवं स्वभाविक रूपमा दरबार छोडे ।

संविधानअनुसार व्यवस्थापिका संसद्मा मिति २०६५ साउन ६ गते विधिवत् रूपमा सम्पन्न भएको निर्वाचनमा डा. रावमरण यादव राष्ट्रपति पदमा निर्वाचित भए । निर्वाचित राष्ट्रपतिलाई प्रधानन्यायाधीश सम्माननीय केदारप्रसाद गिरीले पद तथा गोपनीयताको सपथ गराएका थिए । साथै, निर्वाचित उपराष्ट्रपति परमानन्द झालाई सम्माननीय राष्ट्रपतिले शपथ ग्रहण गराए । त्यसबेला देशको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सभाध्यक्ष कुलबहादुर गुरुङ थिए भने संविधानसभाको निर्वाचनपछि गणतन्त्रको पहिलो प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाल (प्रचण्ड) र सभामुख सुवासचन्द्र नेम्वाङ भए । यसरी विधिवत् रूपमा नेपाल गणतन्त्रात्मक देश बन्यो । नेपाल सरकारले गणतन्त्रलाई सुदृढीकरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०६८÷६९ देखि जेठ १५ गतेलाई राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय पनि ग¥यो ।

नेपालको अन्तरिम संविधान २०६३ को प्रस्तावनामा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा घोषणा गरिएको र संविधानको भाग ४(क) मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन व्यवस्थापिका संसद् (संविधानसभा) बाट हुने व्यवस्था गरेको कारण नेपालको गणतन्त्र संसदीय गणतन्त्रको रूपमा रहेको थियो । संसदीय गणतन्त्रमा संवैधानिक रूपमा नै राष्ट्रपति र सरकार प्रमुखको शक्तिलाई परिभाषित र सीमित गरिएको हुन्छ ।

२०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानको प्रस्तावनामा संघीय लोकतान्त्रिक गणतन्त्राात्मक शासन व्यवस्थाको माध्यमद्वारा नेपाली जनताको दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न संविधान जारी गरिएको उल्लेख छ । संविधानले नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, समाजवादोन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनी राज्यको परिभाषा गरेको छ । नेपालको संविधानले राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था गर्दै राष्ट्रपति मुलुकको राष्ट्राध्यक्ष हुने व्यवस्था रहेको छ ।

संविधानमा राष्ट्रपतिको निर्वाचन व्यवस्थापिकाबाट हुने व्यवस्था गरिएको छ । राष्ट्रपति बन्नका लागि नेपालको नागरिक भएको, ४५ वर्ष उमेर पुगेको, नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको, कुनै कानुनले अयोग्य नभएको र कुनै लाभको पद धारण नगरेको व्यक्ति हुनुपर्ने योग्यता संविधान राखिएको छ । राष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ । संविधानमा राष्ट्रपतिले प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था गरिएको छ । साथै, राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिले गर्ने सबै कार्यसम्पादन गर्न एक उपराष्ट्रपति रहने व्यवस्था पनि संविधानमा गरिएको छ । संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग र समुदायको हुनुपर्ने पनि व्यवस्था गरेको छ ।

संविधानले संविधानको संरक्षण र पालना गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने व्यवस्था गरेको छ । साथै, राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने जिम्मेवारी संविधानले राष्ट्रपतिलाई सुम्पिएको छ । राष्ट्रपतिले प्रधानमन्त्रीको नियुक्ति गर्ने र शपथ गराउनेछ भने राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुने व्यवस्था पनि संविधानमा गरिएको छ । संविधानमा राष्ट्रपतिले गर्ने भनी किटानी भएका कार्यहरूबाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुने र त्यस्तो सिफरिस र सम्मति प्रधानमन्त्रीमार्फत प्राप्त हुने व्यवस्था पनि संविधानले गरेको छ ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफरिसमा व्यवस्थापिकाको बैठक आह्वान गर्ने, व्यवस्थापिकाको बैठकमा सम्बोधन गर्ने, व्यवस्थापिका संसद्को सभामुखको सिफारिसमा महासचिव र सचिव नियुक्ति गर्ने, सदनबाट पारित विधेयक प्रमाणीकरण गर्ने, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादे्श जारी गर्ने, सर्वोच्च अदालतका प्रधानन्यायधीश, न्यायाधीश, संवैधानिक आयोगहरूका प्रमुख र सदस्यहरू संवैधानिक परिषद्को सिफारिमा नियुक्ति गर्ने र आयोगहरूको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस हुने र सो प्रतिवेदन व्यवस्थापिकामा पेस गर्न प्रधानमन्त्रीलाई लगाउने, मन्त्रिपरिषद्को सिफारिसमा संकटकालीन अवस्था घोषणा गर्ने, मन्त्रिपरिषद्को सिफारिमा प्रधानसेनापतिको नियुक्ति गर्ने, राजदूत नियुक्ति गर्ने उपाधि सम्मान र विभूषण प्रदान गर्ने तथा व्यक्तिको सजायको माफी दिनेजस्ता कार्यहरू सम्पादन गर्ने व्यवस्था रहेको छ । प्रधानमन्त्रीले मन्त्रिपरिषद्का निर्णयहरू, संघीय संसदमा पेस गरिने विषयहरू र आवश्यक पर्ने विवरणहरू तथा नेपालको समसामयिक परिस्थिति र वैदेशिक सम्बन्धका विषयहरू राष्ट्रपतिलाई नियमित रूपमा जानकारी दिनुपर्ने व्यवस्था पनि संविधानमा रहेको छ ।

गणतन्त्र सुदृढीकरणका पक्ष

गणतन्त्रलाई नेपाल र नेपाली जनताको जीवनशैली बनाउन र उत्कृष्ट नमुनाको गणतान्त्रिक राज्यको रूपमा स्थापना गर्न हाम्रो संस्कृति, नीति नियम, सोच, व्यवहार र सभ्यतामा आवश्यक सुधार गर्नु आवश्यक छ । केही सम्भाव्य सुधार क्षेत्रहरू यहाँ प्रस्तुत गरिएको छ :

जसमा राष्ट्रपति, उपराष्ट्रपतिको अधिकार तथा राष्ट्रप्रमुख र सरकार प्रमुखबीचको सम्बन्ध क्षेत्रहरू स्पष्ट गर्ने, ऐन कानुनका संशोधन गरी राजाका रूपमा रहेका सबै शब्दावली हटाउने, तात्कालीन राजा हिन्दू धर्मावलम्बी भएका तर अबका राष्ट्रपति जुनसुकै धर्म, भाषा, जाति, क्षेत्रबाट हुन सक्ने भएकाले तात्कालीन राजाले खेल्ने सबै भूमिकामा राष्ट्रपति सरिक हुने वा नहुने समीक्षा गरी नयाँ पररम्पराको थालनी गर्ने गर्नु जरुरी भएको छ । त्यसैगरी, राष्ट्रपतिको भूमिका र व्यवहारलाई परिभाषित गरी विवादरहीत बनाउन सांस्कृतिकसंहिता बनाउनुपर्ने, राष्ट्रपतिसँग गर्नुपर्ने व्यवहार र देखाउनुपर्ने सम्मानलाई राष्ट्रिय संस्कृतिको रूपमा विकास गर्ने, राष्ट्रपतिको आलोचना गर्न पाइने/नपाइने विषय शीर्षक स्पष्ट गर्ने र गणतन्त्र र राष्ट्रपतिसँग सम्बन्धित विषयमा सर्वसाधारण जनताका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था हुनुपर्छ । यस अतिरिक्त गणतान्त्रिक साहित्य एवं कलाको विकास गर्ने र पूर्वराजाहरूका बारेमा जानकारी दिन म्युजियमहरूको व्यवस्था गर्ने, गणतन्त्र दिवसलाई जनस्तरवाट स्वतःस्फुर्त मनाउने व्यवस्था गर्ने, सबै क्षेत्र, वर्ग, लिंगका जनताको समान सबलीकरण र शासन प्रणालीका समान सहभागिता हुनुपर्ने र राष्ट्रपति देशका सबै क्षेत्रका जनतासँग प्रत्यक्ष एवं नियमित भेटघाटमा सक्रिय हुने व्यवस्था गर्नुपर्ने हुन्छ ।

साथै, शिक्षा प्रणाली एवं पाठ्यक्रममा परिवर्तन गर्ने, गणतन्त्र सुदृढीकरण गर्न सामाजिक जीवनका सबै क्षेत्र (राजनीतिक, प्रेस, नागरिक समाज, पेसाकर्मी) र जनताको योगदान हुनुपर्ने र राष्ट्रपति÷उपराष्ट्रपति कार्यालयको सुदृढीकरण गर्नुपर्ने कुरा पनि प्राथमिकतामा राखिनुपर्छ ।

सामान्यतया गणतन्त्र राजाविहीन तर विधिको शासन प्रणाली हो । लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा राष्ट्रपतिको भूमिका संरक्षक, आलंकारिक एवं पर्वमूलक रहेको छ । राष्ट्रपति राष्ट्राध्यक्ष भएकाले राष्ट्रपति पदलाई उच्च गरिमायुक्त बनाउनुपर्ने हुन्छ ।

हामी भरखर गणतन्त्रात्मक पद्धतिको अभ्यास गर्दै आएको अवस्थामा राष्ट्रपति, उपराष्ट्रपतिप्रति गरिने व्यवहार र कार्यपद्धतिको संस्कृति निर्माण हुँदै गएको छ । राष्ट्रपतिले गर्ने कार्य, बोल्ने, हिँड्ने, भेट्ने सन्दर्भ मुलुकको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक दृष्टिले उच्च महत्व एवं अर्थ राख्ने कारण प्रारम्भदेखि नै सर्वस्वीकार्य संस्कृतिको विकास गर्न राष्ट्राध्यक्षप्रति देखाउने आदरसम्मान र सभ्यता विकास गर्न राष्ट्रपति (उपराष्ट्रपति र प्रदेश प्रमुखसमेत) सरकार र जनता संवेदनशील बन्दै नवीन सभ्यताको प्रारम्भलाई नमुनाका रूपमा विकास गर्दै गणतन्त्रलाई राष्ट्रिय जीवन पद्धति बनाउनुपर्दछ ।

(Visited 54 times, 1 visits today)
[adrotate group="32"]
[adrotate group="33"]
Loading comments...
[adrotate group="34"]

आजको समाचार

[adrotate group="34"]

साताका लोकप्रिय समाचार

दर्जनौं फिल्म पाइरेसीको आरोपमा परियार पक्राउ

काठमाडौं । डिजिटल प्लेटफर्ममार्फत नेपाली चलचित्रलाई पाइरेसी गरेर विभिन्न समूह तथा व्यक्तिलाई प्रत्यक्ष बिक्री वितरण गरेको आरोपमा लमजुङ, बेंसीसहरका सुजन परियार पक्राउ परेका छन्...

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

निष्ठाको राजनीति समृद्धिको आधार

व्यक्ति राजनीतिमा किन होमिन्छ र उसको मूलभूत राजनीतिक उद्देश्य के हो ? भन्ने कुरा पहिचान गर्न यी दुई हरफ साहेद पर्याप्त होलान् । निष्ठावान्...

‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको...

‘आँधी तुफान २’ मा महिलाकाे द्वन्द

काठमाडौं । फिल्म ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार काठमाडौ मल स्थित डाड्युपन्यु रेष्टुरेन्ट आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा...

ट्रेन्डिङ

अर्बाैं घोटाला गर्ने योगेन्द्र श्रेष्ठविरुद्ध दुई अर्ब ६६ करोड गैरकानुनी सम्पत्ति आर्जनमा मुद्दा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन अध्यक्ष योगेन्द्र श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोडको मुद्दा दायर गरेको छ...

आङरिता शेर्पालाई राजा बिरेन्द्रले भनेका थिए ‘तपाईका लागि दरवारको ढोका सँधै खुल्ला हुनेछ’

काठमाडौं । बिनाअक्सिजन १० औँ पटक सगरमाथाको सफल आरोहण गरि विश्व कीर्तिमानी रेकर्ड कायम गरेका ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको...

विद्यालय भवन हस्तान्तरण

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण एवं जाइकाको सहयोगमा इमजेन्सी स्कुल रिकन्सट्रक्सन प्रोजेक्ट अन्तर्गत निर्मित आठ कोठाको भवन एक समारोहबीच प्रगति शिक्षा सदन माध्यमिक विद्यालय,...

६ वर्षीया बालिकालाई भारतमा बिक्री गर्न खोज्ने पक्राउ

काठमाडौं । ६ वर्षीया बालिकालाई भारततर्फ बिक्रि गर्न लैजाँदै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका–१२ बस्ने ३५ वर्षीय मनोज महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

बाख्रा चराउन गएकी सुनिताको शव फेला

दैलेख । सोमबार खाना खाएर १० बजे बाख्रा चराउन जंगलमा गएकी दैलेखमा एक युवतीको दुई दिनपछि शव फेला परेको छ । डुङ्गेश्वर गाउँपालिका–६ लटालीको...

चौतारीमा बस्नेलाई हजार, जुवा खेलाउनेलाई दश हजार जरिवाना

तनहु । लकडाउनको उल्लङ्घन गर्नेलाई तनहुँको भानु नगरपालिकाले जरिवाना गर्ने निर्णय गरेको छ । कोभिड–१९ को जोखिम कम गर्न सरकारले लागू गरेको...

आकाशको जन्म दिनमा सियोनालाई उपचार सहयोग

काठमाडौं । अभिनेता आकाश श्रेष्ठले १३ महिनाकी बालिका सियोना श्रेष्ठको उपचारका लागि १ लाख १७ हजार रुपैयाँ प्रदान गरेका छन् । ‘पूजा आकाश फ्यान...

कर्णालीमा फैलिँदै कोरोना, संक्रमतिको संख्या ४६ पुग्यो

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा बिहिबार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेतमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

[adrotate group="36"]

प्रमुख

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

भरतपर । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता...

प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज यहाँ सञ्चारकर्मीसँग...

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...
[adrotate group="37"]

भर्खरै

६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५८ कोरोना संक्रमित निको भएको स्वास्थ्य...

विमेन इन रोटरीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

काठमाडौं । विमेन इन रोटरी रोटरी डिस्ट्रिक्ट ३२९२ ले समान भविष्यका लागि महिला नेतृत्व भन्ने नाराका साथ एकसय १३ औं अन्तर्राष्ट्रिय नारी दिवस शनिबार...

सर्वोच्चको फैसलासँगै एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको नाममा रहने सर्वोच्च अदालतको फैसलासँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुनः अस्तित्वमा आएका छन् ।...

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर...
[adrotate group="38"]

धेरै पढिएका

त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा

काठमाडौं । परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन...

सरकारको नेतृत्व गर्ने जिम्मेवारीबाट भागिन्नः सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने अवस्था आए पछि नहट्ने बताएका छन् ।चितवन बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले...

बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले...

‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको...
[adrotate group="39"]
[adrotate group="40"]

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)