Saturday, March 6, 2021
Home Not-to-be-missed शिव र अन्जु उत्कृष्ट गायक गायिका, उन्नतीलाई लाइफ टाइम एचिभमेन्ट

शिव र अन्जु उत्कृष्ट गायक गायिका, उन्नतीलाई लाइफ टाइम एचिभमेन्ट

काठमाडौं । गीतकार र गायिकाको रूपमा चार दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आएकी अग्रज गीतकार तथा गायिका उन्नति बोहरा शिला लाइफ टाइम एचिभमेन्ट अवार्ड २०७७ बाट सम्मानित भएका छन् । गीतकार गायिका शिलालाई नेपाली संगीतमा आजीवन योगदान दिएको भन्दै क्यापिटल मिडियाद्वारा आइतबार राजधानीमा आयोजित सातौं संस्करणको अवार्ड समारोहमा सो सम्मानबाट सम्मानित गरिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, कार्यक्रम आयोजक एवं सञ्चारकर्मी माधव निर्दोषलगायतले शिलालाई सो सम्मान प्रदान गरेका हुन् ।

सातौं नेसलन क्यापिटल अवार्डमा शिव परियार र अन्जु पन्त उत्कृष्ट गायक गायिका बन्न सफल भएका छन् । आइतबार राजधानीमा सम्पन्न अवार्ड समारोहमा गायक शिव परियारले मेरो भागको खुसीबाट उत्कृष्ट आधुनिक गायक र अन्जु पन्तले थोपाथोपा आँसुबाट अवार्ड जितेका हुन् । कार्यक्रममा आधुनिक संगीतकारको अवार्ड विकास चौधरीले, गीतकारको अवार्ड हरि उदासीले र म्युजिक भिडियो निर्देशकको अवार्ड देवेन्द्र पाण्डेले प्राप्त गरे । सुगम संगीततर्फ नै युगल गायनको अवार्ड कन्हैया सिंह र अन्जना गुरुङले, नव संगीतकारको अवार्ड बालकृष्ण न्यौपानेले, नव मोडल महिलाको अवार्ड अपेक्षा सिंहले, पुरुष मोडलको अवार्ड रवि सिंहले, डायरस्पोरा गीतकारको अवार्ड मीन बानियाँले, युगल गायनमा पुरुष मोडलको अवार्ड गौतम खातीले, युगल गायनमै महिलातर्फको अवार्ड श्रेया दुलालले र पपुलर गीतकारको अवार्ड किरण के उप्रेतीले हासिल गरेका छन् ।

यस्तै, लोकदोहोरीतर्फ उत्कृष्ट गायकको सञ्जय गुरुङले गायिकाको अवार्र्ड सीता केसीले, लोकदोहोरी भाकाको अवार्ड रामु खड्काले, लोक मौलिक गायकको अवार्ड प्रकाश गुरुङले, गायिकाको अवार्ड दीपा गुरुङले, मौलिक शब्दको अवार्ड अविनाश थापामगरले हासिल गरे । लोकदोहोरीतर्फ नै म्युजिक भिडियो निर्देशकको अवार्ड दीप गुरुङले, पुरुष मोडलको अवार्ड एसके दाहालले, महिलाको अवार्ड सोनाम गुरुङले हासिल गरे । लोकदोहोरीमै क्रियटिभ अवार्डल सन्तु थापाले, शब्दतर्फको अवार्ड अमृत खातीले, कोरियोग्राफी अवार्ड काजिस श्रेष्ठले, वर्ष मोडलको अवार्ड सुनिल लामिछानेले प्राप्त गरे ।

यो पनि पढ्नुहोस   नवौं नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १८ चलचित्र

सोही समारोहमा सुगम संगीततर्फ नै एरेन्जरको अवार्ड राजु कार्कीले, गीत मिक्सिङको अवार्ड भोला पौडेलले, पपुलर गायिकाको अवार्ड इन्दु बानियाँले, पपुलर गायकको अवार्ड जयन जे वाइबाले, मौलिक लोकगीतको अवार्ड वविता गुरुङले, नेवारी गायकको अवार्ड देवामान ताण्डुकारले हासिल गरे ।

यस्तै, राष्ट्रिय भावको गीतको अवार्ड नवीन पौडेलले, राष्ट्रिय भावको गीततर्फ गीतकारको अवार्ड रमेश दाहालले, पप गायकको अवार्ड चिरञ्जीवी भण्डारीले, पप गायिकाको अवार्ड उषा मलाहाले, पपतर्फ पपुलर गायिकाको अवार्ड लक्ष्मी पुरी प्रधानले, पपतर्फ म्युजिक भिडियो मोडल महिलाको अवार्ड अनिता गिरीले प्राप्त गरे ।

सोही समारोहमा विभिन्न व्यक्तिलाई सम्मान गरियो । पत्रकारितातर्फको रजत सम्मान पत्रकार शान्तिप्रियलाई प्रदान गरियो भने दशकको संगीतकारको सम्मान सन्तोष श्रेष्ठलाई प्रदान गरियो ।

गीतकारतर्फको सम्मान युवराज अधिकारी, भीष्म फुलारा, सुरेन्द्र महर्जन, प्रतिमा गुरुङ, मीना लुम्बालाई, गायकतर्फको सम्मान सुरज पौडेललाई, साउन्ड इन्जिनियरिङको सम्मान छिरिङ भुटियालाई, साहित्यकारतर्फको सम्मान घनश्यामराज कर्णिकारलाई, फोटोग्राफीको सम्मान च्याङबा लामालाई, सामाजिक सेवासम्मान देवीमाया आचार्यलाई र पत्रकारिता पुरस्कार दिनेश थापालाई प्रदान गरियो । सञ्चारकर्मी सुमन पण्डित र सविता पोखरेलको सँयोजकत्वमा अवार्ड सम्पन्न भएको थियो । अवार्ड समारोहमा राज सागर, मञ्जु पौडेल, प्रकाश गुरुङलगायतले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेका थिए ।

(Visited 63 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

चेल्सीसँग एनफिल्डमा लिभरपुल स्तब्ध

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । शुक्रबार बिहान लिभरपुल मैदान एनफिल्डमा भएको खेलमा चेल्सीलाई विजयी...

नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घट्यो

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आय ११ सय ३४...

सातामा ६ अर्बले कारोबार घट्दा बजार पुँजीकरण ५६ अर्बले घट्यो

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से) कारोबार रकम र बजार पुँजीकरण दुबै घटेका छन् । गत साताको तुलनामा करोबार रकम ६ अर्बले...

ट्रेन्डिङ

डेब्युमै कुशलको कीर्तिमान, अमेरिकालाई १९१ को लक्ष्य

काठमाडौं । नेपालका कुशल मल्लले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । आइसीसी...

बन्दको अवज्ञा गरेको भन्दै चार ट्रकमा तोडफोड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी...

ब्राउन सुगरसहित दैलेखमा दुई जना पक्राउ

दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । सुर्खेतदेखि दैलेख बजार आउँदै गरेको देउती नागरिक यातायातको...

नौतनवा क्वारेन्टिनमा नेपालीको मृत्यु

रुपन्देही । भारतीय बजार नौतनवाको क्वारेन्टिनमा रहेका एक नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि भारत गएका स्याङ्जाका हरिनाश गाउँपालिका –२ का ३४ वर्षीय...

एक हजार सापटी नदिएपछि दाजु बहिनीको हत्या

खोटाङ । खोटाङमा बृद्धबृद्धाको बिभत्स हत्या गर्ने अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय पेलेलेका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकै ६७...

गण्डकी प्रदेश अब बागलुङ केन्द्रित

पाेखरा । बागलुङ जिल्लामा पनि काेराेना परीक्षणकाे र्‍यापिड डाइग्नोस्टिक टेष्ट हुने भएपछि गण्डकी प्रदेशकाे ध्यान त्यतातिर...

कोरोनाले थलिएका यातायात व्यावसायी

पाल्पा । कोरोनाको कहरबाट लामोदुरीमा सार्वजनिक यातायात संचालन गर्ने यातायात व्यावसायीहरु व्यवसायीहरु घर न घाट हुने अवस्थामा पुगेका छन् । कोरोनाले थलिएको व्यवसाय मध्ये...

आन्दोलनले पठनपाठन अवरुद्ध

नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका विज्ञान संकायका आंशिक प्राध्यापकहरूको आन्दोलनलाई समर्थन गर्दै स्थायी र करार प्राध्यापकहरूले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

भर्खरै

पतौरा मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गराएरै छाड्ने मेयर साहको संकल्प

गौर । मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले पतौराको पुरातात्वकि महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गराउने बताएकी छिन् । ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको पुरातात्विक...

दाहाल संसदीय दलको नेता चयन

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलको बैठकले पार्टी अध्यक्ष ‘प्रचण्ड’लार्ई संसदीय दलको नेता चयन गरेको...

सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा...

तालबाराही मन्दिरमा प्रभु बैंकको क्यूआर कोड

पोखरा । प्रभु बैंक लिमिटेडले ताल बाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।फेवातालको बीचमा रहेको बाराही मन्दिरमा आज शुक्रबार एक...

धेरै पढिएका

‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

अर्थ मन्त्रालयमा सहसचिवहरूको सरुवा, प्रवक्तामा दाहाल

काठमाडौं । अर्थ मन्त्रालयभित्र सहसचिवहरूको जिम्मेवारीमा हेरफेर भएको छ । मन्त्रालयले आफू मातहतका निकायमा रहेका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयभन्दा बाहिरबाट पनि...

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)