Sunday, April 18, 2021
Home Breaking News बुद्धिबहादुर थापालाई ‘कोभिशिल्ड’ लगाएर कोरोनाबिरुद्धको खोपको शुभारम्भ

बुद्धिबहादुर थापालाई ‘कोभिशिल्ड’ लगाएर कोरोनाबिरुद्धको खोपको शुभारम्भ

,

पोखरा । देशभर बुधबारदेखि सुरु कोरोना विरुद्धको खोप अभियानअन्तर्गत गण्डकीमा पनि सुरुवात भयो । गण्डकी प्रदेशको राजधानी पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई ‘कोभिशिल्ड’ लगाएर कोरोनाबिरुद्धको खोपको शुभारम्भ भयो ।

खोप लगाइसकेपछि प्रतिक्रिया दिँदै प्राडा थापाले सामान्य दुखाइबाहेक अन्य समस्या नआएको र खोप सुरक्षित भएकाले नडराउन सबैमा आग्रह गरे । खोपप्रति आश्वास्त बनाउन आफूले खोप लगाएको बताउँदै उनले भने, ‘विश्व स्वस्थ्य संगठनबाट सर्टिफाइड भएको र यो लगाएकाहरु सबै सुरक्षित रहेकाले हामी त्रसित हुनुपर्ने कारण छैन ।’

सो अवसरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यलाई कोभिशिल्ड किट हस्तान्तरण गरेका थिए । त्यस लगत्तै स्वास्थ्यकर्मीले उपकुलपति प्राडा थापालाई कोभिशिल्ड खोप लगाइदिएका हुन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले प्रदेशका सबै ११ वटै जिल्लामा कोभिशिल्ड खोप लगाउन शुरु भएको जानकारी दिए । कार्यक्रममा मुख्यमन्त्री गुरुङले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएर सम्पूर्ण नेपालीलाई सुरक्षित बनाउने प्रधानमन्त्रीको सपना झण्डै १ वर्षपछि पूरा हुन लागेको बताए । सामाजिक विकास मन्त्री नरदेवी पुनले कोरोना खोप लगाएर प्रदेशवासीलाई सुरक्षित बनाइने बताइन् ।

गण्डकी प्रदेशमा पहिलो चरणमा माघ १८ सम्म खोप लगाइने डा. विनोदबिन्दु शर्माले जनाए । प्रदेशमा १७ हजार ३ सय ९६ जनामा कोरोना भाइरसविरुद्धको खोप लगाइने छ । गण्डकी प्रदेशमा ३९ हजार १ सय ३९ मात्रा भ्याक्सिन आइसकेको र प्राप्त भ्याक्सिन सुरक्षित रुपमा भण्डारण गरिएको छ ।

कास्कीमा ५ हजार ६ सय ७१, गोरखा १ हजार ८ सय ८, स्याङ्जामा १ हजार ५ सय ४१, लमजुङमा १ हजार ५ सय ८२, बागलुङमा १ हजार ७ सय ७०, पर्वत १ हजार २ सय ३९, तनहुँमा १ हजार ६ सय ९९, म्याग्दीमा ८ सय ४३, नवलपुरमा १ हजार ५२, मुस्ताङमा २ सय १९ र मनाङमा २ सय ६ जनालाई खोप लगाइनेछ ।

जिल्लागतरुपमा विभिन्न अस्पतालमा व्यवस्था गरिएको छ भने पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, संक्रामक तथा सरुवा रोग अस्पताल, मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा खोप लगाउने व्यवस्था गरिएको छ । पहिलो चरणमा सरकारी अस्पताल, गैरसरकारी अस्पताल, निजी अस्पताल र मेडिकल कलेजमा कार्यरत चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र अस्पतालको फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीलाई लगाइने छ ।  पहिलो चरणमा खोप लगाएकाहरुलाई २८ दिनपछि दोस्रो खोप लगाइने चिकित्सकले जनाएका छन् ।

(Visited 122 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

मेलम्ची पानीले खाल्डाखुल्डी

काठमाडौं । राजधानीमा ल्याइएको मेलम्ची पानीको उचित व्यवस्थापन कमजोरीका कारण ठाउँठाउँका सडक खाल्डाखुल्डी परेका छन् । पुरानो प्रणालीबाट पानी वितरण गरिँदा ३ सय स्थानसम्म चुहावट...

विवेक र नर्मतालाई उपाधि

पोखरा । १५ औं संस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किमी छात्र–छात्रा दौड भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानज्योति इङलिस...

यातायात मन्त्री नेम्वाङले भने ‘ढुक्क हुनुहाेस् वैशाखभित्रै रेल चल्छ’

महाेत्तरी । जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

साताका लोकप्रिय समाचार

आहा ! ठडियो २२ तलाको धरहरा, ११ वैशाखमा उद्घाटन

काठमाडौं । २०७२ सालको भूकम्पले भत्काएको ऐतिहासिक पुराताŒिवक सम्पदा धरहराको २२ तले संरचना ठहरिएको छ । पुनर्निर्माणअन्तर्गत संरचना तयार भएको धरहराको आगामी ११ वैशाखका...

प्रशासनिक गतिशीलता र लोकसेवाको अभिभावकत्व

नेपालको संविधानले तीन तहको सरकार र तीनै तहको प्रशासनको व्यवस्था उल्लेख गरेको छ । शासन (सरकार)को सहयोगी प्रशासन हो । सरकारको सहयोगी मात्र भनेर...

कोरोना कहरः रुपैडिया आवतजावतमा रोक

नेपालगञ्ज ।  बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक लगाइएको छ । छिमेकी मुलुक भारतमा तीव्ररुपमा सङ्क्रमण बढेकाले रुपैडियामा किनमेलको लागि...

निर्यात क्षमता १२ गुणा बढ्ने आँकलन

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले निर्यात क्षमता ११ खर्ब पुग्ने आँकलन गरेको छ ।...

ट्रेन्डिङ

अनुदान रकमको नियमन नहुँदा विकृति बढ्यो : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेपालमा सञ्चालित सामाजिक संस्थामा आएको अनुदान रकमको नियमन नहुँदा विकृति बढेको बताएका छन् । गृहमन्त्री थापाले नेपालमा दर्ता भएका सामाजिक...

सुर्ती नियन्त्रणमा उद्योगीको हस्तक्षेप, नियमन र नियन्त्रणमा सरकार उदासिन

काठमाडौं । वर्षेनी २७ हजार अर्थात दैनिक ७३ जनाको ज्यान लिने सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणमा सरकार उदासिन रहेको छ । कानुन र नियमावली बनाएर...

नेपालले नोभेम्बरमा ताइपेई र अस्ट्रेलियासँग खेल्ने

काठमाडौं । एसियाली फुटबल कन्फेडेरेसनले कोरोना संक्रमणका कारण स्थगित भएको २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा हुने एसियन कपको...

प्रदूषण उस्तैः कडा रोग निम्ताउन सक्ने विज्ञको चेतावनी !

काठमाडौं । केही दिनदेखि राजधानी काठमाडौंलगायत देशका विभिन्न सहरमा देखिएको वातावरण प्रदूषणको उग्र रूपले मानव स्वास्थ्यमा गम्भीर समस्या पर्न सक्ने देखिएको छ । प्रदूषणको...

गुण्डा नाईके रमेश बाहुनलाई १० वर्ष कैद

काठमाडौं । गुण्डा नाइके सुजन पौडेल रमेश बाहुनलाई १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजायको फैसाला भएको छ । जिल्ला अदालत, काठमाडौंले...

बैतडीमा बलात्कारका आरोपित पक्राउ, किशोरीको उद्धार

जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएको छ । किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा...

जम्बुको पहिरोमा बेपत्ता २० जनाको खोजी जारी, एकको जीवितै उद्धार

चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बुमा बुधबार राति गएको बाढीपहिरोले बेपत्ता भएका २० जनाको खोजी जारी रहे पनि लगातारको वर्षाले सडक अवरुद्धका कारण कठिनाइ...

प्रत्येक परिवारबाट एकजनाको कोरोना परिक्षण गर्न सुझाव

संसदीय समितिले कम्तीमा प्रत्येक परिवारबाट एकजनाको नमुना छनौट गरी कोरोनाको परिक्षण गर्ने कार्ययोजना बनाउन सरकारलाई सुझाब दिएको छ । राष्ट्रियसभा बिधान ब्यबस्थापन समितिले संक्रामक रोग...

रवि लामिछाने र निकिता पौडेललाई कोरोना संक्रमण

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि...

फेरि सक्रिय हुन थाले राजस्व छली गर्नेहरू

काठमाडौं । लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । कोरोना संक्रमणको दर बढेर मुलुकलाई संकट परेको बेलामा राजस्व...

संविधान संशोधनः कालापानीबाट सैनिक फर्काउन भारतसँग माग

काठमाडौँ । राजनीतिक रुपमा विभिन्न दल तथा विचारमा आबद्ध दल राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा भने एकै स्थानमा उभिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा...

हिंड्दा हिंड्दै बेहोस भएर बृद्धको मृत्यु

धनकुटा । धनकुटामा हिंड्दा हिड्दै बेहोस भएर एक बृद्धको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–५ लेगुवाका ७१ बर्षीय रनबहादुर राईको मंगलबार दिउँसो सहिदभूमी–१ स्थित...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)