देशमै सबैभन्दा बढी वडामा बजेट बिनियोजन गर्ने चन्द्रपुर नगरपालिका : नगर प्रमुख चौधरी

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले नेपालमै सबैभन्दा बढी वडामा बजेट पठाउने चन्द्रपुर नगरपालिका मात्रै रहेको बताएका छन् । आइतबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजति एक कार्यक्रममा नगर प्रमुख चौधरीले यस्तो बताएका हुन् ।

आरडिसी नेपालको आयोजनामा भएको जनता संग मेयर कार्यक्रममा नगर प्रमुख चौधरीले चन्द्रपुर नगरपालिकाले हरेक वडामा सम्पुर्ण किसिमको बजेट गरी कुल ५ करोड भन्दा बढीको बजेट सिलिङ रहेको बताएका छन् । १० वटा वडा रहेको चन्द्रपुर नगरपालिकामा हरेक वडामा बिकाश बजेटको लागि ३/३ करोड र बिभिन्न समिति तथा संघिय संसद, प्रदेश संसद गरी, ससर्त अनुदान बजेटलगायतका बजेट गरी हरेक वडामा ५ करोड भन्दा बढी बजेट बिनियोजन हुदै आएको नगर प्रमुख चौधरीको दाबी छ ।

यो बजेट नेपालको कुनै पनि महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाले दिन नसकेको नगर प्रमुख चौधरीले बताएका छन् । जसको कारण चन्द्रपुर नगरपालिकामा बिकाशले फडको मारेको उनले बताए । जलवायु परिर्वतन अनुकुलन तथा बिपत जोखिम ब्यबस्थापन सम्बन्धी अन्र्तरक्रिया कार्यक्रम जनतासंग मेयर कार्यक्रमको जवाफ दिँदै नगर प्रमुख चौधरीले नगरको हरेक क्षेत्रको विकाशको लागि आफु सक्रिय भएर लागेको बताए ।

कार्यक्रममा एक सहभागीले सोधेको प्रश्नको उत्तर दिदै नगर प्रमुख चौधरीले प्रारम्भिक वातावरणीय परिक्षण नगरी चन्द्रपुर नगरपालिकाले ठेक्का नलगाएको बताएका छन् । अक्सफाम नेपालको सहयोग र आरडिसी नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा युवा समुह, सामुदायिक वन उपभोक्ता समुह, कृषक समुह, कृषि सहकारी संस्थामा आबद्ध पदाधिकारीहरुले आ आफनो समस्या राखेका थिए । सहभागीले राखेको प्रश्न तथा जिज्ञासाको नगर प्रमुख चौधरीले दिएका थिए । सहभागीहरुको जिज्ञासाको उत्तर दिँदै नगर प्रमुख चौधरीले अब केही महिना भित्रै हरेक वडा/वडामा कृषि प्राबिधिक जेटिए भर्ना हुने, रसाइनिक मल व्यवस्थापनमा नगरपालिका आफैले सहजीकरण गर्ने बताएका छन् ।

हरेक सामुदायिक वनमा काठ चोरी निकाशीबाट जोगाउन फायरलाइन बनाउन समेत नगर प्रमुख चौधरीले सुझाब दिएका थिए । नगर प्रमुख चौधरीले चन्द्रपुर नगरपालिकामा पशु बिमा सफल भएको भएता पनि बाली बिमामा समस्या आएको बताए । हरेक बर्ष असिनाले किसानको बाली नष्ट गरिरहेको अबस्थामा बाली बिमाको लागी नगरपालिकाले पहल गरेको भएतापनि बिमा कम्पनीले नमानेको कारण समस्या आएको उनको भनाइ छ । कार्यक्रममा नगरभरीका बिभिन्न सरोकारवाला संघ संस्थाहरुका पदाधिकारीहरु, आरडिसी नेपालका अध्यक्ष पारस हुसेन, कोषाध्यक्ष ममता झा, संचारकर्मी लगायतको उपस्थीती रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 346 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदानको ७२ घण्टा अघि सिमा नाका सिल हुने