सिनेमा हलका पूरै सिटमा दर्शक राख्न पाउने भारतको निर्णय

मुम्बई । भारतमा कोभिड–१९ को खोप सुरु गरेसँगै कोरोना संक्रमण पनि घट्दै गएको छ । यसैक्रममा त्यहाँका सिनेमा हलमा दर्शकको उपस्थिति बढेको छ । पछिल्लो समय एकपछि अर्को नयाँ फिल्महरू रिलिज हुन थालेपछि हल सञ्चालकहरूले सबै सिटमा दर्शक राख्न पाउनुपर्ने माग गरेका थिए । सो मागलाई त्यहाँको सरकारले सुनुवाइ गरेको छ ।

भारतको सूचना तथा प्रशारण मन्त्रालयले देशभरका सबै सिनेमा हलमा अब पूर्ण रूपमा दर्शक राख्न पाइने निर्णय शनिबार बेलुका गरेको हो । सो निर्णय सोमबारबाट लागू हुने पनि सो मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । यसअघि हल खोल्ने अनुमति दिएको भारतको गृह मन्त्रालयले सिनेमा हलमा ५० प्रतिशत मात्र दर्शक राख्न पाइने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा तीन महिना यताबाट हलमा आधा मात्र दर्शक राखिँदै आएको थियो ।

भारत सरकारले गरेको यो निर्णयलाई त्यहाँका सिनेमा हल सञ्चालकहरूले स्वागत गरेका छन् । अहिले कोरोनाको संक्रमण अझै रहेकाले आफूहरूले पूर्ण रूपमा सावधानी अपनाएर विश्व स्वास्थ्य संगठनले लागू गरेको मापदण्डअनुरूप हल सञ्चालन गरिरहेको उनीहरूले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 339 times, 1 visits today)

epaper

ताजा समाचार

हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा