Thursday, June 24, 2021
Home अन्तर्वार्ता भ्रष्टाचार गर्ने जोसुकै होऊन्, गम्भीरतापूर्वक छानबिन गर्छौं : प्रेमकुमार राई

भ्रष्टाचार गर्ने जोसुकै होऊन्, गम्भीरतापूर्वक छानबिन गर्छौं : प्रेमकुमार राई

,

सुशासनविज्ञ कहलिएका प्रेमकुमार राईले बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पदबहाली गर्दै ‘अख्तियारलाई सुशासको नयाँ मोडल’मा रूपान्तरण गर्ने प्रतिबद्धता जनाए । उनको आगमनसँगै आमनागरिकमाझ ‘मुुलुकमा सुशासनको दियो बल्ने’ आशा जागृत भएको छ ।

नागरिक समाजको ‘आशा र भरोसा निभ्न नदिने’ प्रतिबद्धता जनाएका उनी सुशासन कायम गर्ने सवालमा आमजनताको पूर्ण साथ–सहयोग आवश्यक रहने विश्वास गर्छन् । चुनौती र अवसरबीच व्याप्त भ्रष्टाचार न्यूनिकरणमा अहोरात्र खट्नुपर्ने राईको ठम्याइ छ । पदबहालीलगत्तै उनै प्रमुख आयुक्त राईसँग राजधानी दैनिकले गरेको संक्षिप्त कुराकानी :

– ठुलो चुनौतीबीच बहाल भएको अवस्थामा भ्रष्टाचार नियन्त्रण सवालमा मुख्य कार्ययोजना के छ ?

लामो समयदेखि व्याप्त भ्रष्टाचार र कुशासन नियन्त्रण गर्नेगरी अहोरात्र खट्नुपर्ने आवश्यकता छ । खासगरी आमजनताले उठाएका मत्वपूर्ण विषयलाई आधार बनाएर सुशासन कार्ययोजना बनाइनेछ । जनताले सुशासन खोजी गरेकाले त्यसैमा विशेष ध्यान दिइने छ । भ्रष्टाचार नियन्त्रणतर्फ अधिकत्तम पहल हुनेछ । धेरै क्षेत्रमा भ्रष्टाचार व्याप्त छ । ती क्षेत्रमा जारी भ्रष्टाचार रोक्न संविधानले दिएको अधिकार तथा अख्तियार ऐन नियम र कानुनअनुसार भ्रष्टाचार अनुसन्धान गरेर कारबाहीमा जाने पहल हुनेछ । पूर्वज प्रमुख आयुक्त तथा आयुक्तले विगतदेखि नै आयोगको काम उचाईमा पु¥याउनुभएको छ । उहाँहरूले गरेका असल कार्य अ“गाल्दै त्यसको गरिमा उच्च बनाउन दत्तचित्त भएर लाग्नेछौं । जनता र आमनागरिक समाजले उठाएका विषय मध्यनजर गरी सुशासनको अनुभूति कायम हुनेगरी काम गरिनेछ । भ्रष्टाचार नियन्त्रणतर्फ सम्पूर्ण प्रयास हुनेछ ।

– अब जनताले सुशासनको प्रत्यक्ष अनुभूति गर्न सक्नेगरी काम गर्न सकिएला त ?

जनता वा नागरिक समाजको मुख्य आकांक्षा भ्रष्टाचार हुनुहुन्न र भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ भन्ने हो । भ्रष्टाचारका कारण आमजनता खिन्न महसुस गरिरहेका छन् । विभिन्न अध्ययनले पनि सुशासनको अवस्था प्रभावकारी हुन नसकिरहेको देखाएका छन् । संघीय शासन प्रणालीको संस्थागत विकासक्रममा पनि संघ, प्रदेश र स्थानीय तहमा फरकफरक स्वरुपका भ्रष्टाचार मौलाइरहेका छन् । ती सबैखाले भ्रष्टाचार न्यूनिकरण गर्दै अघि बढ्न सकेमात्रै जनताले सुशासन अनुभूति गर्नसक्ने भएकाले विशेष योजना बनाएरै हामी अघि बढ्ने छौं । देशमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रणमा नागरिक समाजको आशा र हामीमाथिको भरोसा टुट्न दिने छैनौं ।

हामी अख्तियारलाई सुशासनको ‘मोडल’का रूपमा रूपान्तरण गर्नेगरी अघि बढ्छौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छबि विगतदेखि नै उच्च छ । आयोगले गर्ने मुद्दा अनुसन्धानमा परिपक्व अनुसन्धान हुँदै आएको देखिन्छ

– त्यसो भए सरकारको भ्रष्टाचारमा शून्य सहनशीलता नीति पूरा हुन सक्ला ?

सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य र भ्रष्टाचारमा शून्य सहनशीलता नीति व्यवहारमा कार्यान्वयन गराउने सवालमा अख्तियारको ठुलो भूमिका हुन्छ । हामी सरकारले लिएको भ्रष्टचारविरोधी अभियानलाई पनि आवश्यकताअनुसार सहयोग गर्छौं । हाम्रो शसक्त भूमिका र भ्रष्टाचारीलाई कारबाही गर्ने सक्रियताले पनि सरकारको नीति पूरा गर्न आवश्यक सहयोग पुग्नेछ । यसमा आवश्यक तदारुकता देखाउने छौं ।

– अब ठुला भ्रष्टाचारी कानुनी दायरामा आउलान् त ?

भ्रष्टाचार गर्ने जोसुकै भए पनि गम्भीरतापूर्वक छानबिन गर्छौं । हाम्रो छानबिन तथ्यका आधारमा हुनेछ । कुनै पनि आग्रह–पूर्वाग्रहबाट आयोग अघि बढ्दैन । भ्रष्टाचार विषयमा प्राप्त उजुरी तथा सार्वजनिक सञ्चारमाध्ययममा आएका तथ्यपरक विषयसमेत सुक्ष्म अध्ययन तथा विश्लेषण गरी अनुसन्धान गर्छौं र भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याउन कुनै कसर बा“की राख्ने छैनौं । संविधानले दिएको अधिकार र आयोगको ऐन कानुन नियमबमोजिम अनुसन्धान गरेर कारबाहीमा जान्छौं । यसोगर्दा ‘कुनै सानाठुला’ भन्ने हु“दैन । भ्रष्टाचार गरेको प्रमाणित भएका जोसुकैलाई कानुनी दायरामा ल्याउने सार्थक प्रयास हुनेछ ।

– अख्तियारलाई नै सफा राख्नुपर्ने चुनौती पनि छ नि, हैन ?

हामी अख्तियारलाई सुशासनको ‘मोडल’का रूपमा रूपान्तरण गर्नेगरी अघि बढ्छौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छबि विगतदेखि नै उच्च छ । आयोगले गर्ने मुद्दा अनुसन्धानमा परिपक्व अनुसन्धान हुँदै आएको देखिन्छ । तर, विगतमा केही अपवाद पनि देखिए । समस्या आयो तर अब त्यस्तो आउन नदिन निकै संवेदनशील बन्नेछौं । अख्तियारको छबि बिगार्नुभन्दा उच्च राख्नकै लागि अहोरात्र खटाई हुनेछ । आयोगको छबि बिग्रनेगरी कुनै प्रकारको कार्य हुन दिने छैनौं । आयोगको स्थान नया“ उचाईमा पु¥याउने र यसलाई नमूनाका रूपमा विकास गर्नेछौं । नागरिक समाज तथा जनताबाट कुनै प्रकारको प्रश्न उठ्ने काम हामीबाट हुने छैन । यसमा हामी प्रतिबद्ध छौं । पदाधिकारी र आयोग कर्मचारी नमूनाका रूपमा प्रस्तुत हुने विश्वास दिलाउन चाहन्छु ।

– कर्मचारीका समस्या समाधानतर्फ कस्तो पहल हुनेछ त ?

भ्रष्टाचार नियन्त्रण गर्ने सरकार र आयोगको मुख्य लक्ष्य पूरा गर्ने जिम्मेवारी कर्मचारी र सिंगो टिमकै हो । त्यसैले पनि आयोगमा रातदिन नभनी अनुसन्धानमा खट्ने र जोखिमपूर्ण जिम्मेवारी बहन गर्ने कर्मचारीको मनोबल उच्च बनाउन जरुरी छ । यसका लागि उनीहरूलाई प्रोत्साहन भत्ता र थप सुुविधासमेत आवश्यक पर्र्ने हुनाले पहल गर्नेछौं । यहा“का कर्मचारीका हरेक समस्या पिरमर्का छ भने त्यसलाई समाधान गर्दै अगाडि बढ्नेछौं । अख्तियार र हाम्रो टोलीलाई सफल बनाउन कर्मचारीको निर्णायक भूमिका हुने भएकाले उनीहरूको मनोबल उच्च राख्न दत्तचित्त भएर लाग्नेछौं ।

राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख अायुक्त हुन्

(Visited 754 times, 1 visits today)
Loading comments...

आजको समाचार

देश गम्भीर संकटतर्फः पाँच दल

काठमाडौं । विपक्षी गठवन्धनमा आबद्ध पाँच राजनीतिक दलले सरकारको स्वेच्छाचारिताका कारण देश गम्भीर संकटतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, उपेन्द्र...

टेलिकमका ल्यान्ड लाइन र जीएसएम अवरूद्ध

काठमाडाैं । नेपाल टेलिकमको सबे नेटवर्कमा बुधबार विहानदेखि प्राविधिक समस्या आएको छ। नेपाल टेलिकमबाट अन्य कुनैपनि नेटवर्कमा सम्पर्क हुन सकेको छैन र फाेन अउने...

मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति, वर्षा नसकिउन्जेल पानी नआउने

  काठमाडाैं ।  निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा र एक अर्ब रूपैयाँ भन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र...

घर आउँदै गरेकी किशोरीलाई लछारपछार पारी बलात्कार गर्ने पक्राउ

  दल्लु ।  जबर्जस्ती बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–३ का ३६ वर्षीय भद्रबहादुर बुढालाई...

साढे २ घण्टापछि चल्याे टेलिकमको मोबाइल सेवा

काठमाडौं । नेपाल टेलिकमको ल्यान्ड लाइन र मोबाइल सेवा अवरूद्घ भएके साढे २ घण्टापछि सञ्चालनमा अएके छ । टेलिकमको कोर नेटवर्कमा समस्या आउँदा टेलिकमका...

साताका लोकप्रिय समाचार

कपडा, जुत्ता चप्पल देखि सुनचाँदी पसल पनि खोल्न पाइने

  काठमाडौँ । सरकारले कोरोना संक्रणम रोकथाम तथा नियन्त्रण गर्न गरेको निषेधाज्ञालाई खुकुलो बनाउँदै कपडा जुत्ता चप्पल पसल देखि सुनचाँदी पसल सम्म खोल्न पाइने निर्णय...

सुरु भयो सुदूरपश्चिमका सीमानाकामा भारत जानेहरुको ताँती

  धनगढी । सुदूरपश्चिम प्रदेशका सीमानाकाबाट भारत जाने नेपालीहरूको संख्या बढ्दै गएको छ । भारतमा कोरोना भाइरसको संक्रमण केही नियन्त्रणमा आएर जनजीवन सामान्य हुँदै व्यापार...

एमालेको दशौं महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने आदेशविरुद्ध सुनुवाइ हुँदै

कठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीका चार सांसदविरुद्ध गरेको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदन न्यायाधीशद्वय...

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने

काठमाडौं । सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने प्रक्रिया सुरु गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य...

ट्रेन्डिङ

बलात्कार प्रयासमा तुलसीपुरका एक युवक पक्राउ

तुलसीपुर । जबरजस्ती करणी गर्न खोजेको आरोपमा तुलसीपुरमा एक युवक पक्राउ परेका छन् । ८ बर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा तुलसीपुर –७...

उपत्यकामा बन्दाबन्दीलाई थप प्रभावकारी बनाइने

काठमाडौँ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीबीच...

मंगलसेन र साँफेबगरमा भदौ २३ गते सम्म निषेधाज्ञा

अछाम । अछामको मंगलसेन र साँफेबगर नगरपालिकामा भदौ २३ गते सम्म निषेधाज्ञा जारि रहने भएको छ । मंगलसेन र साँफेबगर नगरपालिकामा गरीएिको निषेधाज्ञा १...

भौतिकमा जथाभावी बजेट विनियोजन र रकमान्तर

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मातहतका निकायमा पुँजीगत खर्चतर्फ जथाभावी बजेट विनियोजन र रकमान्तर भएको पाइएको छ । तोकिएको समयमा काम...

दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (फाेटाेफिचर)

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले राजधानीमा शक्ति प्रदर्शन गरेकाे छ । राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकालेको छ...

ललितको स्वास्थ्यबारे जानकारी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले सडक दुर्घटनामा परी घाइते भएका राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । ललित उपचाररत...

तनहुँमा ६ वर्षीय बालकमा कोरोना पुष्टि, संक्रमितको संख्या १३७ पुग्यो

तनहुँ । जिल्लास्थित व्यास नगरपालिकाका-६ वर्षीय एक बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी, शुक्लागण्डकी नगरपालिकाका २८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि...

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा आज बिहान ४ः१५...

अमेरिकी राष्ट्रपति बाइडेनलाई दिइयो कोरोनाको खोप

नेवार्क । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई सोमबार कोरोनाभाइरस विरुद्धको खोप दिइएको छ । बाइडेनलाई खोप दिँदा अमेरिकी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण पनि गरिएको थियो । अठहत्तर...

गण्डकी प्रदेशमा २७ जना डेङ्गु सङ्क्रमित

कास्की । गण्डकी प्रदेशका छ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका बिरामी भेटिएका छन् । कोरोना भाइरसको जोखिमका बीच डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमणसमेत...

कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३७ हजार ८ सय नाघ्यो

जेनेभा । विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७ हजार ८ सय नाघेको छ । ७ लाख ८५ हजारभन्दा बढी संक्रमित भएका छन्...

बामदेवलाई प्रधानमन्त्री बनाउने विषय फिर्ता भैसक्यो : डा. भट्टराई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले राष्ट्रियसभामा एक जनाको नाम मनोनयनको विषय पार्टी आफैंले निर्णय गर्ने विषय...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)