केपी ओलीले पञ्च र्याली निकाले : खनाल

दमक । नेकपा दाहाल–नेपाल समूहका बरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालत कुनै राजा महाराजले खडा नगरेको बताएका छन् । उनले सर्वोच्च अदालत कानुन अनुसार चल्ने संस्था भएको बताए ।

प्रेस संगठन झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले सर्वोच्च अदालत संविधान र कानुन अनुसार चल्ने संस्था भएको बताए । उनले भने, ‘सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्छ भन्ने हाम्रो विश्वास छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले निर्वाचन आयोग संविधान अनुसार गठन भएको संवैधानिक आयोग भएको बताए । आयोगले संविधान र दल सम्बन्धी ऐनका आधारमा नेकपाको आधिकारिकता सम्बन्धी निर्णय गर्ने उनले बताए । उनले भने, ‘दल सम्बन्धी ऐनमा बहुमत केन्द्रीय सदस्य हुनेले आधिकारिकता र चुनाव चिन्ह पाउँछ ।’

केपी ओली समूहले गरेको प्रदर्शनलाई नेता खनालले पञ्च र्यालीको संज्ञा दिए । संयुक्त आन्दोलनका सम्बन्धमा सोधिएको एक प्रश्नको जवाफमा नेता खनालले भने ‘छलफल हुँदैछ, संयुक्त आन्दोलन हुन्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानियले भगवती चाैधरीसंग भने : यसपाली जिताएर पठाउछौं