सप्तरीमा भरुवा बन्दुकसहित दुई पक्राउ

राजविराज । सप्तरी प्रहरीले जिल्लाको शम्भुनाथ नगरपालिकाबाट हतियारसहित दुई जना यूवकलाई पक्राउ गरेको छ ।

गस्तीमा गएको प्रहरी टोलीले एक नाले भरुवा बन्दुकसहित शम्भुनाथ नगरपालिका २ भलुवाही निवासी २५ वर्षीय रामपुकार माझी र २२ वर्षीय रामस्वरुप मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय रुपनीबाट खटेको गस्ती टोलीले बिशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिएका छन् । पक्राउ परेकाहरुलाई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 298 times, 1 visits today)

epaper

ताजा समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन