लीलामणी पौडेलको आग्रह : भागिरथी हत्या निर्मला पन्त जस्तै नहोस्

काठमाडौं । पूर्व मुख्य सचिव लीलामणी पौडेलले बैतडीकी किशोरी भागिरथी भट्टको बलात्कारपछि हत्याको घटनालाई निर्मला पन्त प्रकरण जस्तै नहोस् भनेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत नेपाल प्रहरीले निर्मला पन्तको अनुसन्धानको कमजोरीबाट सिकेर अपराधी छिटो पत्ता लगाई हदैसम्मको सजाय दिलाउने विश्वास व्यक्त गरेका छन् । पौडेलले भनेका छन् ‘बैतडीमा किशोरी भाथिरथी भट्टको बलात्कार र हत्याको घटनाले मर्माहित बनायो । बलात्कारका दोषीलाई सजाय दिन नसक्दा अपराधीको मनोबल बढ्छ । प्रहरीले निर्मलाको अनुसन्धानको कमजोरीबाट सिकेर अपराधी छिटो पत्ता लगाउनेछ भन्ने अपेक्षा छ ।’

डेढ वर्षअघि साउनमा कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएको निर्मला पन्तको सन्दर्भमा प्रहरी आलोचित बनेको थियो । अहिलेसम्म निर्मला पन्तको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । निर्मला पन्त बलात्कारमा एनजिओ र मिडयाको समेत आलोचना भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 427 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२ सय ३ एकल महिलालाई ब्ल्याङ्ककेट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्ला एमालेको प्रतिवद्धता : कक्षा १२ सम्म निशुल्क शिक्षा