काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १६० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार २१५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १६५ जना उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६८ हजार ४३१ पुगेको छ । अहिले देशभर १ हजार ७३७ सक्रिय सङ्क्रमित छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप २ जनाका मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ४७ पुगेको मन्त्रालयले जनाएको छ
तपाइको प्रतिक्रिया
(Visited 282 times, 1 visits today)






