काठमाडौं ।‘भर्सटायल’ आवाजकी प्राश्ना शाक्यले श्रीस्वस्थानी व्रतारम्भको अवसर पार्दै मायालु भक्तिभाव सार्वजनिक गरेकी छन् ।
ईश्वरको ईश्वरी जय जगदेश्वरी
देवी स्वस्थानी माता
सकल जगतको प्राणीहरूको
तिमी नै भाव्य विधाता…
जति सुने पनि धित नमर्नेगरी सिर्जिएको देवी श्रीस्वस्थानीको भक्तिभाव कर्णप्रिय बनेको छ । भजन आफैंमा ईश्वरप्रति समर्पित रहने हुनाले ‘राम्रो नराम्रो’ खुट्याउन उचित नहोला । तर, मिठो भजन कमै बन्ने गरेको सत्य भने लुक्न सक्दैन । प्राश्नको पछिल्लो भजन यस्तै स्मरणयोग्यमध्ये बन्न पुगेको छ । जुन, सुरुमा सुनेपछि पटकपटक दोहो¥याइरहन मन लागिरहन्छ ।
पार्वतीले तिम्रो भक्ति गर्दा
महादेव स्वामी पाइन्
गंगाजीले पनि व्रत गर्दा
कुमार चा“डै फर्किआए…
झन्डै दुई दशकअघि ‘आवाज देऊ…’ बोलको पपशैलीको ‘सेमी क्लासिकल’ गीतबाट ‘हिट्स अवार्ड’ हात पारेपछि प्राश्नको ‘टर्निङ प्वाइन्ट’ सुरु भयो । त्यसपछि कैयौं गीत पस्किइन् । ‘रेडियो जक्की’समेत रहेकी प्राश्ना भजनमा पनि उत्तिकै जमेको प्रतीत हुन्छ ।
दुःख परेकी मालिनीले तिम्रो
भक्ति गर्दा नागहरू फर्किआए
पीरमा परेकी गोमाले तिम्रो व्रत गर्दा
दुःखकष्ट पार लगाइन्…
५ मिनेट २२ सेकेन्डको भजनले श्रीस्वस्थानी व्रतकथाको सार कहन सफल देखिन्छ । अम्बिका शाक्यले व्रतका मुख्य कथावस्तु संक्षिप्त शब्दमा सर्लक्क उतारेकी छन् । जसलाई गायिका प्राश्नाको मायालु गलाले न्याय गर्ने अवसर प्राप्त गरेको भान हुन्छ ।
रेडियो नेपालका ‘सर्वोत्कृष्ट संगीतकार’ किरण क“डेलले भजन भाव मर्न दिएका छैनन् । ‘संगीतका कालीगढ’का रूपमा परिचय बनाएका क“डेलको कुशल संगीत संयोजनका कारण भजनले थप उचाई लिएको छ ।
प्रज्ञा साउन्डमा रेकर्ड गरिएको भजनमा रेकर्डिस्ट शम्भुकुमार तण्डुकारले आफ्नो कौशल उज्याएका छन् । ‘हेर्ने’ जमानाबीच सार्वजनिक भजनले भिडियोमा मात्रै हैन, सुन्दामै पनि आनन्दी दिनेमा शंका छैन । गायिका प्राश्ना स्वयंको ‘अफिसियल युट्युब’ च्यानलमार्फत भिडियो दर्शक÷स्रोतमाझ ल्याइएको हो ।
प्राश्नास“गै बानिका प्रधान, निशा देशार र अर्पणा श्रेष्ठलगायत गायिकाको भक्तिभाव भिडियोमा देख्न सकिन्छ । जसलाई प्रशान्त क्रियसनले पोस्ट प्रोडक्सन, सीता पराजुलीको शृंगार र प्रशान्त तामाङले निर्देशन गरेका हुन् ।






