Thursday, April 22, 2021
Home भर्खरै नेकपामा शक्ति प्रदर्शनको होडबाजी

नेकपामा शक्ति प्रदर्शनको होडबाजी

,

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शक्ति प्रदर्शनको होडबाजी नै चलिरहेको छ । प्रतिनिधि सभा विघटनस“गै दुई समूहमा विभाजित नेकपा काठमाडौंलगायत देशभर शक्ति प्रदर्शनमै व्यस्त छन् । गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा बिभाजित भएको हो ।

एक समूहको नेतृत्व नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले र अर्को समूहको नेतृत्व नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले गरिरहेका छन् । प्रतिनिधि सभा पुनस्र्थापना माग गर्दै काठमाडौंमा दाहाल–नेपाल समूहले गत १४ माघमा शक्ति प्रदर्शन गरेको थियो । यसपछि ओली समूहले काठमाडौंमै २३ माघमा शक्ति प्रदर्शन ग¥यो ।

आज दाहाल नेपाल समूहको नेकपाले फेरि शक्ति प्रदर्शन गर्दै छ । स्रोतका अनुसार सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनसम्बन्धी विचाराधीन मुद्दा प्रभावित गर्ने उद्देश्यले शक्ती प्रदर्शन भइरहेको हो । निर्वाचन आयोगमा नेकपा आधिकारिता विषयमा जारी प्रक्रियासमेत प्रभावित बनाउँने उद्देश्यले दुबै समूह एकपछि अर्को शक्ति प्रदर्शन गर्न खोजिरहेको स्रोतको दाबी छ ।

‘नेकपाका कतिपय नेता–कार्यकर्ता कुन समूहमा जाने ?’ भन्ने विषयमा खुल्न सकिरहेका छैनन्,’ स्रोतले भन्यो, ‘उनीहरूलाई खुलाउन तथा विचाराधीन मुद्दा प्रभावित पार्ने उद्देश्यले दुबै समूह शक्ति प्रदर्शनको होडबाजीमा छन् ।’

काठमाडौं जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन माहौल तयार गर्न शक्ति प्रदर्शन गरेको बताएका थिए । गत शुक्रबार नारायणहिटी दरबार संग्रहालय अगाडि भएको जनसभामा उनले मुलुक ताजा जनादेशका लागि निर्वाचनमा होमिएको दाबीसमेत गरे ।

‘सरकारलाई आफ्नै पार्टी नेताबाट काम गर्न नदिइएकाले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानुपरेको’ बताउँदै ओलीले ‘संसद्मा जोडघटाऊ गरेर सरकारलाई अप्ठयारोमा पारेर किचलो गर्ने काम (दाहाल–नेपाल)ले गरेको’ आरोपसमेत लगाएका थिए ।

सरकारले २०७८ को १७ र २७ वैशाखमा प्रतिनिधि सभा निर्वाचन दुई चरणमा गर्ने निर्णय गरिसकेको छ । त्यसअनुसार निर्वाचन आयोग तयारीमा जुटेको छ । विभिन्न राजनीतिक दलस“ग आयोगले छलफलसमेत थालिसकेको छ ।

नेकपा ओली समूह नेता कर्णबहादुर थापा ‘विखण्डनवादी र गुटबाज’ पार्टीबाट निस्केपछि नेकपा सक्रिय र चलायमान बनेको बताउ“छन् । दाहाल–नेपाल हुञ्जेल पार्टी र सरकारको काममा अवरोधमात्रै गरिरहेको बताउँदै उनले अहिले पार्टी र सरकारको काम तीव्र गतिमा अघि बढिरहेको बताए ।

तत्कालीन एमाले र माओवादीबीच एकतापछि पार्टी र सरकारका कामबारे जनतालाई जानकारी दिने उद्देश्यले विभिन्न कार्यक्रम गर्ने निर्णय केन्द्रीय कमिटीको बैठकले गरेको थियो । ‘तर, (दाहाल–नेपाल)का कारण कुनै सभा हुन सकेनन्,’ थापाले भने, ‘अहिले उहाँहरू गुटगत कुरा गर्दै हि“डनुभएको छ, हामीले पार्टी निर्णयअनुसार सरकारका कामबारे जानकारी गराइरहेका छौं ।’

यद्यपि, नेकपा ओली समूहले भनेको दाहाल–नेपाल समूहले स्वीकार गरिरहेको छैन । सो समूहले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन कदम ‘असंवैधानिक र अलोकतान्त्रिक भएको’ भन्दै पुनस्र्थापना मागसहित आन्दोलन गर्दै आएको छ । नेकपा दाहाल–नेपाल समूह स्थायी कमिटी सदस्य एवं आन्दोलन परिचालन संघर्ष समिति सहसंयोजक गणेश साहले ओलीले संविधान मिचेकाले त्यसको रक्षाका लागि आन्दोलनको विकल्प नभएको बताए ।

‘प्रधानमन्त्रीले संविधान र लोकतन्त्र लत्याउने काम गरिरहेका छन् । हामीले त्यसको रक्षाका लागि आन्दोलन गरिरहेका हौं,’ साहले भने, ‘प्रतिनिधि सभा विघटनदेखि संवैधानिक आयोग पदाधिकारी नियुक्तिलगायत विषयमा भएको मनपरी तन्त्र रोक्दै विधि, पद्दति, कानुन स्थापित गराउनु हाम्रो दायिŒव हो ।’

दुबै समूहले प्रस्तुत गर्ने आ–आफ्नो दावी एकठाउँमा भए पनि पार्टी एकतापछि कार्यक्रमबिहीन बनेको नेकपाका विभिन्न कार्यक्रमले कार्यकर्ताले राजनीतिक रूपमा प्रशिक्षित हुने मौका पाइरहेका छन् ।

काठमाडौंसहित देशका विभिन्न ठाउँमा ठुला सभा, भेलालगायत भइरहेका छन् । नेता–कार्यकर्ताबीचको सम्बन्ध दोहोरो प्रगाढ बन्दै गएको अनुभवसमेत गरिन थालिएको छ ।

(Visited 151 times, 1 visits today)
Loading comments...

आजको समाचार

वैशाखमा परेको हिउँले जुम्लाका स्याउ बगैंचामा क्षति

जुम्ला । जुम्लामा सामान्यतः पुस, माग, फागुन महिनामा हिउँ पर्छ । तर यो वर्ष वैशाखमा हिमपात भएको छ । मंगलवारदेखि पर्न थालेको हिउँले जुम्लाका...

अछाममा कोरोना सङ्क्रमितको मृत्यु

अछाम । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका...

जीवनको आधार नै जैविक विविधता

विश्वको कुल क्षेत्रफलको झन्डै ३१ प्रतिशत वनजंगलले ढाकेको छ भने कुल वन क्षेत्रको करिब १८ प्रतिशत हिस्सा संरक्षित क्षेत्रले ओगटेको अनुमान छ । एक...

क्लेप्टोमेनियाँ रोगको बिगबिगी

क्लेप्टोमेनियाँ एउटा मानसिक रोग हो । यो रोगले प्रभावित मानिसमा अरूको सामान, सम्पति वा कुनै पनि वस्तु चोरूँ चोरूँ जस्तो लाग्दछ । सामान्यतया मानिसमा...

कर्मचारीमा पनि कोरोना, सेवाग्राहीमा पनि सन्त्रास

सप्तरी, राजविराज । भारतबाट घर फर्केका एक कर्मचारीमा कोरोना संत्रमण पुष्टी भएको छ । यहाँ स्थित गजेन्द्र नारायण सिह अस्पतालमा गरिएको पिसिआर परिक्षणको विहीवार...

साताका लोकप्रिय समाचार

स्थानीयद्वारा कटारी–घुर्मी सडक अवरोध

उदयपुर । जीर्ण अवस्थामा रहेको सिद्विचरण लोकमार्गको स्तरोन्नतीमा सरोकारवाला निकार्यले ध्यान नदिएको भन्दै स्थानीयद्वारा अनिश्चितकालीन सडक बन्द गरेको छ । माथिल्लो सगरमाथालाई तराईसँग जोड्ने...

बिरामी बोक्ने एम्बुलेन्समा गाँजा र रक्सि भेटियो

धनकुटा । बिरामी बोक्ने आकस्मिक साधन भएकाले एम्बुलेन्स सडकमा विना रोकछेक निर्वाध सञ्चालन हुन्छन् । बन्द हड्तालदेखि जुनसुकै अवस्थामा पनि निर्वाध सञ्चालन हुँने एम्बुलेन्स...

एमाले सांसदद्धारा फ्लोर क्रस, मुख्यमन्त्री शाहीको पद जोगियो

काठमाडौं । नेकपा एमालेका पाँच प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । शुक्रवार आफूलाई प्रदेशसभाको विश्वास छ भनी...

ह्यास फोटो नेपालमा बारपाक

काठमाडौं । नेपाल पर्यटन बोर्डले नियमित रूपमा आयोजना गर्ने गरेको फोटो नेपाल प्रदर्शनी यसपटक बारपारका फोटाको अनलाइन प्रदर्शनी हुने भएको छ । २०७२ सालको...

जंगलमा दिसा गर्न लागेकाे बेला बँदेलले गर्यो आक्रमण

धनकुटा । जंगली बँदेलको आक्रमणबाट धनकुटाको सहिदभूमि गाउँपालिकाका एक युवा घाइते भएका छन् । दिसा गर्न बसेका बेला जंगली बँदेलले आक्रमण गर्दा सहिदभूमिका ३७...

ट्रेन्डिङ

किरा र लेदोसहितको हानिकारक पानी बजारमा

सप्तरी, राजविराज । शुद्ध पिउने पानी भनेर उपभोक्तलाई बिक्रि गर्दै आएको “एकुवा (एक्युयुए) वाटर” भित्र किरा र फोहरको लेदो भेटिएपछि उपभोक्ताले उत्पादक कम्पनीलाई कारवाही...

धुर्कोटका अति विपन्न ६० परिवारलाई राहतस्वरुप खाद्यान्न प्रदान

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले अति विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । गाउँपालिकाको वडा नम्बर ७ वाग्लाबाट राहत वितरण सुरु...

विप्लवसँग वार्ता गर्न सरकारले बनायो गृहमन्त्री नेतृत्वको टोली

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन...

४६८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा शनिबार मन्त्रालयका प्रवक्ता प्राडा...

तनहुँमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु

तनहुँ । जिल्लास्थित आँबुखैरेनी गाँउपालिका-२ ऐना पहरा भन्ने स्थान सोमबार बिहान ७:२५ बजेको समयमा पृथ्वी राजमार्गबाट करिब २५ मिटर तल सिमेन्ट बोकेको ट्रक अचानक...

‘महासंघ नेतृत्व अभिभावक बन्न सक्नुपर्छ’

रामेछाप । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्व नेपालका सबै उद्योगी व्यवसायीको अभिभावक बन्न सक्नुपर्ने बताएका छन् ।...

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाइने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । बधुबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...

बेलायत,जर्मनी र क्यानाडा उड्दै नेपाल एयरलाइन्स

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ ।...

द भाइब्स ब्यान्डले ल्यायो नयाँ गीतको भिडियो

काठमाडौं । नेप्लीज अमेरिकन रक ब्यान्ड द भाइब्ज ब्यान्डले नयाँ गीत निराकार...को भिडियो बजारमा ल्याएको छ । ब्यान्डले अंग्रेजी नयाँ वर्ष २०२१ का अवसरमा...

नयाँ पहिरनमा सजिएर बेहुला मण्डपमा, तर बेहुली आइनन्

सप्तरी । सप्तरीको शम्भुनाथ मन्दिरमा हुन लागेको एउटा बालविवाह स्थानिय समाज र प्रहरीको संयुक्त प्रयासबाट रोकिएको छ । जिल्लाको अग्निसाईर कृष्णसवरण गाउँपालिका ४ का...

नदाल एटिपी फाइनल्सको सेमिफाइनलमा

लन्डन । स्पेनिस टेनिस खेलाडी रफाइनल नदाल वर्षको अन्तिम प्रतियोगिता एटिपी फाइनल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा ग्रिसका स्टेफानोस सित्सिपासलाई २–१...

बर्षाका कारण गाउँ-गाउँको सम्बन्ध विच्छेद

गुल्मी । असार १८ गते राति इस्मा गाउँपालिका १ हस्तिचौर जुकेपानीमा परेको अविरल बर्षासँगै ठुलो पहिरो गयो । ५० घर विस्थापित भए । कयौँ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)