Sunday, April 18, 2021
Home Editor-Picks धनकुटामा हिमपात (फोटोफिचर)

धनकुटामा हिमपात (फोटोफिचर)

,

धनकुटा । धनकुटाको उत्तरी क्षेत्रमा बिहिबार भारी हिमपात भएको छ । जिल्लाको नुनथला, चित्रे लगायत क्षेत्रमा हिमपात भएको हो । सो क्षेत्रमा करिब एक फिट हिउँ जमेको सिधुवाका स्थानीय सुमन पौडेलले जानकारी दिए । पौडेलका अनुसार सुरुमा सामान्य असिनासहित पानी परेको थियो । पछि हिमपात भएको हो ।

हिमपातका कारण सो क्षेत्रको जनजीवन प्रभावित भएको छ । नुनथला–चित्रे खण्डमा हिउँले सडक ढाक्दा दिउँसो करिब १ घण्टा सडक अवरुद्ध बन्यो । हिउँले सडक पुरिएपछि दिउँसो करिब ३ बजेदेखि झण्डै एक घण्टा कोशी राजमार्गको सिधुवा बसन्तपुर सडकखण्ड अवरुद्ध बनेको पौडेलले जानकारी दिए । ‘नुनथला र चित्रेबीचको सडकमा झण्डै एक फिट हिउँ जमेको थियो,’ पौडेलले भने ‘हिउँले रोड ढाक्दा झण्डै एक घण्टा गाडी आवतजावत रोकियो, पछि हिउँ अलिक कम भएपछि गाडी चल्न थालेका छन् ।’

दिउँसो करिब २ बजेबाट असिनासहित पानी परेको थियो । त्यसपछि हिमपात भएको हो । साँझसम्म पनि सो क्षेत्रमा हिउँ नसुकेको स्थानीयबासीले बताएका छन् । तेह्रथुम र संखुवासभाका उत्तरी क्षेत्रमा पनि हिमपात भएको छ । धनकुटाका अन्य क्षेत्रमा पनि दिउँसो असिना पानी परेको छ ।

(Visited 75 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

रेसुङ्गामा डढेलाे लागेकाे साता बित्याे, अझै नियन्त्रणमा आएन

गुल्मी । गुल्मीको रेसुङ्गा क्षेत्रमा एक हप्तादेखि लागेको आगो नियन्त्रणमा आएको छैन । चैत्र २१ गते रेसुङ्गा नगरपालिका १४ को पराल्मी तथा २२ गते...

निफमा तीन वटा नेपाली चलचित्रले प्रस्तिस्पर्धा गर्ने

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ मा यो वर्ष तिन वटा नेपालि चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा अन्तर्गत भाग लिने भएका छन...

ट्र्याक्टर दुर्घटनामा पाँचको मृत्यु, १९ घाइते

चितवन । राप्ती नगरपालिका-११ आमपानीस्थित चिउँडे खोलामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय...

सांस्कृतिक चाड: पाहाँचः-हे

सांस्कृतिक सम्पदा र परम्परागत शैलीका विभिन्न चाडवाडका धनी उपत्यकाका नेवारले प्राचीनकालदेखि मनाउँदै आएको चाडमध्ये पाहाँचः-हे चाडको ठूलो महत्व छ । नेवारले मनाउँदै आएको चाडपर्वकै...

काँग्रेसकाे नेतृत्वमा मंसिरमा चुनाव गर्नुपर्छ : कोइराला

पाेखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् ।...

ट्रेन्डिङ

भूमि फिर्ताको प्रक्रिया अघि बढाऊ

नेपाल सरकार मन्त्रिपरिषद्ले छिमेकी देश भारतद्वारा अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा जारी गरेर अतिक्रमित भूमि फिर्ताका लागि नेपाली सार्वभौमिकताको एउटा...

फेरि २ अर्ब ७३ करोडको राजस्व छली

काठमाडौं नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने विभिन्न नौ वटा कम्पनीविरुद्ध राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ...

तोरीबारी र पछ्यौरी

हेर त, ऊ त्यो तोरीबारी छ नि जहाँ हामीले माया साटासाट गरेको ठाउँ सँगसँगैको तोरीबारी हेर त तिम्रो पछ्यारी अल्झिएको घारी अनि मैले, सुस्तरी पछ्यौरी तान्दा हल्का च्यातिएको थियो नि त्यो...

कांग्रेस नेता अशोक कोइरालाको निधन

काठमाडाैं । राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष नेपाली कांग्रेसका नेता अशोक कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको छ । गएराति १ बजे उपचारका क्रममा विराटनगरस्थित...

किन बोलाए प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । स्थायी समिति...

किन आयो मन्त्रीलाई अर्बौंको प्रलोभन ?

काठमाडौं । वन तथा वातावारण मन्त्रालय सम्हालेको एक महिना नबित्दै मुलुकभरको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेका मन्त्री प्रेमबहादुर आलेमगरले आफूलाई केही पक्षबाट १...

रौतहटका १७ वटा स्थानिय तहमा कोरोना संक्रमित

रौतहट । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रौतहटको १७ वटा स्थानिय तहमा फैलिएको छ । १६ नगरपालिका र २ गाउपालिका गरी १८ वटा...

सार्वजनिक जग्गा व्यक्तिलाई दिन खोजेकोमा आपत्ति

पोखरा । पोखरामा वन फडानी एवं सरकारले सार्वजनिक जग्गा व्यक्तिविशेषलाई वितरण गर्न आयोग गठन गरेको घटनाप्रति अधिकारकर्मीले आपत्ति जनाएका छन् । अधिकारकर्मीले शुक्रबार...

धुलिखेलमा मृत्यु भएकी महिलाको गाउँमा सेना परिचालन गरेर सिल

मेलम्ची । धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँमा सिल गरिएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे नपा–९ की २९ वर्षीय महिलाको...

भोजपुरको नमूना सडक धमाधम कालोपत्रे

भोजपुर । प्रदेश सरकारको महत्वपूर्ण योजनाको रुपमा रहेको भोजपुर– मानेभञ्याङ– वैकुण्ठे– यूँ २० किलोमिटर सडकको कालोपत्रेको काम झन्डै ३० प्रतिशत बढी सकिएको छ ।...

शिवको आँसुको अर्थमा आकाशको रोदन

काठमाडौं । एउटा गीत हिट भएपछि गायक गायिकाले त्यसको शृंखला ल्याउनेक्रम नेपालमा पनि मौलाएको छ । यस्तै, गायक शिव परियारले अघिल्लो गीत आँसुको अर्थ...को...

नारायणगढ–मुग्लिन सडकमा चट्टान फोर्दै पहिरो पन्छाउँदै

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत १६ किलोमा चट्टान फोरेर पहिरो पन्छाउन थालिएको छ । भरतपुर महानगरपालिका–२९ को बालुवा पुल नजिकै मङ्गलबार राति ठूला...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)